निर्णय नं. ११४७ - जालसाजी लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४७ - जालसाजी लिखत बदर भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०३/१३ २१७२ निर्णय नं. ११४७ ने.का.प. २०३५ फुल बेञ्च माननीय का.मु.प्रधान न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको दे.फु.नं. ३१ आदेश भएको मिति : २०३५।३।१३।३ मा निवेदक : भ.पु.जि. केलटोल बस्ने भूवनेश्वरी श्रेष्ठ विरुद्ध विपक्षी : हिरामान बुद्धाचार्य समेत मुद्दा : जालसाजी लिखत बदर (१) अघिबाट बाबु मरी पछिबाट छोरा मरी अपुताली परे त्यो अपुताली बाबुको छोरीले नपाउने । (प्र.नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा : फैसला का.मु.प्र.न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक वादी भुवनेश्वेरी श्रेष्ठले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदनमा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको जालसाजी लिखत मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई जाँची कानूनबमोजिम गरी छिनी दिनु भन्ने बक्स भई आएको हु.प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : मेरा बाजे श्यामसुन्दरका पालाको केलटोलको घर ०४७ सालमा र ८९ सालमा जिजुमानलाई बन्धकी दिएको निज परलोक भएपछि ९७ सालमा जेठा बाबु हरिसुन्दर र मेरा बाबु राम सुन्दरको बण्डा हुँदा सो घर आधा आधा भई दुवैतर्फबाट साहू बुझाउने रु.३०८५। रहेछ बण्डा भई सकेपछि आधा खाने हरिसुन्दर परलोक भई निजको छोरा हर्कसुन्दरले साहू तिर्नपर्ने रु.१५४२।५० मा रु.६६०। थप लिई जिजुमानलाई ९९ सालमा फर्छे गरी दिएको म नावालख भए पनि मेरा बाबु आमा दाजु परलोक भई अंश छोडपत्र गरे तापनि हेरविचार कान्छा बाबु न्हुछेसुन्दरले गरी आएको र मलाई कन्यादान पनि उहाँले नै गरी आएको हो तापनि मेरा बाबु रामसुन्दरको आधी घर मेरो कायम राखिदिनु भएको हुँदा बाबु ०६ सालमा परलोक भएदेखि सो घर मैले नै चलन भोग आजतक गरी आएको सो घरको ऋण जिजुमानको छोरा हिरा वज्राचार्यलाई बुझाउने कान्छा बाबुलाई भनी साहू खोजी रु.१५४२।५० रुपैयाँ रजिष्ट्रेशनमा ०२१।४।२७ गतेमा धरौट राखेको थियो । निज हिरा बज्राचार्यले मेरो हक मेटाउनको लागि धरौट नबुझी दाजु पर्ने हर्कसुन्दरसमेत मिली जालसाजीबाट सुक्री बिक्री फार्छे तमसुक खडा गरी ०२१।५।२१ गते भक्तपुर रजिष्ट्रेशनमा गई पास गरेको छन । गर्दैमा मेरो हक नजाने हुँदा जालसाजी गरे भन्ने मैले निवेदन गरेको हुँ । सो केलटोलको घर सबै हिरा बज्राचार्यका हक नपुग्ने ९९ सालमा आधी आफ्नु भाग बिक्री गरी सकेपछि आधी घरमा हर्क सुन्दरको हक नपुग्ने मैले निखनी पाउँ भनी धरौटी राखिसकेपछि मात्र जालसाजी लिखत फार्छे खडा गरी भक्तपुर गई पास गरेको अपुतालिमा ३ वर्ष भित्र निज हर्कसुन्दरले दावी र भोग चलन गर्न किन नसकेको मेरो हकको घर निजले फार्छे गरी दिंदैमा सदर नहुने हुँदा हक नपुग्ने हर्कसुन्दर दिने हिरा बज्राचार्य लिने भई जालसाजी फार्छे राजीनामा बदर गरी बन्धकी बुझाउन लगाई मेरो हक सदर गरिपाउँ भन्नेसमेत वादी भुवनेश्वरीको निवेदन बयान । ३. वादी दावीको घर बाजेका पालाको घर हुँदा वादीका बाजेले मेरा बाबु जिजुमानलाई भोगबन्धकी दिई राखेको निज आसामी मरेपछि निखन्न पाउने व्यक्ति न्हुछेसुन्दर नहुँदा मिति अघि पछि पार्नुपर्ने अवश्