निर्णय नं. ६९३१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९३१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५७/०२/२४ २५३४ निर्णय नं. ६९३१ ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५३ सालको रिट नं. .. २४६९ आदेश मितिः २०५७।२।२४।३ विषयः उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ । निवेदकः जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं. १४ मौजालौसा बस्ने महोमद इस्लाम गद्दी मर्दा निजको मुद्दा सकार गर्ने निजको श्रीमती जिनत खातुन विरुद्ध विपक्षीः ऐ.नगरपालिका वडा नं. १४ डेरा गरी बस्ने जलेखा भन्ने वदरु निसा गद्दीन समेत § इन्दु गद्दीको छोरा मोहमद इस्लाम १४।४।१९९६ मा मरेको भनी Death Certificate साथै राखी निवेदिकाले मुद्दा सकार गराई पाउँ भनी ३५ दिन भित्रै कपिलवस्तु जिल्ला अदालतमा निवेदन गरेको भन्नेमा विवाद छैन । मुलुकी ऐन अदालती बन्दोबस्तको ६२ को देहाय ३ मा ऐनले विगो भर्नु भराउनु दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनुपर्ने मुद्दाका म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति मरी वा बौलाहा वा वेपत्ता भएका मितिले बाटाका म्याद बाहेक पैतिस दिन भित्र निजको दैयादारले म्याद तारेख थामी मुद्दा सकार गर्ने अड्डामा हाजिर भै निवेदनपत्र दिएमा म्याद तारेख थामी मुद्दा सकार गराई दिनुपर्दछ भन्ने व्यवस्था गरेको पाइन्छ । त्यस्तै सोही महलको ७० नं. ले अख्तियारनामा लेखी अर्कालाई वारिस दिएकोमा जसको झगडा हो उसैले वा उ मरेपछि उसा दैयादारले आफै सकार गर्न वा पहिलेका वारिस बदली अर्को वारेस राख्न पाउँछ भन्ने व्यवस्था गरेको देखिन आउँछ । यसबाट परिरहेको सकार गराउनु पर्ने अवस्थामा मुद्दामा कोही मरी दैयादार हुँ भनी सकार गर्न आएको अवस्थामा सकार गराई दिनुपर्ने बाध्यात्मक व्यवस्था उल्लेखित कानूनी व्यवस्थाले गरेको देखिन आउँछ । यस परिप्रेक्ष्यमा थप प्रमाण पेश नगरेको बाध्यात्मक रुपमा दर्ता गर्नुपर्ने प्रक्रिया पूरा नगरेको भन्ने जस्ता आधार लिई पालना गर्नुपर्ने कार्यविधि पूरा नगरी गरेको विपक्षी श्रेस्तेदारको मिति २०५३।२।६, २०५३।२।१३ को आदेश र सो आदेश सदर गर्ने गरेको जिल्ला न्यायाधीशको मिति २०५३।४।११ को आदेश र पुनरावेदन अदालत बुटबलको मिति २०५३।८।७ को आदेशमा देखादेखि रुपको कानूनी त्रुटी विद्यमान रहेको देखिँदा उत्प्रेषणको आदेशद्बारा वदर हुने ठहर्छ । अब परिरहेको मुद्दामा निवेदिकालाई मुद्दा सकार गराई जे जो गर्नुपर्छ कानून बमोजिमका कार्यहरु गर्नु भनी विपक्षी श्रेस्तेदार समेतका नाउँमा परमादेश जारी हुने । (प्र.नं.८) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री नरेन्द्रकुमार के.सी. विपक्षी तर्फबाटः अवलम्बित नजिरः आदेश प्र.न्या.केशवप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनसहितको व्यहोरा एवं ठहर यसप्रकार छः 2. पति मोहमद इस्लाम गद्दीले विपक्षी बदरुनिसा गद्दीन उपर दे.नं. १८७९ को अंश हक कायम मुद्दा कपिलवस्तु जिल्ला अदालतमा दर्ता गरेकोमा निज मोहमद इस्लामको २०५३।१।२ गते मृत्यु भएकोले मुद्दा सकार गराई दिने सिफारिस कपिलवस्तु नगरपालिका वडा समितिबाट २०५३।२।१३ गते पाएको र २०५३।२।१० गते सोही व्यहोराको सर्जमिन भएको । डेथ सर्टिफिकेट राखी अदालती बन्दोवस्तको ६२(३) नं. अनुसार ३५ दिनभित्रै मुद्दा सकार गरी पाउँ भनी २०५३।२।६ मा निवेदन दिएकोमा मृत्यु दर्ता सिफारिस ७ दिनभि