निर्णय नं. ३९८९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९८९ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/१४ २५६३ निर्णय नं. ३९८९ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रि.नं. १२०६ आदेश भएको मिति : २०४६।११।१४।१ मा रिटनिवेदक : पशुपति सोप ईण्डष्ट्रिज (प्रा.) लि. को तर्फबाट ऐ.का अधिकार प्राप्त संचालक शंकरलाल विरुद्ध विपक्षी : विराटनगर भन्सार कार्यालय, विराटनगरसमेत विषय : उत्प्रेषण § एकपटक एउटा संकेत नम्बर अन्तर्गतको बस्तु भनी भन्सार महसूल असूल गरी माल छाडी सकेकोमा पुनः अर्को संकेत नम्बर अन्तर्गतको मालवस्तु भनी स्पष्ट आधार नदेखाई थप भन्सार महसूल असूल गर्न पाउने अख्तियारी भन्सार ऐनले दिएको मान्न नमिल्ने । (प्रकरण नं. ९) रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र वस्न्यत आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. निवेदकको साबुन उत्पादन गर्ने उद्योगले चाहिने कच्चा पदार्थ आर.बि.डि. पाम स्टेरीन विदेशबाट आयात गर्न वाणिज्य विभागबाट इजाजत लिई झिकाई भन्सार ऐन र नियम बमोजिम भन्सार प्रज्ञापनपत्र नं. ४५२६ मिति २०४५।२।१३ मा भरी विपक्षी भन्सार कार्यालयमा पेश गरेकोमा भन्सार ऐन, २०१९ को दफा ५ बमोजिम जाँच चेक भई कानुन बमोजिम लाग्ने भन्सार दरबन्दी संकेत नं. १५–०७(ड) लगाई सो दरबन्दी अनुसार मालका मूल्यमा १० प्रतिशत भन्सार महसूल रु. २,३६,००३।– लाग्ने भनी असूल गरी माल आयात गर्न दिनु भएको थियो । त्यसको करीब ८ महीना पछि हाल आएर म.ले.प. डोर विराटनगरको लेखौटको आधार लिई उक्त प्रज्ञापन पत्रको सन्दर्भमा भन्सार दरबन्दीको संकेत नं. १५.०७ ज. लाग्नु पर्ने म.ले.प.बाट लेखी आएकोले २५ प्रतिशतले हुने भन्सार महसूलको अंकमा असूल भएको रकम कटाई नपुग रकम रु. ३,५४,००४।०५ बेरुजु हुँदा दाखिल गर्न ल्याउनु भनी २०५४।१०।३ मा पत्र पठाउनु भयो । ३. भन्सार ऐन, २०१९ को दफा ५, १३, १४क ले भन्सार महसूल निर्धारण गर्ने तथा भन्सार दरबन्दीको कुन संकेत नं. लाग्ने भनी तोक्ने अधिकार भन्सार अधिकृतलाई मात्र छ । सो बमोजिम तत्कालीन भन्सार अधिकृतले हाम्रो मिति २०४५।२।१३ को प्रज्ञापन पत्र नं. ४५२६ मा उल्लेखित माल सामान हेरी जाँची सम्बन्धित बिल तथा आयात इजाजतपत्रमा उल्लेखित भन्सार दरबन्दीका मालको संकेत नं. १५.०७(ङ) मा पर्चा ठहर्‍याई सो दरबन्दी अनुसार १० प्रतिशतले भन्सार महसूल असूल गरी माल छाड्नु भएको र सो कच्चा पदार्थबाट उत्पादन भएका सामानको परल मोल तथा मुनाफाको विचार गरी मूल्य निर्धारण भई बिक्री समेत भइसकेपछि म.ले.प. को डोरलाई हिसाब सम्बन्धी मूल हेर्नु पर्ने बेरुजु ठहर गर्नु पर्ने बाहेक हाम्रो मालमा भन्सार अधिकृतको निर्णय विपरीत भन्सार दरबन्दीका अन्य संकेत नै लाग्ने भनी ठहर गर्ने अधिकार भन्सार ऐनले प्रदान गरेको छैन । भन्सार दरबन्दीको संकेत नं. १५.०७ज हेरिएमा उक्त संकेत नं. मा पाम आयल भनी उल्लेख छ तर हाम्रो कच्चा पदार्थ सो नभई आर.बि.डि. पाम स्टेरीन आयल अन्य पदार्थ भएको नाउँबाट नै प्रष्ट छ । साथै इजाजत दिने निकाय समेतले यस मालमा १० प्रतिशतले लाग्ने दरबन्दीको संकेत नं. उल्लेख गरी इजाजत दिनु भएकोबाट समेत २५ प्रतिशतले भन्सार लाग्ने जिकिर अनुचित छ । विपक्षीहरुको उक्त