निर्णय नं. ८९३२ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९३२ - अंश भाग: ५४ साल: २०६९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६९/०३/२० ५९५५ ने.का.प. २०६९, अङ्क १२ निर्णय नं.८९३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय ०६६–CI–१०१६ फैसला मितिः २०६९।३।२०।४ मुद्दाः– अंश । पुनरावेदक प्रतिवादीः कास्की जिल्ला, पोखरा उ.म.न.पा. वडा नं. ११ फूलवारी बस्ने वर्ष ४६ की बुद्धिकुमारी गुरुङ्ग विरुद्ध प्रत्यर्थी वादीः कास्की जिल्ला, पोखरा उ.म.न.पा. वडा नं १० वस्ने धनप्रसादको छोरा वर्ष २८ को सन्तोष गुरुङ्ग शुरु फैसला गर्नेः मा.जि.न्या.श्री पवनकुमार शर्मा पुनरावेदन फैसलाः मा.न्या.श्री खेमराज शर्मा मा.न्या.श्री चोलेन्द्र शमशेर ज.व.रा. § हालैको बकसपत्र भन्ने र राजीनामा भन्ने कुरा स्वाभावैले हक हस्तान्तरण गर्ने सम्बन्धी भिन्नभिन्न किसिमका तरिका भएकाले एउटा तरिकाको लिखतबाट अर्को लिखतको प्रयोजन हासिल हुन नसक्ने । § रजिष्ट्रेशन गर्ने प्रयोजनार्थ नगद लिएको कुरा लेखिएको भन्ने कुरालाई मात्र आधार मानी दातालाई सहयोग गरी खुशी तुल्याई जग्गा बकस पाएको अस्तित्वलाई अनदेखा गरी त्यसरी पाएको जग्गालाई खरीद गरी लिएको भन्ने अर्थ गरी उक्त जग्गा बण्डा लाग्ने सम्पत्ति हो भनी निष्कर्षमा पुग्न नमिल्ने । § बकसपत्र मूल्य वेगरै दिइने र त्यस्तो प्राप्त गर्नेले पनि निजी रूपमा प्रयोग गर्न पाउने हुँदा यस्तो सम्पत्ति अंशियारहरू बीच बण्डा समेत लाग्न नसक्ने । (प्रकरण नं.४) § राजीनामा र बकसपत्रको दुवै लिखतलाई रजिष्ट्रेशन पारित गर्ने ढाँचा एकै किसिमको रहेको कारणबाट जनसाधारणको सम्पत्ति भोगचलन गर्ने साम्पत्तिक अधिकारमा कानूनी जटिलता र द्विविधा सिर्जना गर्ने गरेकोले यस्ता जनसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने सम्पत्तिको अधिकारको प्रमाणका रूपमा रहने राजीनामा र बकसपत्र लिखतलाई राजिष्ट्रेशन पारित गर्ने प्रयोजनको लागि भिन्नभिन्न ढाँचा प्रयोगमा ल्याउनु भनी मालपोत विभागका नाममा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय हरिप्रसाद सुवेदी र गोपाल शर्मा सापकोटा प्रत्यर्थी वादीको तर्फबाटः विद्वान अधिवक्ताद्वय जयनारायण पौडेल र सन्तोषकुमार पाण्डे अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, अंशबण्डा महलको १८ नं. § रजिष्ट्रेशनको १ नं. फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत कास्कीको मिति २०६५।१२।५।४ को फैसला यस अदालतबाट न्याय प्रशासन ऐन २०४८ को दफा १२ बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर देहाय बमोजिम छ :– विपक्षी हजुरबुबा मीनबहादुर गुरुङ्ग, हजुरआमा चन्द्रकुमारी गुरुङ्गको कोखबाट काका तयन प्रसाद गुरुङ्ग, फुपू चिनकुमारी गुरुङ्ग, शारदा गुरुङ्ग र मेरा पिता धनप्रसाद गुरुङ्गको जायजन्म भएकोमा मेरा पिताको २०४४।११।२९ मा मृत्यु भएको हो । पिता र मेरी आमा मनादेवी गुरुङ्गको दाम्पत्य सम्बन्धबाट म सन्तोष गुरुङ्गको २०३८।४।१९ मा जन्म भै मिति २०४४।८।१४ मा आमा मनादेवी र पिताबीच यसै अदालतबाट छोडपत्र गरी वस्नु भएकोमा पिताले कान्छीआमा बुद्धिकुमारीसंग विवाह गरी उहाँतर्फबाट एक वहिनी सुस्मिताको जन्म भएको छ । फुपू शारदा, म र वहिनी सुस्मिताको विवाह हुन वाँकी छ । बुबाको मृत्यु भएको, आमाले पहिला नै छोडपत्र गरी वस्नु भएकाले घरमा राम्रो वातावरण नपाउँदा मैले राम्रोसँग पढन लेख्न सकिन । हाल केही व्यवसाय गर्नुपर्ने ठानी २०