निर्णय नं. ११४८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी पाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/२० २०२३ निर्णय नं. ११४८ ने.का.प.२०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रि.फु.नं. ३० आदेश भएको मिति : २०३५।४।२०।६ मा निवेदक : जि. झापा गरामुनी गा.पं. वडा नं. ९ बस्ने चन्द्र सिं राजवंशी विरुद्ध विपक्षी : भूमिप्रशासन कार्यालय चन्द्रगढी झापासमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी पाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १४ बमोजिम गरेको निर्णयउपर दफा १४ (२) ले तोकिएको अदालतमा पुनरावेदन लाग्ने देखिएको । (प्रकरण नं. १५) (२) पुनरावेदन गर्न अन्य उपचार छँदाछँदै सो मार्ग अवलम्वन नगरी दिएको रिट निवेदनमा नै नेपालको संविधानको धारा ७१ ले विवादास्पद हक भएको निवेदकलाई मद्दत गर्न नमिल्ने (प्र.नं. १५) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी”, विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लिखित मुद्दा : आदेश न्या. वासुदेव शर्मा : प्रस्तुत : मुद्दामा डिभिजन बेञ्चबाट ०३४।३।३०।१ मा निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी राय बाँझी भई निर्णयार्थ सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ बमोजिम यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : मण्डालाल राजवंशीको हदबन्दीभन्दा बढी जग्गा विगाहा ११।१३।१४ प्राप्त गर्ने ठहराई भूमिप्रशासन कार्यालय झापाबाट ०२९।१२।१९ मा निर्णय भई निजले हदबन्दी बढी छोड्ने जग्गाको गा.पं. वडा नं. कि.नं. क्षेत्रफलसमेत उल्लेख गरी ०२९।१२।१९ मा कागज गरी दिएबाट प्राप्त गरिएकोमा बिक्री गरिएको जग्गासमेत हदबन्दी बढी छोड्ने जग्गामा पारी मण्डालालले छोडेकोले किनेको जग्गासमेत प्राप्त गर्ने गरी भु.प्र.का.ले निर्णय गरेको निर्णय बदर हुने ठहरी सर्वोच्च अदालतबाट ०३१।४।१८ मा फैसला भएको । सोही फैसलाको आधारमा मण्डालालले हदबन्दी बढीमा छाडेको गरामुनी वडा नं. ७ कि.नं. ३३९,३४१ र ३४२ समेतको जग्गा विगाहा खरीद गरी लिने दुर्गाचरण राजवंशीलाई धनीपूर्जा दिने ठहराई ०३१।९।२३ मा निर्णय भएको । ३. दुर्गाचरणको नाममा धनीपूर्जा दिने भू.प्र.का. झापाको ०३१।९।२३ को निर्णयउपर सर्वोच्च अदालतमा मण्डालालले रिट निवेदन दिएकोमा भू.सु.ऐन प्रारम्भ हुँदाको अवस्थासम्म रजिष्ट्रेशन पाससमेत नभएको पासको लागि उजूरसमेत नपरेको अवस्था हदबन्दी भनी देखिएको बढी जग्गा हक छाडी लिए दिएको मान्यता हुने नभई जग्गावालाकै साथमा कायम रहेको मानिने हुनजान्छ । कुन जग्गा राख्ने कुन जग्गा छोड्ने भनी निवेदकलाई रोक्न पाउने मौका दिने र जग्गावालाले रोजेको जग्गा प्राप्त नगर्ने व्यवस्था गरेको पनि पाइन्छ । यस प्रकारको कार्यविधि अपनाउन निवेदकलाई झिकी बुझी प्रतिवाद गर्ने मौका दिनुपर्नेमा बुझ्दै नबुझी दुर्गाचरण राजवंशीका नाममा धनीपूर्जा दिने भनी निर्णय भएकोबाट भु.प्र.का. झापाको ०३१।९।२३ को निर्णय बदर भई परमादेशको आदेशसमेत मिति ०३२।९।१० मा भएको । ४. उक्त आदेशानुसार कार्यवाही हुँदा हदबन्दी बढी भएको जग्गा छोड्ने र हदभित्रको जग्गा रोजी राख्ने अधिकार ज.ध.को हुने भई भु.सं. ऐन लागू हुनुभन्दा पहिले दुर्गाचरणलाई बिक्री गरेको जग्गा भु.सं. ऐन, ०२१ को दफा ७ को उपदफा ३ र ४ को व्यवस्थाबमोजिम जग