निर्णय नं. ३९९० - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९९० - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/२४ २१२० निर्णय नं. ३९९० ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नं. १४६३ आदेश भएको मिति : २०४६।११।२४।४ मा रिट निवेदक : जि. पर्सा वीरगंज आदर्श नगर न.पं.वा.नं. १३ स्थित गोपाल मोटर स्टोर्सका प्रो. निर्मलकुमार वेरिवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालयसमेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ § अधिकारको प्रयोग गर्दा अधिकारको स्रोत खोलिनु पर्ने हुन्छ तर दफा वा उपदफा उद्धृत गर्न छुटेको कारणबाट मात्र अवैध भन्न मिल्दैन । मुख्य कुरा कुनै दफा वा उपदफाले त्यस्तो निर्णय गर्न पाउने अधिकार प्रदान भएको छ छैन भनी हेर्नु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिटनिवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएकोमा तथ्य यस प्रकार छ :– २. निवेदक फर्मको आ.ब. ०४०।०४१ दिपावलीको विपक्षी कर कार्यालयले २०४३।३।२३ गतेको पर्चाबाट खूद आय कायम गरी मिति २०४३।३।२४ को आयकर निर्धारण आदेश अनुसारको रकम समयमै दाखिल गरिसकेको थिएँ । यस्तैमा विपक्षी कार्यालयको मिति ०४५।१२।२९ गतेको प्राप्त पत्रमा तपाईको आ.ब. ०३७।०३८ देखि ०४०।०४१ श्रा.आ. सम्मको मिति मितिमा भएको कर निर्धारणमा कारोवार अंकमा ४.६६ प्रतिशतले आय कायम हुनुको साथै कर बहालबाट प्राप्त आम्दानी समेत छूट हुन गएकोले श्री ५ को सरकारको २०४५।११।३० गतेको निर्णयानुसार पुनः कर निर्धारण गर्नु परेको हुँदा यस्तै किसिमको कारोवार संचालन गर्ने अन्य करदाताहरुको खूद आय कायम गरे सरह तपाईको पनि उल्लेखित आ.ब. हरुको खूद आ.ब. आयकर ऐन, २०३१ (सं.स.) को दफा ३३(२) अनुसार कायम गर्दा तपाईको करको दायित्व बढ्न जाने देखिएकोले सो सम्बन्धमा तपाईको केही भन्नु पर्नेमा सबूद प्रमाण पेश गर्नु पर्ने भए पेश गर्न आयकर ऐनको दफा ३३(४) बमोजिम ७ दिनको म्याद दिइएको छ भन्ने समेत उल्लेख भएकोले म्याद पाउँ भनी निवेदन दिएकोमा म्याद थप नहुने भनी मिति २०४६।१।२८ गतेको पत्र प्राप्त भएको दिन मिति २०४५।१२।२९ गतेको पत्र दफा ३३(४) विपरीत र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत भएको भन्ने अनुरोध गर्दै श्री ५ को सरकारको निर्णयको प्रतिलिपि साथै दफा ३३(४) अनुसारको सूचना पठाएको अवस्थामा सबूद प्रमाण खुलाई आफ्नो कुरा पेश गर्ने हुँदा सो अनुसार नगरेसम्म पुनः कर निर्धारण नहोस् भन्ने अनुरोध गरी हुलाकबाट रजिष्टरी गरी विपक्षी कर कार्यालयमा पठाएकोमा ध्यानै नदिई २०४६।१।२६ गतेको निर्णयानुसार भन्दै पुनः कर निर्धारण गरी साविक भन्दा धेरै रकम बढाई मिति २०४६।१।२६ गतेमा आयकर निर्धारण आदेश पठाएँ । ३. श्री ५ को सरकारको मिति २०४५।११।३० गतेको निर्णयमा आयकर ऐनको कुन दफा अन्तर्गत निर्णय गरेको हो खुलाउन सकेको छैन । आयकर ऐनको दफा ५६ ले श्री ५ को सरकारलाई पुनः कर निर्धारण वा अतिरिक्त निर्धारण गर्न सक्ने अधिकार प्रदान गरी सो दफा ५६(१) मा आय विवरण झुठ्ठा दाखिल गरी गराई करको दायित्व कम हुन गएको र दफा ५६(३) मा कर निर्धारण बदनियतसाथ वा लापरवाहीबाट भई वा अनियमित भई करको दायित्व घट्न गएको अव