निर्णय नं. ६९३२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९३२ - कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५७/०३/१४ ५६१३ निर्णय नं. ६९३२ ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य सम्वत २०५४ सालको साधक नं. .. ११८ फैसला मितिः २०५७।३।१४।४ मुद्दाः कर्तव्य ज्यान । वादीः लक्ष्मी श्रेष्ठको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षीः मोरङ्ग जिल्ला, विराटनगर नगरपालिका वडा नं. १३ बस्ने मन्जु श्रेष्ठ समेत § शंकाको सुविधा अभियुक्तले पाउँछ भन्‍ने सर्वमान्य फौजदारी न्यायको सिद्धान्त हो । यस सिद्धान्त अनुसार शंकाविहिन तरिकाबाट कसूर प्रमाणित गर्ने भार वादीमा रहन जान्छ । त्यस्तो परमाणको भार पुर्‍याउन नसके प्रतिवादीलाई कसूर र स्थितिको लाभ पुग्दछ भन्‍ने हो । प्रस्तुत मुद्दामा प्रतिवादी मन्जु श्रेष्ठले मट्टितेलको सिसीले हानी मट्टितेल पोखिन गई आगो लाग्न गई तारा श्रेष्ठको मृत्यु भएको वा जाडोको याममा रातको बखत हिटर ताप्दा आगो लाग्न गै मृत्यु भएको हो भन्‍ने दुवै अवस्था संलग्न प्रमाण परिबन्धबाट सम्भव हुन सक्ने देखिएको छ । यस्तो द्धिविधात्मक स्थितिमा नै शंकाको सुविधाको प्रसंग उठ्ने हुँदा यस मुद्दामा शुरु काठमाडौं जिल्ला अदालतले शंकाको सुविधाको आधार समेतमा प्रतिवादीलाई सफाई दिने गरेको मिति २०४६।६।३० को इन्साफ मनासिव ठहर्छ । प्रतिवादी मध्येकी मन्जु श्रेष्ठलाई वादी दावी बमोजिम कसूरदार ठहर्‍याई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्‍वसहित जन्मकैद हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको २०५३।८।१० को फैसला मिलेको नदेखिँदा उल्टी हुने । (प्र.नं.२२) वादी तर्फबाटः विद्बान उपन्यायाधिवक्ता श्री भरतमणि खनाल विपक्षी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या. लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत पाटनको २०५३।८।१० को फैसला साधक सदरको लागि यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छः 2. मेरी छोरी तारा श्रेष्ठलाई मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठ समेतले मिति २०४५।१०।२५ गते होटल होलिडे इनमा बोलाई शरीरमा मट्टितेल खन्याई आगो लगाई घाइते पारी वीर अस्पतालमा उपचार गराउँदा मिति २०४५।१०।२५ गते रातको २३:५५ को मृत्यु भएको हुँदा मन्जु श्रेष्ठ र सुरक्षा श्रेष्ठलाई कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त। 3. मिति २०४५।१०।२५ गते ७:३० बजेको समयमा सौता तारा श्रेष्ठ र लोग्ने नरसिंह श्रेष्ठ अंगालो मारी होटल अगाडि बाटो हिडेको देखी रिस उठी राती तारा श्रेष्ठलाई सोही होटलमा बोलाई शरीरमा मट्टितेल खन्याई आगो लगाइ दिएको हुँ भन्ने समेत व्यहोराको अञ्चल सरकारी वकिल कार्यालयमा प्रतिवादी मन्जु श्रेष्ठले गरेको बयान । 4. २०४५।१०।२५ गते तारा श्रेष्ठलाई बोलाई मेरो लोग्नेसँग किन अंगालो मारी हिडेको भनी झगडा गर्न थालिन । झगडा हुँदाको बखत नै आमा मन्जु श्रेष्ठले मट्टितेलको सिसिले तारा श्रेष्ठलाई टाउकोमा हिर्काएको र भुइमा लडाएपछि ताराको शरीर बल्न थाल्यो भन्ने समेत व्यहोराको अञ्चल सरकारी वकिलको कार्यालयमा प्रतिवादी सुरक्षा श्रेष्ठले गरेको बयान । 5. २०४५।१०।२५ गते होटेलमा आगलागी भई मान्छे मर्‍यो भन्ने सुनें । मन्जु श्रेष्ठ र होटलकै स्टाप भएर तारा श्रेष्ठलाई बोलाएर ल्याएको रहेछ । मन्जु श्रेष्ठले जीवन श्रेष्ठको दोकानबाट मट्टितेल किनेर ल्याएको, के कुरामा मन्जु श्रेष्ठ र तारा श्रेष्ठको वादविवाद भएको भन्ने समेत व्यहोराको सरजमिन मुचुल्का । 6. प्रस्तुत मुद्दामा मेरी छोर