निर्णय नं. ३९९१ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९९१ - भ्रष्टाचार भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/१०/१० २४०४ निर्णय नं. ३९९१ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.पु.नं. ५३५ फैसला भएको मिति : २०४६।१०।१०।३ मा पुनरावेदक/प्रतिवादी : धनुषा जिल्ला बलाहा गा.पं. वा.नं. ९ बस्ने रामऔतार यादव विरुद्ध वादी : श्री ५ को सरकार मुद्दा : भ्रष्टाचार § मूल कसूरदार उपरको आरोप प्रमाणित नभएको स्थितिमा मतियारलाई सजायँ गर्न भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(क) ले नमिल्ने । (प्रकरण नं. २३) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल वादी तर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय यस प्रकार छ । २. कृषि विकास बैंक, शाखा कार्यालय वीरगंजको प्रशाखा कार्यालय देबरबनका लेखापाल शैलेन्द्र यादवले नेपाल बैंक लि.जनकपुरमा बचत खाता खालेको र सोही बैंकका शुशिला दाहालले पनि खाता खोली बचत नं. ५१९८ मा जम्मा गरेको रु. १५,०००।– सोही बैंकमा काम गर्ने पलटन यादव, नरेन्द्र मण्डन र शैलेन्द्र यादवले मिलेमतो गरी सो रकम झिकी खाता बन्द गरेकोले यस्ता भ्रष्टाचारी प्रबृति भएकालाई कारवाही गरी सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागमा परेको निवेदन । ३. शुशिला दाहालले जम्मा गरेको रकमको भौचर देखें, मैले नै पोष्टिङ गरेको छु । भूलले ५१९८ मा जम्मा हुनु पर्नेमा शैलेन्द्र यादवको हिसाब नं. ३१९८ मा जम्मा हुन गएको हो । शैलेन्द्र यादवले सो रकम झिकी खर्च गरेको हो, दृष्टि नपुगी दोष हुन गएको भन्ने समेत व्यहोराको नरेन्द्र मण्डलले विशेष प्रहरीमा गरेको बयान । ४. मिति २०३४।११।६ मा शुशिला दाहालले खाता नं. ५१९८ मा जम्मा गरेको रु. १५,०००।– शैलेन्द्र यादवले हिसाब नं. ३१९८ मा भूलले जम्मा हुन गएछ । बैंकको नियमले एउटाको रकम अरुको खातामा जम्मा गर्न मिल्दैन भन्ने समेत व्यहोराको पलटन यादवले विशेष प्रहरीमा गरेको बयान । ५. खाता नं. ३१९८ मेरो हो । पलटन र नरेन्द्र मण्डलसंग जान पहिचान छ । शुशिला दाहालले जम्मा गरेको रु. १५,०००।– निजको खातामा ५१९८ मा जम्मा हुनु पर्नेमा मेरो खातामा जम्मा भएको छ । यस सम्बन्धमा मलाई केही थाहा छैन । सो रकम मेरो बुबाले जम्मा गरी दिनु भएको रहेछ भन्ने समेत व्यहोराको शैलेन्द्र यादवले गरेको बयान । ६. शैलेन्द्र यादवको नाममा रहेको खाता नं. ३१९८ मा रु. १५,०००।– मैले जम्मा गरी दिएको हो भौचर मसंग छैन भन्ने समेत व्यहोराको रामऔतार यादवले प्रहरी विभागमा गरेको बयान । ७. विवादित रकम शैलेन्द्र यादव र निजका बाबु रामऔतारले झिकी खाएकोले अर्को तारेखमा दामासाहीले बुझाउने छौं भन्ने समेत व्यहोराको रामऔतार, पलटन र नरेन्द्र समेतले विशेष प्रहरी विभागमा दिएको संयुक्त निवेदन । ८. शैलेन्द्र यादव, नरेन्द्र मण्डल, पलटन यादवले आफूलाई गैरकानुनी लाभ र नेपाल बैंकलाई गैरकानुनी हानी पुर्‍याएको देखिएकोले, निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) र रामऔतार यादव उपर ऐ.को दफा १६(क) अनुसार कारवाई भई हदैसम्म सजायँ भई बिगो रु. १५,०००।– प्रतिवादी शैलेन्द्र यादवबाट असूलउपर गरी बैंकलाई बुझाई भराई पाउँ भन्ने समेत व्यहोराको बागमती विशेष अदालतमा दायर आरोपपत्र । ९. भू