निर्णय नं. ६९३३ - उत्प्रेषण मिश्रित परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९३३ - उत्प्रेषण मिश्रित परमादेश समेत भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५७/०१/०६ २५०६ निर्णय नं. ६९३३ ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०५३ सालको रिट नं. .. २८२० आदेश मितिः २०५७।१।६।३ मुद्दाः उत्प्रेषण मिश्रित परमादेश समेत । निवेदकः कमल राईकी पत्‍नी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३ बस्ने सिभोन फिस पाट्रिक विरुद्ध प्रत्यर्थीः श्री ५ को सरकार, गृह मन्त्रालय समेत § निवेदिका इजावेल रोवर्ट शेर्पा विरुद्ध गृह मन्त्रालय समेत भएको २०५२ सालको रिट नं. २९३४ मा निवेदिकाले प्राप्त गरेको भिसाको सुविधा नेपाली नागरिकसँग निजको वैवाहिक सम्बन्ध कायम रहेसम्मको लागि पूर्ववत मान्य नरहने गरी प्रति महिना भिसा दस्तुर बुझाई नविकरण गर्नुपर्ने निजलाई बाध्य गर्न पाउने अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ को व्यवस्थाबाट श्री ५ को सरकारलाई अधिकार भएको देखिन आएन भन्ने सिद्धान्त समेत यस अदालतबाट २०५३।६।२१ मा प्रतिपादन भईरहेको देखिन्छ । तसर्थः उपयुक्त सन्दर्भमा समेत निवेदिकाको हकमा समेत निजले साविक देखि प्राप्त गरेको गैरपर्यटक भिसालाई अमान्य गर्ने गरेको प्रत्यर्थी अध्यागमन विभाग समेतको काम कारबाही कानूनसंगत नदेखिँदा उत्प्रेषणको आदशद्बारा वदर हुन्छ । अब निवेदकलाई साविकमा भिसा प्राप्त गर्दाको शर्त अनुकूल उक्त गैरपर्यटक भिसालाई मान्यता दिई निरन्तरता दिनु भन्‍ने प्रत्यर्थी अध्यागमन विभाग समेतका नाउँमा परमादेश जारी हुने । (प्र.नं.१५) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री सरोजकुमार शर्मा प्रत्यर्थी तर्फबाटः विद्बान का.मु.नायव महान्यायाधिवक्ता सत्यनारायण प्रजापति अवलम्बित नजिरः आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछः 2. निवेदिका बेलायती नागरिक भएको र नेपाली नागरिक कमल राईसँग २०५०।४।२० मा विवाह गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट विवाह दर्ता ऐन, २०२८ अनुसार वैवाहिक प्रमणपत्र प्राप्त गरेकी छु । वैवाहिक सम्बन्ध कायम रहेसम्म र नविकरण दस्तुर तिर्न नपर्ने गरी ८ अगस्त १९९३ देखि तत्कालीन विदेशी सम्बन्धी ऐन, २०१५ तथा ऐ. नियमावली, २०३२ को नियम १४(३) को प्रतिबन्धात्मक वाक्यांश अनुसार अध्यागमन विभागबाट गैरपर्यटक भिसा प्राप्त गरी जतिसुकै अवधिसम्म नेपाल अधिराज्यभित्र बस्न र नेपालबाट विदेश आवतजावत गर्न स्वतन्त्र छु । 3. यसैबीच विदेशबाट नेपाल फर्कदा कानुन परिवर्तन भयो अहिले पर्यटक भिसा लिई पछि विभागबाट अर्को गैरपर्यटक भिसा लिनुपर्छ भनियो । प्रतिवाद गर्दा सुनुवाई नभएकोले अर्को भिसा लिन पर्‍यो । विभागबाट सर्वोच्च अदालतमा मुद्दा परेको र जस्तो निर्णय हुन्छ मेरो हकमा पनि सोही बमोजिम हुन्छ भनी अन्तिम पल्ट २७ जनवरी १९९७ सम्मको नयाँ गैरपर्यटक भिसा लिन र नविकरण गर्न लगाइयो । 4. सर्वोच्च अदालतबाट अन्य व्यक्तिका हकमा परेको मुद्दाको फैसला पछि हाम्रो हकमा पनि निःशुल्क भिसालाई निरन्तरता प्रदान गर्नुपर्ने निवेदन गर्दा निःशुल्क भिसालाई निरन्तरता प्रदान गर्न नमिल्ने समेत व्यहोराको २०५३।११।२ मा निर्णय भएको भनी २०५३।१२।२६ मा पत्र दिइयो । 5. विदेशी सम्बन्धी ऐन, २०१५ तथा ऐ. नियमावली, २०३२ को नियम १४(३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मैले प्राप्त गरेको गैरपर्यटक भिसालाई अध्यागमन ऐ