निर्णय नं. ६९३४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९३४ - उत्प्रेषण भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/११/१० २६७१ निर्णय नं. ६९३४ ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्‍वा सम्वत २०५५ सालको रिट नं. .. २७९१ आदेश मितिः २०५६।११।१०।३ विषयः उत्प्रेषण । निवेदकः जिल्ला महोत्तरी रतौली गा.वि.स. वडा नं. १ बस्ने जगदेव हाथीको छोरा दिनेश हाथी समेत विरुद्ध प्रत्यर्थीः गाउँ विकास समितिको कार्यालय, रतौली महोत्तरी समेत § महोत्तरी जिल्ला अदालतको श्रेस्तेदारबाट भएको आदेशलाई सदर गरी जिल्ला अदालत र अ.वं.१७ नं. बमोजिमको निवेदनमा पुनरावेदन अदालतले समेत वारेस राख्‍न दिन इन्कार गरे उपर उसै मौकामा दायर गरिएको प्रस्तुत रिट निवेदन देखिन आउँदैन । तह तह अदालतबाट भएको सो आदेश कानून अनुरुप थियो ? थिएन भन्‍ने प्रश्‍नमा साधारण उपचारको समापन पछि सो कानूनी प्रश्‍नको निरोपण गराउन रिट निवेदक यस अदालतमा मौकैमा प्रवेश गरेको पनि होइन । न त निवेदक स्वयं उपस्थित भई अदालतबाट भएको आदेशको पालन गरेको देखिन्छ । यस स्थितिमा मुद्दा परेको अदालतबाट वारेस राख्‍न नदिने गरी भएको आदेश कानूनसम्मत नभएको भनी रिट निवेदक स्वयंले निधो गरी त्यसको पालन पनि नगर्ने त्यसको विरुद्ध उसै मौका रिट क्षेत्रमा प्रवेश पनि नगरी आफूखुसी गरी अदालतलाई एकतर्फी निर्णय गर्न बाध्य गर्ने पक्षले पछि अदालतबाट एकतर्फी अन्तिम फैसला हुँदा सुनुवाईको मौका पाइन भन्‍न मिल्ने देखिएन । असाधारण उपचारको संवैधानिक व्यवस्था अदालतको आदेश र उपलब्ध उपचारको वेवास्ता गर्ने पक्षको लागि सहुलियत होइन । अतः यस्तो स्थितिको रिट निवेदनमा असाधारण उपचार उपलब्ध गराउनु उपयुक्त नदेखिएकोले निवेदन माग बमोजिम आदेश जारी गर्न नमिली प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं.११) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री विजयकुमार सिंह विपक्षी तर्फबाटः विद्बान अधिवक्ता श्री महादेव यादव अवलम्बित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः 2. वादी रामपृत हाथी र प्रतिवादी राजदेवी हाथी समेत भएको हक कायम मुद्दामा महोत्तरी जिल्ला अदालतको पत्रानुसार रोक्का रहेको पोखरी एवं सो पोखरीमा रहेका माछा सुरक्षाको लागि स्थानीय रामबाबु मुखिया विनलाई जिम्मा दिएकोमा दिनेश हाथी र जुगेश्‍वर हाथीले माछा मार्ने विष पोखरीमा हाली विगो रु.६९,६००।- को माछा नोक्सान गरी दिएकोले प्रतिवादीहरुलाई लुटपिटको ५, ६ नं. बमोजिम कार्यवाही गरी पाउँ भनी रतौली गाउँ विकास समितिको २०५४।४।२७ को पत्रको आधारमा पोखरी सुरक्षा गर्ने रामबाबु मुखिया विनलाई सात दिने समाह्वान जारी भएको र निजको बयानको आधारमा हामी निवेदकहरुको नाममा महोत्तरी जिल्ला अदालतबाट जारी भएको लुटपिट मुद्दाको ३० दिने समाह्वान म्याद २०५४।५।२५ मा तामेल भयो । 3. उल्लेखिताअनुसार म्याद प्राप्त भएपछि हामी निवेदकहरुले जि.महोत्तरी जलेश्‍वर नगरपालिका वडा नं. ५ बस्ने दिनेश साहलाई वारेस अख्तियार दिई निवेदन साथ वयानको लागि हाजिर हुन अदालत पठाएकोमा लुटपिटको ५ नं. अनुसार सम्बन्धित पक्ष नै उपस्थित हुनुपर्ने देखिँदा अ.वं. ६५(२) नं.अनुसार प्रस्तुत मुद्दामा अ.बं. ५९ नं. बमोजिम म्याद थामी वयान गराउन मिलेन भनी सो अदालतका श्रेस्तेदारबाट २०५४।७।२५ मा आदेश गरी हाम्रो वारेसलाई हाजिर गराई वयान गराउन इन्कार गरियो र श्