निर्णय नं. ११५२ - करकाप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५२ - करकाप भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/०५ १९९० निर्णय नं. ११५२ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश सरदार श्री इश्वरीराज मिश्र सम्वत् ०३३।०३४ सालको फौ.वि.नं. ३६ फैसला भएको मिति : २०३५।४।५।५ पुनरावेदक : सर्लाही विष्णुपुर आदर्श गा.पं. वडा नं. ६ बस्ने अभिनन्दन भन्ने सीताराम कायस्त समेत विरुद्ध विपक्षी : जि. सर्लाही मलंगवा बस्ने रामअसिस साहुतेली मुद्दा : करकाप (१) शुद्ध व्यवहारबाट राजीनामा गराई लिएको भए प्रतिवादी फिराउँदा लिनु दिनु भएको रकमको अङ्क फरक पर्न अवश्यै नपर्ने । सद्दे साँचो व्यवहारबाट लिखत भएको भए नालिस गरी सो लिखत पास गराउन सक्नु पर्ने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली फैसला न्या. ईश्वरीराज मिश्र : मध्यमाञ्चल क्षे.अ.डिभिजन बेञ्चको ०३२।१२।३० को फैसला कानूनी त्रुटि र अन्याययुक्त इन्साफ जाँच गरी दिनु भन्नेसमेत हु.प्र.बक्स पाउँ भन्नेसमेत निवेदनमा ईन्साफ जाँची दिनु भन्नेसमेत श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्नेसमेत हुकुम प्रमांगी बमोजिम विविधको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसारको छ : २. विपक्षीमध्येको हरिदासले सूर्यबहादुरसमेत उपर दिएको चोरी मुद्दामा मैले चोरी गराएको भनी पोलगरेबाट मलाई पक्राउ गरी प्रहरी इन्सपेक्टर कार्यालयमार्फत धर्मसाल व्यारेकमा थुनामा रहेका अवस्था ०२७।८।१० गते १२।१ बजेको समय विपक्षीहरूलाई लेखेको २ समेत कागज थान ३ मा सहीछाप गर भने, नमान्दा विपक्षी इन्सपेक्टर निमबहादुर र हे.कं.देवेन्द्रले लपेटाले गलामा र छडीले पाखुरामा र पिंडुलामा कुटपिट गरेबाट चोट सहन नसकी लेखेको नेपाली कागजथान १ मा र नलेखेको नेपालीकागज २ समेत थान ३ मा रामजीप्रसादले औंला समाती छाप मसी लगाई अभिनन्दनले दुवै हातको बुढीऔंला समाती छाप लगाई लिई सो कागज रामजीप्रसादले ई. भिमबहादुरलाई देखायो । त्यसपछि कसले लियो थाहा छैन । म सँग करकापबाट गराई लिएको कागज बदर गरिपाउँ भन्नेसमेत रामअसिस साहुको फिराद । ३. विपक्षीबाट कुनै किसिमले कारकापसँग सही गराई लिइको छैन । निजले मबाट रु.६७०८४।–लिई मलंगवा हुमरीयाको नं. ४१२ को ४।।।१ जग्गा र सो जग्गामा बनेको सिनेमा भवन र अन्य साधनसमेत राजीनामा गरी लिएको लिखित समेतका अन्य माल सामानसमेत ०२६।७।२९ मा चोरी भएकोले दरखास्त दिएको छु । त्यसमा विपक्षीले रुपैयाँ लिई राजीनामा गरी दिएको छैन । झुठ्ठा दरखास्त दिएको भनी वयान दिएको र वादी लगायत अरू कारणीले गरी दिएको केही कागज ०२६।१२।३ मा चार मध्येकै रामबाबु भन्नेले हुलाकद्वारा यसै अदालतमा रजिष्ट्ररी गरी पठाएको छ । मलाई लेखिदिएको वस्तु रजिष्ट्रेशन नहुँदा अरूसँग मिली आफ्नो थैलीलाई हानी हुने गरी किन करकापसँग सहीछाप गराउँथें । वादी झुठ्ठा हो भन्नेसमेत हरिदास मलको प्रतिउत्तर । ४. ०२६।७।११ गते विहान विपक्ष रामअसिस मकहाँ आई सिनेमा चलाउन असमर्थ हुँदा ६९०००। मा सिनेमा भवन र जग्गासमेत रामजीप्रसाद मैनालीलाई बिक्री गरी दिएँ लिखत तयार गरी दिनु पर्यो भनी बोलाउन गएकोले धनीका घर गई कागज लेखी लिनुदिनु गरी कागजमा सही छाप भएको हो । सो बाहेक अरू कुनै कागज गराएको र करकाप गरेको समेत छैन भन्नेसमेत अभिनन्दन भन्ने सिताराम कायस्तको प्रतिउत्तर । ५. विपक्षीसँग करकापबाट सही गराएको छैन । सिनेमा संचालन गर्न सकिंन । बिक्री गर्छु भनी भनेकोले ०२६।७।११ गते मोल रु.६६०००।–मबा