निर्णय नं. ६९३५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९३५ - उत्प्रेषण भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/०९/१६ २३८३ निर्णय नं. ६९३५ ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५५ सालको रि.नं. ...३७५१ आदेश मितिः २०५६।९।१६।६ विषयः उत्प्रेषण । निवेदकः गुल्मी जिल्ला, खर्ज्याङ गा.वि.स. वडा नं. १ बस्ने माधवराज ज्ञवाली विरुद्ध विपक्षीः निर्वाचन आयोग बहादुर भवन, काठमाडौं समेत § निर्वाचन आयोग ऐन, ०४७ को दफा २४(क) ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०५३, मिति ०५३।८।२३ मा जारी गरेको देखिन्छ । उक्त आचारसंहितामा निर्वाचनको मिति घोषणा भएपछि लागु हुने प्रावधान भए बमोजिम श्री ५ बाट मिति ०५५।१०।१ मा निर्वाचन घोषणा गरी बक्से पछि सोही मितिबाट आचारसंहिता लागू भएको देखिन्छ । उक्त आचारसंहिताको खण्ड (ग) को उपखण्ड (३) को देहाय (६) मा निर्वाचानको मिति घोषणा भएपछि निर्वाचनको काममा बाधा पर्ने भएमा आयोगको स्वीकृति लिएर बाहेक कुनै पनि पदमा सरुवा गर्नु हुदैन भन्‍ने प्रावधान रहेको छ । उक्त प्रावधानको विपरीत रिट निवेदकलाई ०५५।१०।१ को निर्णय एवं सो अनुसार प्रेषित मिति ०५५।१०।३ को पत्रबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा सरुवा गरेको देखिन्छ । निर्वाचन आचारसंहिता ०५३ विपरीत सरुवा गरेकोले निर्वाचन आयोगबाट उक्त सरुवा वदर गरेको कार्यलाई अन्यथा भन्‍न मिलेन । साथै रिट निवेदक निजामति कर्मचारी भएको, निजामति कर्मचारीलाई निजले चाहेको कार्यालयमा सरुवा गर्नुपर्ने कानूनमा व्यवस्था भए गरेको देखिदैँन । निवेदकले के कुन ऐन कानूको आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा काम गर्न दिनु भन्‍ने आदेशको माग गरेको हो त्यसको स्पष्ट आधार तथा कारणहरु समेत उल्लेख गर्न नसकेको समेतबाट माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं.१०) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः विद्बान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छः 2. म निवेदक लोक सेवा आयोग प्रादेशिक कार्यालय सुर्खेतको सिफारिसको आधारमा क्षेत्रीय शिक्षा निर्देशनालय सुदूरपश्चिमाञ्चल नेपालगंजको २०३४।१०।६ को निर्णयानुसार राजपत्र अनंकित प्रथम श्रेणी ना.सु. लेखापाल पदमा स्थायी दरबन्दीमा रही विभिन्न जिल्लामा कार्यरत रही हाल मूल्य अभिवृद्धि कर कार्यालय काठमाडौंमा काम गर्दै आएको थिएँ । यत्तिकैमा महालेखा नियन्त्रक कार्यालयको २०५४।११।२९ को निर्णयानुसार निवेदकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सरुवा गरिएको हुँदा सोही कार्यालयमा कामकाज गरी आएकोमा सामान्य प्रशासन मन्त्रालयको २०५५।८।२५ को निर्णयानुसार त्रि.वि. भन्सार कार्यालयबाट भूमिसुधार विभागमा सरुवा गरिएको पत्र २०५५।८।२५ प्रेषित गरिएको रहेछ । सो विभागमा हाजिर हुन जान रमाना नदिँदैको अवस्थामा महालेखा नियन्त्रकको कार्यालयबाट तपाईलाई भूमिसुधार विभागमा सरुवा गरिएकोमा उक्त सरुवा सामान्य प्रशासन मन्त्रालयको २०५५।१०।१ को निर्णयबाट संशोधन गरी त्रि.वि.भन्सार कार्यालयमै सरुवा कायम भएको हुँदा सोही कार्यालयमा कामकाज गर्नु हुन भनी मिति २०५५।१०।१८ को पत्रद्वारा निर्वाचन आयोगको मिति २०५५।१०।१३ को पत्रानुसार यस कार्यालयको २०५५।१०।३ अनुसार गरिएको संशोधित सरुवा वदर भएको भनी जानकारी गर