निर्णय नं. ११५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/१३ १८३५ निर्णय नं. ११५३ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट नं. ७७९ आदेश भएको मिति : २०३५।४।१३।६ मा निवेदक : का.जि. का.नगरपञ्चायत वडा नं. मखनटोल बस्ने लक्ष्मीदेवी प्रधान विरुद्ध विपक्षी : जिल्ला कार्यालय भूमिप्रशासन शाखा चितवनका का.मु.भूमिप्रशासक विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) स्थानीय पञ्चायतले आफ्नो प्रतिनिधित्व गर्नसक्ने गरी नतोकेको अवस्थामा वडा सदस्यले कूत धरौट राखेको र मोहीले निजलाई धरौट राख्न दिएको कानूनसंगत भन्न नमिल्ने । (प्र.नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी”, विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश न्या. विश्वनाथ उपाध्याय : प्रत्यर्थी भूमिप्रशासकको मिति ०३४।१।१६।५ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षित्त तथ्य यसप्रकार छ : गा. पं.भरतपुर वडा नं. ६ भरतपुर मौजाको मेरो नाममा नामसारी भएको वडा नं. ६(च) का कि.नं. १०,११ को ज.वि.४।०।४ मिति ०२९।२।२ को निर्णयबमोजिम मेरो नाममा दर्ता प्रमाण भएको, सो कित्तामध्ये कि.नं. ११ को ज.वि.०।१६।४ मा विपक्षी गोपीनाथ मोहिमा प्रमाणित भएको, सो जग्गामध्ये ज.वि.०।४।० शारदादेवी खतिवडालाई बिक्री गरी बाँकी जग्गा विगाहा ०।१२।४ साविक शर्तअनुसार विपक्षी मोहीले मलाई नगदी रु.३५।–कूत रकम बुझाएको र भू.सं.नियम, २०२१ को दफा ४६ अनुसार ०२९ सालको कूत धरौटी गा.पं.कार्यालयमा धरौटी बाध्नु पर्नेमा सो नगरेकोले मोही निष्कासन गरिपाउँ भन्ने लक्ष्मीदेवी प्रधानको उजूरी । ३. वादीदावी अनुसार ज.वि.०।१६।१० कूत बाली रु.३५।–भराई मोही निष्कासन गरिपाउँ भनी दावी भएकोमा मेरो श्रीमतीलाई बिक्री गरेको ५००७५ कोर्टफी हुन आउने ०।१०।६ जग्गालाई ०।४।० मात्र बिक्री गरेको भनी ०।१२।७ कठ्ठाबाट निष्कासन गरिपाउँ भनी झुठ्ठा उजूर गरेका हुन । यस बुँदा प्रमाणको हकमा ०२९।१।६ को राजीनामा र दिव्यदेवले गरी दिएको ०२७।१।१३।१ को भरपाई र ०२९ सालको मालपोत बुझाएको को.त.का. चितवनको रसिद गा.पं.मार्फत कूत बुझाएको ०२९।११।२४ को भरपाईको नक्कल पेश गरेको छु भन्ने गोपीनाथ खतिवडाले मिति ०३०।२।११।५ मा गरेको बयान रहेछ । ४. मोहिले मिति ०२९।११।२४ मा भरतपुर गा.पं. वडा नं. ६ का पञ्च सदस्य घनश्याम घिमिरेलाई कूत बझाइसकेको संलग्न भरपाईबाट देखिन्छ । २९ सालको मालपोत बुझाएको को.त.का. चितवनको रसिद मार्फत कूत बझाएको भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३६ को उपदफा (२) ले निर्दिष्ट गरेको स्थान पञ्चायतको हो त भनी विचार गर्दा गाउँपञ्चायत ऐन, २०१८ को दफा १८ को उपदफा (१) मा प्रधानपञ्च उपप्रधानपञ्च र अरू नौजना सदस्यहरूसमेत ११ जनाको कार्यकारिणी समितिलाई गाउँपञ्चायत भनिनेछ भनी व्याख्या गरेको हुँदा मोही गोपीनाथ खतिवडाले आफ्नो वडा पञ्चलाई कूत बझाइसकेको र सो जग्गामा पक्की घरसमेत बनाइसकेको जिकिर भएकोले भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३६ को उपदफा (२) बमोजिम स्थानीय पञ्चायतमा कूत नबुझाएको भन्न नमिल्ने देखिँदा वादी दावीबमोजिम मोहीलाई निष्कासन गर्न आदेश दिन सकिने देखिँदैन भन्नेसमेत भूमिप्रशासकको निर्णय पर्चा रहेछ । ५. भूमिप्रशासकको उक्त आदेश बदर गरिपाउँ भनी