निर्णय नं. ११५४ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५४ - जालसाजी भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/१७ १९२४ निर्णय नं. ११५४ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको फौ.फा.नं. १२ फैसला भएको मिति : २०३५।४।१७।३ मा निवेदक : विराटनगर न.पं. वडा नं. ८ बस्ने ख.धनप्रसाद श्रेष्ठ विरुद्ध विपक्षी : सुनसरी वकिया गा.पं. वडा नं. १ बस्ने सु.पद्मप्रसाद श्रेष्ठ समेत मुद्दा : जालसाजी (१) जालसाजी भन्नु परेको लिखतको व्यहारलाई नै निखन्न नआएकोले अ.बं.८२ नं. ले प्रस्तुत फिराद दावी लाग्न सक्ने नदेखिएको । (प्रकरण नं. १५) विपक्षीतर्फ : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या. हेरम्बराज : प्रस्तुत मुद्दा फुल बेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भनी निवेदक वादी ख. धनप्रसाद श्रेष्ठले श्री ५ महाराजाधिराजका हजूरमा चढाएको निवेदनपत्रमा यसमा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३१।१२।२८ गते छिनिएको जालसाज मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउ दिनू भन्ने बक्स भई आएको हुकूम प्रमांगीबमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : विराटनगर न.पं. वडा नं. ८ को १।२।३ जग्गाभित्रमा बनेको ३ तले घरसमेत मध्ये दक्षिणतर्फबाट आधी जग्गा मेरो उत्तरतर्फबाट आधा घर जग्गा विपक्ष पद्मबहादुरको भाग हो । दाजु पद्मबहादुरको भाग काजीमानलाई भोगबन्धक दिई गोविन्दबहादुर बहालमा बसी आएको दाजुले बिक्री गर्ने भनी सुनेबाट सोधेँ र मलाई नै सन्धीसर्पन पर्ने हुँदा पद्मबहादुरसँग भन्दा ४०,०००।–मा दिने लिने मञ्जुरी भयो । सो कुरा थाहा पाई विपक्षी मध्यकै मोहनप्रसादले अड्डा अदालत धाई दुःख दिनेलाई किन दिनु भनी वहालमा बसिरहेको गोविन्दबहादुरसँग रु.४०,०००।–लिई बढी थैली रु.३५०००।–थपी रु.७५०००।–को जालसाजी लिखत खडा गरी पारित गराए । जालसाजी गर्नेलाई सजाय गरी थैली रु.४००००।–कायम राखी घर जग्गा निखनाई पाउँ भन्नेसमेत वादीको फिराद । ३. गोविन्दबहादुरबाट रु.७५०००।–लिई छोरा तुल्सीप्रसाद साक्षी राखी पारित भएको हो । जालसाजी होइन भन्ने पद्मप्रसाद, तुल्सीप्रसादको प्रतिवादी । ४. हामीहरूको रोहवरमा रु.७५,०००।–लिन दिनु भएको हो । बढी रु.३५०००।–थपी जालसाज लिखत खडा गरेको होइन भन्नेसमेत गोविन्दबहादुर समेतको प्रतिवादी । ५. प्र.मध्ये मानबहादुर, भरत केवट, डम्बरबहादुर समेतले म्याद गुजारी बसेको । ६. प्र.सु.पद्मप्रसादको चिठ्ठीबाट ४०,०००।–मै बिक्री गर्नु भन्ने व्यहोरा र वादी दावीको घर जग्गाको बारे लेखिएको चिठ्ठीमा नखुलेको र वादीको साक्षी एक जम्मा कतिमा लिनु दिनु गरे थाहा छैन भन्ने बाँकी साक्षीले पनि रु.४०,०००।–मै लिनु दिनु गरेको देखेको हो भनी किटानी बक्न नसकेको, प्र.को साक्षीहरूले ७५,०००।–कै राजीनामाको भनी बकी दिएको भई वादी दावीबमोजिम जालसाजी गरेको ठहर्दैन भन्ने सुनसरी जिल्ला अदालतको फैसला । ७. रु.३५,०००।–बढाई जालसाज गरी रु.४०,०००।–कायम गरी निखनाई पाउँ भन्ने दावी भएको अ.बं.७२ नं. बमोजिम हक निखन्ने तर्फ कोर्टफी राखी दायर गर्नुपर्ने गरेको नदेखिएको, सोही कुराबाट उठाएको जालसाजीतर्फ पनि देवानीमा गभाई छिनेको मुद्दा लेनदेन व्यवहारको १३ नं. ले तहकिकात गर्न नमिल्ने देखिएकोले जालसाजमा तहकिकात परेको सुरुको मिलेन । वादी दावी