निर्णय नं. ६९३६ - दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९३६ - दर्ता बदर दर्ता भाग: ६९३६ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५७/०२/३० ३१२० निर्णय नं. ६९३६ ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल सम्वत २०५३ सालको दे.पु.नं. ...२८१९ सम्वत २०५२ सालको दे.पु.नं. ३१२०, ३१३६ फैसला मितिः २०५७।२।३०।२ मुद्दाः दर्ता वदर दर्ता । पुनरावेदक/वादीः जिल्ला धनुषा, वेगा शिवपुर गा.वि.स. वडा नं. १ मा बस्ने राजकुमार यादव समेत विरुद्ध प्रत्यर्थी/प्रतिवादीः श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय काठमाडौं समेत पुनरावेदक /प्रतिवादीः मालपोत कार्यालय धनुषा विरुद्ध प्रत्यर्थी /वादीः रामकुमार यादव समेत पुनरावेदक/प्रतिवादीः मालपोत विभाग बबरमहल विरुद्ध प्रत्यर्थी /वादीः राजकुमार यादव समेत § श्री ५ को सरकारको नाममा मिति २०२५।६।२ मा श्रेस्ता कायम भई दर्ता भएको कुरामा सो दर्ता वदरलाई लिएर जग्गा पजनीको २(क­) र १७ नं. को आधारमा मिति २०५०।७।२४ मा निजामति सेवा ऐन, २०४९ को दफा ५७ को २(क) बमोजिम भनी फिराद परेको देखियो । तत्काल जग्गा नापी दर्ता हुँदा प्रचलित ज.प.को १७ नं. ले तालुकदारले खामी खाएका बाहेक एकाको हकको जग्गा अर्कोले दर्ता गराएकोमा थाहा पाएको मितिले ६ महिना भित्र र अरु कुरामा भए गरेको मितिले २ वर्ष भित्र नालेस नदिए लाग्न सक्दैन भन्‍ने व्यवस्था गरेकाले सो बमोजिम दर्ता गराएको विषयमा २ वर्ष भित्र नालेस गर्नुपर्ने हुन्छ । प्रस्तुत विषयमा जग्गा पजनीको २(क) को अवस्था समेत देखिदैँन । ने.का.प. २०५४ अंक २ पृष्ठ ९८ मा प्रकाशित मुद्दामा प्रतिपादित सिद्धान्तबाट श्री ५ को सरकारको नाममा दर्ता भएको भनी छुट जग्गा दर्ता गरी पाउँ भनी निवेदन परेकोमा श्री ५ को सरकारका नाममा दर्ता भईसकेको भन्‍ने कुराले व्यक्तिको सबूद प्रमाणबाट हक भएमा दर्ता गर्न नमिल्ने भन्‍ने व्यवस्था नहुने भनी परमादेश जारी भएको अवस्था छ । उल्लेखित नजिर प्रस्तुत विवादको तथ्यसँग मिल्न आएको पनि देखिदैँन । मिति २०२५।१।२४ मा नापी भई २०२५।६।२ मा दर्ता श्रेस्ता तयार भएको दर्ता वदर गर्न २०५०।७।२४ मा फिराद गरेको देखिन्छ । जग्गा पजनीको १७ नं. बमोजिम भए गरेको मितिले २ वर्ष भित्र नालेस नपरेकोमा सबूद प्रमाण हेरी इन्साफ हुनुपर्ने अवस्थाको प्रस्तुत विवाद देखिन आएन । प्रस्तुत मुद्दाको फिराद हदम्याद नघाई परेको र कानूनको रीत पुगेको अवस्था समेत नहुँदा फिराद खारेज हुन्छ । फिराद खारेज गर्नुपर्नेमा इन्साफ गरेको पुनरावेदन अदालत जनकपुरको इन्साफ उल्टी हुने । (प्र.नं.१४) पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री महादेव यादव र बालकृष्ण न्यौपाने प्रतिवादी तर्फबाटः विद्बान सहन्यायाधिवक्‍ता श्री नरेन्द्रप्रसाद पाठक अवलम्बित नजिरः ने.का.प. २०५४, अंक २, पृष्ठ ९८ फैसला न्या. कृष्णजंग रायमाझीः पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर यस अदालतमा वादी प्रतिवादी दुवैको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः 2. हाम्रो पुर्खा मौकर मुखियाले आफ्नो जग्गामा खनाउनु भएको पोखरीहरु १९८३ सालमा कायम जीवित रहेको अंशियार लाला, मुखियाको नाममा दर्ता रहेको तत्कालिन जि.म.मौजे वेगा शिवपुरको सा.कि.नं. ४७७ को जनक से दक्षिण पोखरी पानी हाबसे पश्चिम मौजे से उत्तरको ०–१२–० तथा सा.कि.नं. ६४५ को रामगोविन्द से पश्चिम जिरायत से उत्तर सोमन से पूर्वको ०–१६–४ समेतका लक्की भन्ने पोखरी र तत्काल जीवित अंशियार जनक मुखियाको नाममा दर्ता रहेक