निर्णय नं. ३९९७ - उत्प्रेषणयुक्त प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९९७ - उत्प्रेषणयुक्त प्रतिषेध भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/२५ २१५६ निर्णय नं. ३९९७ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४६ सालको रिट नं. ८३९ आदेश भएको मिति : २०४६।११।२५।५ मा निवेदक : भक्तपुर न.पं. वडा नं. ८ बस्ने गोपालबहादुर भौजू विरुद्ध प्रत्यर्थी : प्र.जि. अ.जिल्ला कार्यालय, भक्तपुरसमेत विषय : उत्प्रेषणयुक्त प्रतिषेध § अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सो विचाराधीन मुद्दामा विवादित सम्पत्तिको सम्बन्धमा प्र.जि. अ.लाई कागज गराउने अधिकार नभएको र गराएकै भए पनि त्यस्तो कागज कानुनी मान्यता पाउन नसक्ने । (प्रकरण नं. ८) § एकाको नाउँको अचल सम्पत्ति सम्बन्धमा अर्को व्यक्तिबाट गराइएको कागजको कानुनी अस्तित्व शुन्य हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री शारदाप्रसाद पण्डित आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ बमोजिम पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. भक्तपुर जिल्ला भक्तपुर न.पं. वडा नं. ८ कि.नं. २६१ को घर जग्गा नापीमा श्री ३ नं. नापी गोश्वाराले छिंडी तलाको दलानलाई सार्वजनिक पाटी र सो भन्दा माथि कि.नं २६० मेरी श्रीमतीको घर कायम गरे उपर निजको रिटनिवेदन सम्मानित अदालतमा परी २०४४।१०।४ मा भएको आदेशमा चित्त नबुझेकोले श्री ५ महाराजाधिराजमा विन्तिपत्र चढाई हु.प्र.बक्स भई उक्त मुद्दा हाल सम्मानित अदालतको विचराधीन छ । यसै बीचमा विपक्षीले मलाई प्रहरीद्वारा बोलाउन पठाई उपस्थित हुँदा मिति २०४६।७।६ मा एउटा तयार पारिएको कागजमा डरत्रास धम्कीको साथ मलाई सहिछाप गराउनु भयो । २०४६।७।६ मा उक्त कागजको नक्कल लिई हेर्दा उपरोक्त शर्त बमोजिम गर्ने गरी सहिछाप गर्ने भजनियाहरु भनी केही व्यक्तिको सहिछाप पहिले नै लगाई सो मलाई नदेखाई सहिछाप गराएको तथा सम्मानित अदालतको विचाराधीन रहेको उक्त कि.नं. २६१ को छिंडी तलालाई अदालतबाट निर्णय नभएसम्म साविक बमोजिम भजनियाहरुलाई भजन गर्न दिनेछु नदिएमा कानुन बमोजिम बुझाउँला भन्ने व्यहोरा लेखिएको रहेछ । श्रीमतीको हकभोगको घर जग्गामा मैले जे जस्ता कागज गरे पनि मान्य नहुने छँदैछ, साथै त्यस किसिमको कागज गराउन पाउने अधिकार विपक्षीलाई नभएको र मैले स्वेच्छाले त्यस किसिमको कागज नगरेको हुँदा अ.बं ३५ नं. ले बदरभागी छ । जबरजस्ती तरिकाबाट सहि गराएको कागजले मेरो सम्पत्ति सम्बन्धी हकमा आघात पर्न गएकोले यो निवेदन गर्न आएको छु । उक्त कागज उत्प्रेषणको आदेशद्वारा बदर गरी अब उप्रान्त यस किसिमको कागज नगराउनु भनी प्रतिषेधको आदेश जारी गरी मेरो हक प्रचलन गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०४६।७।२४ को निवेदन व्यहोरा । ३. यस्मा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश प्राप्त भएका मितिले १५ दिनभित्र लिखितजवाफ लिई पेश गर्नु भन्ने व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४६।७।२७ को आदेश । ४. विपक्षी गोपालबहादुर भौजूले नारायण देवताको गजुर घरमा राखी रहेको र धनन्तरी नारायणको भजन गर्ने पाटी आफ्नो निजी सम्पत्ति भनी हस्तक्षेप गरेको जनगुनासो मन्त्रीपरिषद् सचिवालयमा परी यस कार्यालयमा सूचना प्राप्त हुन आएको र सोही सिलसिलामा पञ्च सदस्य टोलका भजनियाहरुबाट विपक्षीले कि.नं. २६१ मा बनेको धनन्त