निर्णय नं. ११५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/०६ १९१० निर्णय नं. ११५५ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको रि.फु.नं. २३ आदेश भएको मिति : २०३५।४।६।६ मा निवेदक : झापा दमक गा.पं. वडा नं. ८ रंपुर बस्ने बुद्धिलाल उपाध्याय विरुद्ध विपक्षी : भूमिप्रशासन कार्यालय झापा समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कम्तीमा एकजना पञ्चसदस्यको रोहवरमा म्याद तामेल गर्नुपर्ने अनिवार्य व्यवस्था कानूनले गरेको देखिने । (प्र.नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा आदेश न्या. ईश्वरीराज मिश्र : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०३१।७।१६।६ मा भएको निर्णय दोहर्याइपाउँ भनी श्री बुद्धिलाल उपाध्यायले चढाउनुभएको निवेदनमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम दोहर्याइदिनू भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकूम बक्स भएबमोजिम निर्णयका लागि यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकार छ : कोहवरा पञ्चायत वडा नं. १ मा बस्ने बुद्धिलाल खनालका दर्ताको वडा नं. १ को कि.नं. ३ को जग्गा विगाहा ३।१० कि.नं. ४ को २।६।० को साविक मोही विष्णुलालले छाडी उक्त जग्गामध्ये जम्मा ४ विगाहा जग्गा मलाई ०२७ सालको बाली देखि मोहियामा कमाउन दिएको ०२९ सालको बाली माग्दा नदिएको र ०३० सालको बालीलाई खेत जोत्न नदिएकोले खिचोला मेटाई पाउँ भन्ने विपक्षी नरनाथको विपक्षी कार्यालयमा दावी उजूरी भएकोमा निवेदक प्रतिवादीको नामको ७ दिने म्याद ०३०।३।१४ मा तामेल भएको, म्याद गुजारी बसेकोले वादी दावीको जग्गा वादीले जोतको रहेछ भन्ने देखिन आएकोले भूमिसम्बन्धी ऐन दफा २५ (२) बमोजिम वादी नरनाथको मोही हक कायम हुने ठहराई मिति २०३०।७।१६ मा विपक्षी कार्यालयबाट फैसला भएको रहेछ । सो फैसला निर्णयसम्बन्धी संक्षिप्त जिकिर निम्न प्रकारका छन : (१) अ.बं.११० नम्बर र ऐ.दफा ५ र ११२ नं. को समेत कानूनी त्रुटि गर्दै प्राकृतिक सिद्धान्तको विपरित गरिएको हो भन्ने प्रष्ट भएको छ । यस सम्बन्धमा २०२९ सालको रिट नं. ८३१ निवेदक नरसिंबहादुर श्रेष्ठ भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने विषयको रिट निवेदनमा ०३०।१।४ गते सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय भएको नजिर मिल्दोजुल्दो हुँदा सो नजिर लगाई पाउँ । (२) जग्गावालाबाट जग्गा कमाउन लिंदा दिंदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा १ अनुसार कबुलियत गरी दोहरी दुवै पक्षले लिई दिई राख्नु पर्छ । १ प्रति स्थानीय पञ्चायतमा दाखिल गर्नु पर्छ भन्ने किटानी कानूनी व्यवस्था छ । मौखिक शर्तबाट दिएको भन्ने लेखाईबमोजिम अ.बं.८२ नं. ले विपक्षी नरनाथको उजूर लाग्न सक्ने होइन । विपक्षी प्रशासकले भूमिसम्बन्धी ऐन, २०२१ को दफा (२) अनुसार मोही कायम गर्नु भएको छ । सोबमोजिम मोही कायम गर्ने दफा ३४ बमोजिमको कबुलियत रसिदसमेत हुनुपर्ने नभएकोमा मोही कायम गर्ने गरेको निर्णय सम्मानित अदालतबाट बदर गरिएको छ । त्यसमध्ये रिट नं. १२३० निवेदक केशवनाथ विपक्षी भू.सू.का.धनुषासमेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने विषयमा ०३०।१२।२५ गते निर्णय भएको छ सो नजिर लगाई बदर गरिपाउँ । ३. विपक्षीहरू द्वारा लिखितजवाफ मगाई आ