निर्णय नं. ३९९८ - दर्ता बदर हक कायम समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९९८ - दर्ता बदर हक कायम समेत भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/१० २४८६ निर्णय नं. ३९९८ ने.का.प. २०४६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ६९२ फैसला भएको मिति : २०४६।११।१०।४ मा पुनरावेदक/वादी : नु.जि. तारुका गा.पं. वडा नं. ६ बस्ने बेखारत्न शाक्य विरुद्ध विपक्षी/प्रतिवादी : जि. ल.पु.न.पं. वडा नं. १७ बस्ने अष्टराज बज्राचार्य मुद्दा : दर्ता बदर हक कायम समेत § विवादित जग्गाहरु प्रतिवादी समेतका नाउँमा दर्ता हुँदा समेत कतै उजूर बाजूर नगर्नुबाट विवादित जग्गाहरुमा आफ्नो समेत हक लाग्छ भन्ने वादी दावी समर्थित भएको नदेखिने। (प्रकरण नं. १५) पुनरावेदक, वादी तर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या. बब्बरप्रसाद सिंह : म.क्षे.अ.को मिति २०४५।२।१२।४ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. यस्मा मावली बाजे पूर्णजोति कि श्रीमती मिख्या थकुं बज्राचार्यका छोरा नभएका छोरीहरु ज्यानमाया, जोगमाया, प्राणमायालाई बराबर खान पाउने गरी १९८१।१०।१० मा बकसपत्र दिनु भएको दाइजो पाउने छोरीहरुका नाउँमा नामासारी दर्ता हुँदै ज्यानमाया समेतको गरी प्राणमायाका नाउँमा २ खण्ड र जोगमायाका नाउँमा १ खण्ड छुट्टाई पोता नं. ७४३ मा दर्ता भएको इकुहिटी लोहलंत चुडोल कैमुली खेल भनिएको वागडोल ठहैखेल तपांमा ब्रम्हा भनिएको समेत जग्गा जोगमायाका नाउँमा दर्ता भएको निजको परलोक पछि अपुतलीको १, २ र स्त्री अंश धनको ५ नं. बमोजिम मेरो हक भएको र मैले नै भोगचलन गरेको छु । विपक्षी अष्टराज, प्राणमाया नाति हुन र जग्गाको रेखदेख गरी मलाई वार्षिक ८। मुरी धान बुझाई आएको विश्वास हुँदा भर्पाई लिने दिने थिएन । विपक्षीले नापीमा मेरो नाउँमा समेत नापी गराएको छु दर्ता प्रमाणित संगै गरौंला भनेकाले नाम सारी गरी लिनु दिनु पर्यो भनी आमा जोगमायाले दिएको बकसपत्रबाट भिड्ने कि.नं. ४००, ५०३, १२, १४४, २४४, ३७ का जग्गाहरु दावी लिई निवेदन दिई कारवाई चल्दा कि.नं. ३९७ र १२ कित्ता दर्ता गर्न बाँकी मिति २०४०।९।४ का निर्णयले कि.नं. ३९७ दर्ता भएको र कि.नं. १२ मा कारवाही चलिरहेको छ । अरु जग्गा विपक्षीले दर्ता गराई सक्नु भएको कुरा मालपोत कार्यालयको टिप्पणी मिति २०४०।५।५ मा नक्कल सारी थाहा पाएकाले विपक्षीको नियतप्रति स्पष्ट रुपमा थाहा भयो र शंका लागी मेरो उक्त प्रमाणसंग भिड्ने विभिन्न कित्ता जग्गाहरु विपक्षी अष्टराज समेतलाई बुझी ३ भागको १ भाग दर्ता प्रमाणित गरी पाउन मालपोत कार्यालय ललितपुरमा मिति २०४०।१।१२ मा निवेदन दिंदा ०३१, ०३२, ०३४ सालमा नै दर्ता भइसकेको देखिएकोले मिति २०४०।६।१९ मा तामेलीमा राखी दिने निर्णय भइसकेकोले म्यादभित्र फिराद गर्न आएको छ । माथि उल्लेख भए बमोजिमको मेरो हक भोगको ल.पु.न.पं. वडा नं. ३ ग कि.नं. २७९, ३५८ वडा नं. ४घ कि.नं. ३९८, ४१३, २१५, १३५, १४४, २४४ वडा नं. ४ङ कि.नं. १२७, १४, १३, ९, १७ वडा नं. ४ज. कि.नं. ५०३, ३७, ४१९ वडा नं. १९ कि.नं. २ समेत जग्गाहरुको विपक्षी र मलाई पायक पर्ने हिसाबले नरम गरम भाग बण्डा लगाई ३ खण्डको १ खण्ड जग्गा विपक्षीको नाउँको दर्ता गर्ने गरेको निर्णय दर्ता बदर गरी खिचोला समेत मेटाई मेरो नाउँमा दर्ता गरी हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको बेखारत्