निर्णय नं. ६९३७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९३७ - कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/११/०३ २७०२ निर्णय नं. ६९३७ ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल सम्वत २०५६ सालको साधक नं. ... २८१ फैसला मितिः २०५६।११।३।३ मुद्दाः कर्तव्य ज्यान । वादीः छलि थापाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः स्याङजा जिल्ला, स्वरक गा.वि.स. वडा नं. ५ बस्ने मनबहादुर थापा § प्रतिवादी मनबहादुर थापा वारदातको लगत्तै भागी वेपत्ता भै आफ्नो सफाई पेश गर्न सकेको देखिदैँन । जाहेरवाली छली थापाले लोग्ने र जेठाजु बीचमा अंश वेइज्जती मुद्दाहरु चलि बराबर झगडा हुने गरेको जेठाजु मनबहादुर थापाले लोग्ने मेगबहादुरलाई बन्चरोले टाउकोमा हानी कर्तव्य गरी मारेको भनी जाहेरी र अदालतमा आई बकपत्र गरेको पाइन्छ । शव परीक्षण प्रतिवेदन हेर्दा Cause of death is shock due to grievious injury of Brain भनी उल्लेख गरेको देखिन्छ । यसरी शव परीक्षण प्रतिवेदनबाट जाहेरीमा उल्लेखित घटना पुष्टि भैरहेको छ भने आफ्नो भाईको मृत्यु भएकोमा प्रतिवादी उपस्थित हुनुको सट्टा फरार रहेको अवस्था तथा मृतक र प्रतिवादी बीच मुद्दाहरु चलि बराबर झगडा भैरहेको परिस्थिति समेत विचार गर्दा प्रतिवादी निर्दोष रहेको कुरा पुष्टी हुन नआएकोले प्रतिवादी मनबहादुर थापालाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्याएको शुरु स्याङजा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं.२१) वादी तर्फबाटः प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक जाँचको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. मेरो लोग्ने मेघबहादुर थापालाई जेठाजु मनबहादुरको र लोग्ने मेगबहादुरका बीच परेको अंश मुद्दा र बेइजती मुद्दा चलेको रिसइविको कारणबाट २०४३।२।२९ गते रातको १ बजेतिर लोग्ने मेगबहादुर घरको बाहिर पिंढीमा सुती निदाएको अवस्था जेठाजु मनबहादुरले फलामको बन्चरोले हानी कर्तव्य गरी मारेमा कारवाही गरी पाउँ भन्ने पुतली भन्ने छली थापाको जाहेरी दर्खास्त । 3. लासको टाउको समेतमा धारिलो हतियारले हानेको घाउ चोट परेको फलामको बन्चरो विडमा समेत रगत लागेको देखिएको भन्ने समेत व्यहोराको २०४३।२।३० को घटनास्थल तथा लास प्रकृति मुचुल्का रहेछ । 4. बन्चरो कस्को हो थाहा छैन । मेगबहादुरको मृत्यु कर्तव्यबाट भएको हो भन्ने समेत रोजकुमारी थापा, खगी थापाको भनाइ र मनबहादुरले कर्तव्य गरी मारेको भन्ने सोवितबहादुर थापाले प्रहरीमा गरेको बयान कागज । 5. मृतक मेगबहादुरलाई मनबहादुरले कर्तव्य गरी मारेछन् निज मनबहादुर भागी गएछन् भन्ने समेत २०४३।१२।१८ को सरजमिन मुचुल्का रहेछ । 6. बन्चरो धरमबहादुरको भन्ने बुझिएको, दण्डपाणी धरमबहादुर मेरो प्रतिवादी पक्षका मानिसहरु हुँदा मेरा पतिलाई मार्नमा निजहरु पनि सहमति हुनु पर्दछ भन्ने समेत छली थापाको दोश्रो जाहेरी रहेछ । 7. मेरो सौतेनी आमा रोजकुमारीको चिठीबाट बेगबहादुर कर्तव्यबाट मरेको भन्ने र वाबु घर छाडी हिडे भन्ने कुरा थाहा पाएको हुँ । मेगबहादुरलाई कसले कर्तव्य गरी मारे मलाई थाहा छैन भन्ने समेत लालबहादुर थापाले प्रहरीमा गरेको बयान कागज । 8. मनबहादुर मेगबहादुरका बीचमा अंश मुद्दा परेको कारणबाट मनबहादुर थापाले कर्तव्य गरी मारेमा विश्वास लाग्छ भन्ने समेत धरमबहादुर थापाले