निर्णय नं. ११५६ - उत्प्रेषणयुक्त परमादेशको आदेश जरी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५६ - उत्प्रेषणयुक्त परमादेशको आदेश जरी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०५/०६ १९६५ निर्णय नं. ११५६ ने.का.प. २०३५ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको रि.फु.नं. ४६ आदेश भएको मिति : २०३५।५।६।३ मा निवेदक : ईलाम जिल्ला जयपुर बुधबारे गा.पं. वडा नं. ९ बस्ने कमलबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : भू.प्र. कार्यालय, झापाका का.मु.भूमिप्रशासक श्री मणिराज पोखरेल विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जरी गरिपाउँ (१) आधार नै नदेखाई निर्णय गरिन्छ भने त्यस्तो निर्णयलाई न्यायिक तरिकाले निर्णय गरेको भन्न नमिल्ने । (प्र.नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल आदेश न्या. ईश्वरीराज मिश्र : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक कमलकुमार श्रेष्ठले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : झापा जयपुर बुधवारे गा.पं. वडा नं. ९ मा निवेदकको नाउँमा दर्ता रहेको कि.नं. ३७९,३८०,३३०,३७५,३७६ समेत जग्गा विगाहा ४।२।१९ को ०३१ सालको बाली जम्मा रु.२४०५।२५ धरौट राख्न ल्याएको ज्ञात भएको जम्मा रु.२७५५।–धरौट राख्नु पर्नेमा ९० भन्दा घटी धरौट भएकोले बुझ्नु नपर्ने भन्ने मेरो यस र्कायालयमा लिखितजवाफ परेको छ । रु.२७५५।–दिलाई मोहियानीसमेत निष्कासन गरिपाउँ भन्नेसमेत निवेदकको वादी दावी मध्ये कि.नं. ३३० नभई २३० मैले कमाएकोमा कि.नं. ३७९।३८० धनहर दोयम ३७५,३७६,२३० भिट अवल भएको हुँदा एकमुष्ट रु.२४०५।२५ धरौट दाखिल गरेको छु घटी धरौट राखेको छैन भन्ने विपक्षी छत्रबहादुरको प्रतिवादी भएको मोही बाली मुद्दामा ०३० सालको भिट जग्गाको लागि कायम भएको मूल्यको आधार लिई धरौट राखेको देखियो । ०३० सालको बजार भाउले राखेको कानूनी नहुने नै सम्बन्धित गा.पं.द्वारा आएको भाउ र वादी दावीको हिसाब मिलेकोले यस कार्यालयमा धरौट रहेको वादीले बुझी लिनु पर्ने र घटी हुन आएको विगो रु.३४९।७५ भराई लिन पाउने मोही हक सम्बन्धमा हद भन्दा बढी देखिएकोले प्रतिवादीले छोड्न मञ्जूर गरेको कि.नं. २३० मध्ये उत्तरतर्फबाट ०।२।१९ प्राप्त गर्ने र बाँकी जग्गा विगाहा ४–०–० प्रतिवादीकै मोही हक कायम हुने नै ठहर्छ भन्नेसमेत ०३२।१०।५ मा विपक्षी भूमिप्रशासकबाट निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदकले दिएको रिट निवेदनपत्रमा विपक्षी भूमिप्रशासकको निर्णय अनाधिकार र कानूनी त्रुटिपूर्ण निर्णय छ । निर्णय गर्ने अधिकारीले निर्णयावस्थामा कानूनबमोजिम अधिकारक्षेत्र विषयमा मात्र निर्णय गर्नुपर्दछ । अधिकार नभएको विषयमा निर्णय गरेमा अ.बं.३५नं. अनुसार बदर हुन्छ । जयपुर बुधबारे गा.पं.झापा जिल्लाबाट झिकी इलाम जिल्लामा सारेको स्थान परिवर्तन बारे नेपाल राजपत्र मंसिर २६ गते ०३२ साल अतिरिक्ताङ्क ४२ (क) मा प्रकाशित गा.पं.को सूचनाले प्रष्ट गर्दछ । यसरी इलाम भूमिप्रशासकको अधिकार विषय इलाका झापा भूमिप्रशासकबाट निर्णय भएको प्रत्यक्ष कानूनी त्रुटिपूर्ण छ । वादी दावाअनुसार निर्णय गर्नुपर्न