निर्णय नं. ३९९९ - अंश बुझाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९९९ - अंश बुझाई पाउँ भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/१०/०६ २६९२ निर्णय नं. ३९९९ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४५ सालको दे.पु.नं. ७६८ फैसला भएको मिति : २०४६।१०।६।६ मा पुनरावेदक/वादी : का.जि. साखुपुखुलाक्षी वा.नं. ३ बस्ने पूर्णराज मुनि बज्राचार्य विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.वा.नं. ३ बस्ने चैत्यलक्ष्मी बज्राचार्य मुद्दा : अंश बुझाई पाउँ § लोग्ने स्वास्नीको ४ नं. अनुसार स्वास्नीले लोग्नेसंग अंश माग्ने र अंश बण्डाको १० नं. मा स्वास्नी छोराले बाबु पतिसंग अंश माग्ने कानुनी व्यवस्था भएको पाइन्छ, लोग्नेले स्वास्नीलाई अंश बुझाई पाउँ भन्ने र त्यसरी स्वास्नीले अंश बुझी लिनु पर्ने कानुनमा व्यवस्था नभएको । (प्रकरण नं. १३) पुनरावेदक, वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गामोहन श्रेष्ठ फैसला न्या. त्रिलोकप्रताप राणा : म.क्षे.अ.को मिति ०४५।७।१६ गतेको फैसला उपर चित्त नबुझी वादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी मेरी श्रीमती हुन् निजबाट ३ छोरा र १ छोरी समेत जन्म भएको छ । निजले घरको सम्पत्ति हेरचाह नगरी लथालिङ्ग गरी बसेको र गाउँलेको कुरा सुनी गाली समेत गरेकोले छुट्टै बस भन्दा इन्कार गरी अनेक बखेडा गरी अंशबण्डाको १० नं. मा कि अंश दिनु पर्ने कि इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ भन्ने उल्लेख भएको संधै माना चामल भराउन म असमर्थ छु । कानुन बमोजिम आमा ज्ञानमाया र मेरो २ भाग मध्ये १ भाग अंश विपक्षीलाई बुझ्न लगाई बुझ्नु पर्ने अंश नबुझेमा कानुन बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. अंशबण्डाको १० नं. ले विपक्षीको हक लाग्दैन अतः वादी दावी खारेज गरी झुठ्ठा दावी दिएमा निजलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. अंश लिन्न भन्ने स्वास्नीलाई लोग्नेले कर लगाई अंश छुट्याउन पाउने देखिन नआएकोबाट अंश बुझाई पाउँ भन्ने फिराद दावी पुग्न सक्दैन भन्ने का.जि. अ.को फैसला । ५. का.जि. अ.को फैसला चित्त बुझेन सो फैसला उल्टी गरी वादी दावी अनुसार गरिपाउँ भन्ने समेत व्यहोराको वादी पूर्णराज मुनिको बा.अं.अ.मा पुनरावेदनपत्र । ६. शुरु जिल्ला अदालतले वादी दावी नपुग्ने ठहराएको इन्साफ मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको फैसला । ७. बा.अं.अ.को फैसला चित्त बुझेन उक्त फैसला बदर गरी पाउँ र उक्त फैसलामा कानुनी त्रुटि विद्यमान भएकोले उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको म.क्षे.अ.मा परेको निवेदनपत्रमा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(४) को अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत म.क्षे.अ.को आदेश रहेछ । ८. अंशबण्डाको १०नं. बमोजिम स्वास्नीले लोग्नेको मञ्जुरी बिना अंश लिई छुट्टिन पाउँदिन तर लोग्ने स्वास्नीको महलको ४ नं. मा उल्लेखित अवस्थामा भने अंश लिई छुट्टिन पाउँछ भन्ने विधायकी मनसाय रहेको देखिँदा छुट्टिई अंश लिन मञ्जुर नगर्ने स्वास्नी छोरालाई कर लगाई लोग्ने बाबुले छुट्याई दिन पाउने पनि देखिन्न । वादी पूर्णराज मुनि बज्