निर्णय नं. ११५७ - जग्गा बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११५७ - जग्गा बाली भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०५/१८ १८९५ निर्णय नं. ११५७ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र सम्वत् २०३४ सालको दे.फु.नं. ९५ फैसला भएको मिति : २०३५।५।१८।१ मा पुनरावेदक : झापा जि. अनारमनी गा.पं.वा.नं. ८ चारपाने बस्ने जीवनाथ उप्रेतीसमेत विरुद्ध विपक्षी : ऐ.ऐ. रामगढी गा.पं. वडा नं. ९ बस्ने वाछालाल थारु समेत मुद्दा : जग्गा बाली (१) अदालतमा हकवेहक मुद्दा परी अदालतबाट पाएको फैसलालाई प्रमाणमा लिई कानूनबमोजिम निर्णय गर्नुपर्ने । (प्र.नं. ११) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षतर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा न्यायिक समितिका सिफारिसअनुसार दोहराई दिने हुकूम प्रमांगीबमोजिम सर्वोच्च अदालतबाट पुनरावेदनको अनुमती दिने ०३४।२।२८ मा आदेश भएअनुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न प्रकार छ : २. प्र.नजरपर मौजे रामनगरको जग्गा विगाहा २०।८।३ मा विपक्षीहरूसँग मुद्दासमेत परी हामीहरूका नाममा संयुक्त दर्ता रही भोग भएको राजगढ गा.पं. वडा नं. ९ मा पर्ने ०२१ सालको सर्भेमा हाम्रा नाममा नापी भएको यो ०२६ सालको सिजन बालीमा सो जग्गा मध्ये धनहर १० विगाहामा धानबाली २ विगाहामा तोरी बाली २ बिगाहामा सूर्तीबाली लगाएकोमा ०२६।१०।२९ गते धान तोरी ०२६।१२।१७ मा सूर्ती बाली विपक्षीहरूले लुटी लगे । विगो रु.५४८५।–विपक्षीहरूबाट दिलाई सजाय गरिपाउँ भन्नेसमेत ०२७।१।२८ को फिराद । ३. वादी दावीको जग्गामा हामी ५ पुस्ता अघि पुर्खाले आर्जि भागीदार वरनलाल थारुका नाममा दर्ता रहेको सवै भाईको बण्डा भोग अनुसार दर्ता गराई वाहाली पूर्जी लिएको हाल दर्तावाला मरी हामी उत्तराधिकारीको हकमा पर्ने जग्गा हो । लुटपिटमा झुठ्ठा दावा गरेमा सजाय गरी फुर्सद पाउँ भन्नेसमेत कैली थरुनी समेतको प्रतिउत्तर । ४. वादी दावीको जग्गा भागीदार वरनलालका नाममा दर्ता रहेको बण्डा पाई बाबु साउनीका नाममा दर्ता भई भोगी आएको छु भन्नेसमेत दाहाजुरो थारुका नाममा दर्ता भई लोग्ने तेस्रो भोगी आएको छ भन्नेसमेत नैकनी थारु सो जग्गा बाबु जटथारुका नाममा दर्ता भई दाजु र म समेतले भोगी आएको छ भन्नेसमेत वृछलाल थारुसमेतको बयान । ५. प्रतिवादीहरूका नाममा दर्ता भइसकेको जग्गासमेत दर्ता नभएको वरनलालबाट गरी लिएको राजीनामाबाट जग्गामा वादीहरूको हक दावी पुग्न सक्दैन । बालीको दावीतर्फ खारेज हुने ठहर्छ भन्नेसमेत झापा जिल्ला अदालतको फैसला । ६. सो फैसलामा चित्त बुझेन भन्नेसमेत वादीहरूको पुनरावेदन परेकोमा झापा जिल्ला अदालतबाट वादी दावी खारेज हुने ठहराएको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला । ७. सो फैसलामा चित्त बुझेन । पुनरावेदनको अनुति पाउँ भन्ने वादीहरूको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिन मिलेन भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश। ८. सो आदेश भएको मुद्दा फुल बेञ्चबाट दोहराई हेरी पाउँ भन्नेसमेत वादी जिवनाथ उप्रेती ओमप्रकाश अग्रवालले श्री ५ महाराजाधिराजको हजुरमा न्यायिक समितिमार्फत निवेदकहरूको परेको निवेदनमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार उपर्युक्त मुद्दा दोहराई दिनु भन्नेसमेत ०३३।१०।३ मा हुकूम प्रमांगी बक्स भई आएको । ९. पूर्वाञ्चल क्षेत्री