निर्णय नं. ४००१ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४००१ - भ्रष्टाचार भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/०२ २७१४ निर्णय नं. ४००१ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको फौ.पु.नं. ६०१ फैसला भएको मिति : २०४६।११।२।३ मा पुनरावेदक/प्रतिवादी : जि. संखुवासभा वाना गा.पं. वा.नं. ५ बस्ने विष्णुबहादुर राई विरुद्ध प्रत्यर्थी/वादी : इन्द्रबहादुरको प्रतिवेदनले वादी श्री ५ को सरकार मुद्दा : भ्रष्टाचार § विशेषज्ञको रायलाई तर्कसंगत रुपमा खण्डन नभएसम्म मान्न पर्ने । (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या. पृथ्वीबहादुर सिंह : पू.क्षे.अ.को फैसला उपर पुनरावदेनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मैले जि. खा.सं. अध्यक्ष एवं जि. पं. सभापति भई काम गर्दा २०३८।१०।१६ देखि ०३८।१०।२५ सम्म १२ थान कुपनमा सही गरी दिएको संस्थानको कार्यालय धरानले प्रतिनिधिहरु गहुँ लिन जाँदा गहुँ लगिसकेको भनी मेरो हस्ताक्षर मिलाई गाउँमा नै नभएको व्यक्ति खडा गरी नक्कली कुपन बनाई मानिस खाली फर्केका हुनाले छानबीन गरी पाउँ भन्ने का.वा. सभापति इन्द्रबहादुर सोम्याहाङको २०३८।१२।५ को प्रतिवेदन । ३. जि. पं. संखुवासभाका सभापति इन्द्रबहादुर सोम्याहाङको हस्ताक्षर भएको कुपन लिई आउने प्रतिनिधिहरुलाई भर्पाई गराई गहुँ दिएको गहुँ तोकिएको स्थानमा पुर्याए नपुर्याएको थाहा छैन सभापतिको भनाई अनुसार वहाँको हस्ताक्षर फरक परेको छ छैन विशेषज्ञबाट भिडाई छानबीन गरी अभियोगबाट फुर्सद पाउँ भन्ने प्र.विष्णुबहादुर राईले अञ्चलाधीश कार्यालय विराटनगरमा २०३९।१।१९ गते गरेको बयान । ४. भ्र.नि.संशोधन सहित ऐन, २०१७ को ७(१) अनुसार आफूलाई गैरकानुनी लाभ र श्री ५ को सरकारको स्वामित्व भएको नेपाल खाद्य संस्थानलाई हानी पुर्याउन गहुँ क्वीन्टल २८० हिनामिना गरेको पाइएकोले बिगो रु. ७७,८४०।– असुल गरी नेपाल खाद्य संस्थानलाई दिलाई सजायँको माग भएको विशेष प्रहरी अधिकृतको २०३९।११।४ गतेको अभियोगपत्र । ५. तत्कालिन का.वा. सभापतिले सहिछाप गरी पठाएको कुपनमा उल्लेख परिमाणको गहुँ कुपन लिई आउने व्यक्तिलाई नेपाल खाद्य संस्थान उपशाखा कार्यालयबाट मैले गहुँ दिएको हुँ कुपन कीर्ते बनाई गहुँ हिनामिना गरेको होइन । मैले आफूलाई लाभ हुने काम गरेको छैन । कुपन बाहेक अरुले फाइदा उठाए नउठाएको म भन्न सक्तिन खास व्यक्तिलाई वा काल्पनिक व्यक्तिलाई कुपन दिएको हो जाहेरवाला नै जानुन सबूद बुझी सफाई पाउँ भन्ने प्र.विष्णुबहादुर राईले कोशी अञ्चल अदालतमा २०४०।३।१७ गते गरेको बयान । ६. अभियोगपत्रको पेटबोलीमा देखिएका इन्द्रबहादुर सोम्याहाङलाई बुझिँदा खाद्य संस्थानको छाप बेगरको कुपन बनाई गहुँ हिनामिना भएबाट मैले अञ्चलाधीश कार्यालय कोशीमा निवेदन दिई सो आधारबाट जाहेरवाला भएको हुँ । सबै कुपनहरु मेरो हस्ताक्षरबाट भएको होइन । १२ वटा कुपनमा मेरो सही परेको र सो उप्रान्त मेरो सही होइन । कीर्ते कुपन खडा गरी गहुँ हिनामिना गरेको हुँदा विष्णुबहादुर राईलाई सजायँ गरी पाउँ भन्ने इन्द्रबहादुरले कोशी अञ्चल अदालत धरानमा गरेको बयान । ७. विशेषज्ञलाई बन्द सवाल जारी गरी बन्द सवाल तामेल भई आएको । ८. कीर्ते देखिएका कुपन थान १४ मा लेखिएका गहु