निर्णय नं. ४७२२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७२२ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०४/१० २८८१ निर्णय नं. ४७२२ ने.का.प. २०५० (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल २०४७ सालको रिट नम्बर – १२४५ आदेश मिति : २०५०।४।१०।१ निवेदक : दरबारमार्ग स्थित टाइगर टप्स प्रा.लि. हेड अफिस काठमाडौंका तत्कालिन मैनेजर जिल्ला कास्की पोखरा न.पा. वडा नं. १६ बस्ने यम गुरुङ । विरुद्ध विपक्षी : का.जि.का.न.पा. वा.नं. १ स्थित टाईगर टप्स हेड अफिस काठमाडौं समेत । विषय : उत्प्रेषण । (१) मन्त्रालयका सचिवद्वारा पुनरावेदन हेरी निर्णय गर्दा श्रम कार्यालय बागमती अञ्चलमा परेको निवेदकको उजुरी सो कार्यालयको क्षेत्राधिकार भित्रको नभएपछि श्रम कार्यालय नारायणी अञ्चलबाट निर्णय गर्नको लागि पठाई दिनुपर्नेमा सो बमोजिम गरेको देखिन नआएकोले निवेदकले श्रम कार्यालय बागमती अञ्चलमा दिएको उजुरी हेरी कानून बमोजिम कारवाही किनारा गरी दिन श्रम कार्यालय नारायणी अञ्चलमा पठाईदिनु भन्ने विपक्षी श्रम तथा समाज कल्याण मन्त्रालयको नाममा परमादेशको आदेश जारी हुने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सीताराम तिवारी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलराम के.सी : विद्वान वरिष्ठ अधिवक्ता श्री मधु प्रसाद शर्मा आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. म विपक्षी प्रा.लि. को चितवनमा टे«नी नेचुरलिष्ट पदमा नियुक्ति पाई सेवा गर्दै आउँदा नेचुरलिष्ट पदमा स्थायी नियुक्ति, त्यसपछि विभिन्न पदमा पदोन्नति पाउँदै १९८५ जुन ३० मा मैनेजर पदमा नियुक्ति पाई चितवनमा काम गर्दै आउँदा १९८९ जनवरी १ मा प्रा.लि. को हेडअफिस काठमाडौंको जनरल मैनेजर पदमा नियुक्ति पाएकोमा इमान्दारी पूर्वक काम गर्दै आएको थिएँ । १९९० अगष्ट ३० मा मलाई अन्यायपूर्ण तरिकाले सेवाबाट हटाइएको पत्र दिइयो । त्यसमा चित्त नबुझी त्यस उपर श्रम कार्यालय बागमती अञ्चल काठमाडौंमा उजुर निवेदन दिंदा निवेदकलाई पुनः आफ्नै पदमा हाजिर गराउनु भनी विपक्षी प्रा.लि. लाई उक्त कार्यालयले लेखी पठाउँदा विपक्षी प्रा.लि. ले विपक्षी मन्त्रालयमा पुनरावेदन दिएकोमा मन्त्रालयबाट श्रम कार्यालय नारायणी अञ्चलको क्षेत्राधिकारको विषयलाई श्रम कार्यालय बागमती अञ्चलबाट उजुरी सुनी गरेको निर्णय आफ्नु अधिकार बाहिर गई गरेको देखिएकोले सो निर्णय बदर हुने ठहर्छ भनी निर्णय गरेको रहेछ । श्रम कार्यालय वा अं. काठमाडौंको न्यायोचित आदेशलाई बदर गर्ने गरी विपक्षी मन्त्रालयका सचिवज्यूले गरेको निर्णय असंवैधानिक तथा गैर कानूनी भएको स्पष्ट छ । यसबाट मेरो कानूनी तथा मौलिक हकको समेत विपरित भएको छ । मलाई बर्खास्तको पत्र दिंदा त्यसमा टाइगर टप्स प्रा.लि. काठमाडौं (अंग्रेजीमा) उल्लेख गरिएबाट श्रम कार्यालय बागमती अञ्चलबाट उजुरी सुन्न नमिल्ने हाइन र नमिल्ने भन्ने कुनै कानूनी व्यवस्था पनि छैन । प्रा.लि.को हेड अफिस पनि काठमाडौंमा नै हो । श्रम कार्यालय बागमती अञ्चलले गरेको निर्णय उपर मन्त्रालयका सचिवलाई पुनरावेदन सुन्ने अधिकार कुनै कानूनले दिएको छैन । सेवाबाट हटाउँदा मलाई सफाइको मौका दिइएको समेत छैन । अतः मलाई विपक्षी प्रा.लि. ले सेवाबाट झिकेको कारवाही निर्णयलाई अमान्य गरी श्रम कार्यालय बागमती अञ्चल काठमाडौंले म निवेदकलाई पुनः आफ्न