निर्णय नं. ४००२ - ७ नं. फाँटवारी छानबीन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४००२ - ७ नं. फाँटवारी छानबीन भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/०१ ३५०७ निर्णय नं. ४००२ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.पु.नं. ६८४ फैसला भएको मिति : २०४६।११।१।१ मा पुनरावेदक/प्रतिवादी : जि. सुनसरी गा.प. तनमुना वा.नं. १ बस्ने श्रीमती रुकमणी देवी अग्रहरीसमेत विरुद्ध प्रत्यर्थी/वादी : श्री ५ को सरकार मुद्दा : ७ नं. फाँटवारी छानबीन § एकपटक भइसकेको अन्तिम निर्णय उपर पुनः कारवाही उठाई निर्णय गर्ने अधिकार नै नरहेकोमा पुनः कारवाही उठाई अनाधिकार रुपमा दोश्रो पटक भएको निर्णय प्राङन्यायको सिद्धान्तको आधारमा समेत त्रुटिपूर्ण हुँदा जिल्ला समितिको निर्णय र सो सदर गर्ने गरेको अञ्चल अदालतको फैसला तथा क्षेत्रीय अदालतको अनुमति नदिने गरी गरेको आदेश समेत बदर हुने । (प्रकरण नं. १९) पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह प्रत्यर्थी, वादी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या. पृथ्वीबहादुर सिंह : पू.क्षे.अ.को अनुमति नपाउने आदेश उपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ। २. विपक्षी एवं मानिकचन्द्र अग्रहरीले द.नं. ११८५ मिति २०२२।१०।१८ मा भू.सु.का. मोरंगमा पेश गरेको ७ नं. फाँटवारीमा जम्मा ज.वि. १२६–१५–१९ छोरा केशरीचन्द्रले द.नं. १९९ मिति २०२२।१०।२० मा गा.पं. तनमुना मार्फत पेश गरेको ७ नं. फाँटवारीमा जम्मा ज.वि. १–०–० रामानन्द अग्रहरी नं. ११८६ मिति २०२२।१०।१८ मा भु.सु.का. मोरंगमा पेश गरेको फाँटवारी अनुसार २९–९–१ धुर छोरा कुलदिप नारायणले द.नं. १३१० मिति ०२२।१०।२४ मा भू.सु.का. मोरंगमा पेश गरेको फाँटवारी अनुसार २७–८–१६ छोरा श्यामसुन्दरले गा.पं.का. तनमुना मार्फत पेश गरेको १८९।०२२।१०।२० को फाँटवारीमा १–१८–० को फाँटवारी पेश गरेको देखियो । ३. विपक्षी स्व. मानिकचन्द्रका उल्लेखित परिवारहरुको सबै एकीकृत गरी हेर्दा जम्मा ज.वि. १८६–११–१८ को फाँटवारी पेश भएको । ४. फाँटवारी बमोजिमको जग्गा नापीमा रैकर तथा गुठी दुवैतर्फ गरी जम्मा ज.वि. १४२–१५–१० कायम भएको देखिँदा मिति २०२६।१०।९ को भू.सु.का. सुनसरीको आदेशानुसारको प्रष्टीकरणको माग गर्दा उमेर पुगेका छोरा कुलदिप नारायण–१, रामानन्द–१, केशरीचन्द्र–१ र श्यामसुन्दर १ समेत उमेर पुगेका ५ परिवार छौं र उल्लेखित जग्गा हामीले राख्न पाउने हद मुनिको छ भन्ने विपक्षी मुल व्यक्ति मानिकचन्द्रको प्रष्टीकरणको लिखितजवाफ । ५. पुनः विपक्षी ५ परिवारमा राख्न सकिने १४०–०–० भन्दा बढी देखिएको हुँदा जग्गा कुन जग्गाबाट छाड्ने भनी विपक्षी मुख्य व्यक्ति मानिकचन्द्र अग्रहरीको नाउँमा समाहृवान जारी गर्दा निज उपस्थित भई पेशी देखिएको २–१५–१८ जग्गा हातीमुडा गा.पं. वडा नं. ७(क) कि.नं. ९८, १०२ वडा नं. ८ कि.नं. ८५–८८, १७६, ८४ समेतको २–४–१३ र जि. सु. छिटाहा गा.पं. अन्तर्गतको वडा नं. १(ख) कि.नं. ३५ को जग्गा मध्ये ०–११–५ समेत गरी २–१५–१८ जग्गा छाडन मञ्जुरी छु भन्ने ०२८।४।२५ को मानिकचन्दको बयान । ६. भू.सु.का. सुनसरीको २०२८।४।१६ को आदेश अनुसार बढी देखिएको ज.वि. २–१५–१८ जग्गा भू.सु. ऐन, २०२१ को दफा ५ बमोजिम प्राप्त गर्ने र सो को ८ नं. अनुसूची समेत प्रकाशन गर्ने र हाजिर रहेका विपक्षीलाई तारेख टुटाई दिने भन्ने आदेश भएको र