निर्णय नं. ११५८ - चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५८ - चोरी भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/०२ २५८० निर्णय नं. ११५८ ने.का.प. २०३५ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा सम्वत् २०३४ सालको फौं पु.नं. १४७ फैसला भएको मिति : २०३५।४।२ मा वादी : श्यामराज पन्तको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी : मोरङ वि.नं. प.वडा नं. १२ बस्ने वैराकृष्ण भन्ने कृष्णबहादुर मगर समेत मुद्दा : चोरी (१) चोरीको १३ नं. बमोजिम फैसला गरी २ पटक चोरी गरेको कायम नगरेसम्म तेस्रोपटकको सजाय गर्न मिल्ने नदेखिने । (प्र.नं. १९) निवेदक तर्फबाट : का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : फैसला न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३३।१२।८।३ को फैसलाउपर पुनरावेदन गर्न अनुमति पाई पुनरावेदनको लगतमा दर्ता भई निर्णयको लागि यसबेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकार छ : ०२९।४।१३ गते मोरङ कटन मिल्समा जडान भएको तामाको तार चोर्दै गरेको मौका पक्राउ परेको नेमकृष्ण भन्ने कृष्णबहादुर मगरसमेत दाखिल गरेको छु भन्नेसमेत श्यामराज पन्तको जाहेरी दर्खास्त । ३. कटन मिल्समा जडान भएको विजुली तार चोरी गर्दाकै मौका पक्रिएको हो चोरी गर्न म प्रदिप लामा, रीतु सेरुको जेठो छोरा, राजु, विजय भन्ने पुड्के, गम्भिरेसमेत भएर चोरी गरेकामा निजहरू त्यहाँबाट तत्कालै भागे मलाई मात्र तारको साथ पक्राउ गरेको हो भन्नेसमेत वेराकृष्ण भन्ने कृष्णबहादुर मगरले प्रहरीमा गरेको बयान । ४. बजार दरले तार किनेको हो चोरीको भनी जानी जानी लिएको छैन भन्नेसमेत नेमकृष्ण ताम्राकारको प्रहरीमा भएको कागज । ५. मोल बिगो रु.७०००।–बिगो कायम भएको भन्ने प्रहरी स.स.अ.को पत्र । ६. पक्राउ भएको वेराकृष्ण भन्नेसमेतले चोरी गरेको भन्ने सिद्ध हुन आउँछ । निज वेराकृष्ण प्रदिप लामा रीतु, राजु, विजय भन्ने पुड्केसमेत उपर चोरीका १४ दफा १ बमोजिम सजाय हुने । ७. नेमकृष्ण ताम्राकारले चोरीको माल भनी जाना जान लिएको भन्ने खुल्न नआएकोबाट कारवाही चलाउन सबूद नपुग्ने भई जमानीमा छाडेकोले विगो भराउनेसमेत मिसिल मानिस प्रस्तुत छ भन्नेसमेत प्रहरी तथा स.स.अ.को आरोपपत्र । ८. ०२९।४।१५ गते प्रहरी कागज बमोजिम प्रदिप लामा रितु, सेरुको जेठा छोरा राजु विजय भन्ने पुड्के गम्भिरे समेत ३ पटक कटन मिल्समा चोरी गरेको हो सो चोरी गरेको तार नेमकृष्ण भन्नेले चोरीको माल हो भन्ने नजानी लिएको हो भन्नेसमेत कृष्णबहादुर मगरले अदालतमा गरेको बयान । ९. कृष्णबहादुरलाई थुनामा राख्ने आदेश अभियोग लागेको प्रदिप लामा, रितु तामाङ, राजु राई, विजय भन्ने पुड्केको नाममा म्याद जारी भई गएको पुड्के भन्ने ४।५ महिनाम अघि नै काठमाडौं गएको भन्ने र अरू घरद्वार मानिस पत्ता नलागेको भन्ने अ.बं.११ नं. को रीत पुगी तामेल भई आएको । १०. प्रहरीमा गराएको मेरो बयान सुनी पाएँ । सो कागजमा लेखिएबमोजिम कुनै चोरी मैले गरेको छैन । मेरा बयानमा जो जति मानिसको नाम लेखिएको छ ति कुनै मानिसलाई पनि म चिन्दिन । १ महिना जति भयो जोगवनीमा हटिया गर्न गई बेलुका फर्की आउँदा रानी सिकियाईमा मलाई प्रहरीले पक्राउ गरेका हुन । कटन मिल्सको यो दाखिल भएको पितल कसको चोरी गरेछ थाहा छैन, यो पितल चोरीको अभियोग १ श्यामराजको विजुलीको मोटर चोरी मुद्दा १ प्रमुख जिल्ला अधिकारीको रेडियो चोरी मुद्दा १ समेतको मिसिल व्यहोरा अभियोग सुनी पाएँ । मैले यी लेखिएका ठाउँमा