निर्णय नं. ६९४० - विष खुवाई कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९४० - विष खुवाई कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/११/१६ ४४०६ निर्णय नं. ६९४० ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल सम्वत २०५४ सालको फौ.पु.नं. ...१५८० सम्वत २०५६ सालको फौ.सा.नं. .. ३२३ फैसला मितिः २०५६।११।१६।२ मुद्दाः विष खुवाई कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः गण्डकी अञ्चल तनहु जिल्ला, भिरकोट गा.वि.स. वडा नं. १ घर भै हाल कास्की कारागार शाखामा थुनामा रहेकी वर्ष २३ की मिठु भन्ने देवीमाया रानाभाट विरुद्ध विपक्षी/वादीः डोलराज रानाभाटको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/वादीः डोलराज रानाभाटको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादीः देवीमाया रानाभाट § प्रमाण ऐन, २०३१ को दफा २७(१) मा प्रचलित नेपाल कानून बमोजिम सजायमा कमी वा छुट हुने वा रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुने भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा उक्त कानूनी व्यवस्था बमोजिम सजाय कम हुनुपर्ने भनी जिकिर लिएतापनि त्यसरी सजायमा कमी हुनुपर्ने कुराको प्रतिवादीले कुनै मनासिव आधार प्रमाण देखाउन सकेको पाइदैँन । यी पुनरावेदिका प्रतिवादी मिठु भने देवी मायाले अदालतमा गरेको बयानमा समेत मृतकलाई खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृत्यु भएको भन्ने कुरामा साविती बयान गरेकी र त्यसरी प्रतिवादीले मानिस मर्न सक्छ भनी जानी जानी खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट घट्न गएको प्रस्तुत घटनामा सजाय कम हुनुपर्ने भन्ने पुनरावेदिकाको जिकिर मनासिव नदेखिँने । (प्र.नं. २५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्रीकान्त बराल विपक्षी वादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या. हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको फैसला उपर यस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. मिति २०५२ पुस २१ गते डोलनाथ रानाभाट ढुंगाडे भन्ने ठाउँमा विवाह नाचगान हेरी बेलुकी घर फर्किइ खाना खाई सुतेको रहेछ । २२ गते अबेरसम्म निज डोलनाथ नउठेकाले आमा पदमा छोराको घरतर्फ जाँदा घर बाहिर छाँदैछाँद भएको त्यहीनेर कुखुरा मरी रहेको र डोलनाथ आफ्नै घरको विस्तारमा छादैछाद भई मृत अवस्थामा देखी हल्ला हुँदा निजको श्रीमती मिठु रानाभाट घरमा नदेखिएको हुँदा निज मिठुले नै खानामा विषादी प्रयोग गरी मारे मराएकोमा विश्वास लागेकोले कानुन बमोजिम गरी पाउँ भन्ने अपराधको सूचना । 3. ढुंगा माटोले बनेको ढुंगाको छानो भएको घर, घरको ढोका अगाडि छादको दाग देखिएको, आँगन वरपर ११ वटा कुखुरा मरेको र घरको भित्र दुई थाम मध्ये नजिक उत्तरतर्फ गुन्द्री विछ्याएको, गुन्द्री माथि सिरक ओढी मृत अवस्थामा डोलनाथको लास रहेको, सो नजिक भुइमा सागभात मिसिएको छाद रहेको, मृतकको मुखबाट रगत निस्किएको वाया कोखामा कालो देखिएको, लिंगबाट विर्य निस्किएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति र मृत लास प्रकृति मुचुल्का । 4. भिषेरा रिपोर्ट प्राप्त भएपछि मृतकको मृत्युको कारण खुलाउन सक्ने भन्ने समेत व्यहोराको पोष्टमार्टम राय । 5. पहिलो, दोश्रो, तेश्रो विवाह गर्दा पनि लोग्नेहरुबाट मेरो सन्तान नभएकाले माइतमा बसेकी थिएँ । मिति २०५२।९।१४ गते सुमित्रा विश्वकर्माले डोलनाथ रानाभाटसँग लगाई दिएकीले निजसँग पोइल गएँ । निजको श्रीम