निर्णय नं. ६९४१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९४१ - कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/०४/१० २६८१ निर्णय नं. ६९४१ ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५४ सालको फौ.सा.नं. .. २५५ फैसला मितिः २०५६।४।१०।२ मुद्दाः कर्तव्य ज्यान । वादीः खेमबहादुर रेशमीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः धादिङ जिल्ला, मैदी गा.वि.स. वडा नं. ८ बस्ने दानबहादुर गुरछान मगर § प्रतिवादी दानबहादुर गुरछान मगरले प्रहरी र अदालतमा समेत मृतक अमरबहादुरको कोखमा छुरीले हानी सो चोटबाट नै निजको मृत्यु भएको भनी साविती भएको र अर्का प्रतिवादी नरबहादुर गरछान मगरको अदालतमा भएकोमा बयानबाट पनि दानबहादुरले नै प्रहार गरेको छुरीको चोटबाट अमरबहादुरको मृत्यु भएको भन्ने देखिँदा माग दावी अनुसार प्र.दानबहादुरलाई सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु धादिङ्ग जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । वारदातको रुप हेर्दा मृतकलाई मार्नुपर्ने सम्मको कुनै पूर्व रिसइवि नभएको र प्रतिवादी दानबहादुरले रक्सी खाई रक्सीले मातेको अवस्थामा मृतक स्वयंले प्र.दानबहादुरलाई इख्याउने कुरा गरी मुक्का समेतले हानेको रिस उठी रक्सीको सुरमा प्र.ले दलिनमा घुसारी राखेको छुरी थुती प्रहार गरेबाट अमरबहादुरको मृत्यु हुन गएको देखिँदा निजलाई कानून बमोजिम सजाय गर्दा चर्को पर्न जाने हुँदा मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १८८ नं. अनुसार प्रतिवादी दानबहादुर गुरछान मगरलाई १० वर्ष कैद सजाय हुने । (प्र.नं.२६) वादी तर्फबाटः प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.राजेन्द्रराज नाख्वाः न्याय प्रशासन ऐन, २०४८ को दफा १० अन्तर्गत साधक सदरका लागि यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. २०५२।७।८ गते दानबहादुर गुरछान मगरको घरमा मृतक अमरबहादुर, दानबहादुर, भुमेबहादुर, नरबहादुर श्रीमती देवीकुमारी, विन्दा ग्यान्दीस (रानामगर) समेत थियौं । चेतबहादुर राना बाहिर सुतिरहेका थिए । अमरबहादुर र नरबहादुर बीच झगडा पर्यो । साधारण होला भनी छुट्याउन लागेनौं । अमरबहादुर एकपटक आटोमा आड लागि उभियो र एक्कासी भर्याङको फेदमा लडायो । सबै बाहिर निस्की बस्यौं । प्रेमबहादुर गुरछान आई कपडा खोली हेर्न लगाउँदा अमरबहादुरको वायाँपट्टिको कोखामा धारिलो हतियारले कोपेको घाउ थियो । बोलाउँदा मरिसकेको रहेछ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । 3. नाक मुखबाट तरल पदार्थ बगेको, ढाडको वायाँ तर्फको भागमा १ इन्च लम्बाईको धारिलो हतियारको घोपिएको जस्तो घाउ देखिएको, लिंगबाट तरल पदार्थ बगेको अन्य घाउ नदेखिएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाश प्रकृति मुचुल्का । 4. अमरबहादुरलाई धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मार्नमा प्रयोग भएको चक्कु र दानबहादुरले लगाउने सुइटर समेत बरामद भएको बरामदी मुचुल्का । 5. नरबहादुर गुरछान मगर, दानबहादुर, भुमेबहादुर, खेमहादुर रेश्मी मगर समेत चारजनालाई पक्राउ गरेको प्रतिवेदन । 6. मृतक अमरबहादुरको जिउबाट बरामद भएको जम्मा रु. ५६ प्रेमबहादुर गुरछान मगरले बुझी लिएको भरपाई कागज । 7. २०५२।७।८ गते तिहारको दिन बैनी विन्दा मगर्नी, टिका लगाई दिनको निम्ति आएकी मेरो घरभित्र दाजु नाता पर्ने नरबहादुर र भतिजा अमरबहादुर झगडा गरिरहेका रहेछन् । बहिनीले मलाई र नरबहादुरलाई टिका लगाई सकेप