निर्णय नं. ११६० - उत्प्रेषण वा जुन उपयुक्त आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११६० - उत्प्रेषण वा जुन उपयुक्त आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/१६ १९७५ निर्णय नं. ११६० ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् ०३४ सालको रिट नम्बर ९२८ आदेश भएको मिति : २०३५।४।१६।२ मा निवेदक : जिल्ला मोरङ मधुमल्ला गा.पं. वडा नं. ८ बस्ने खड्गबहादुर श्रेष्ठ समेत विरुद्ध विपक्षी : श्री का.मु. भूमिप्रशासकज्यू जिल्ला कार्यालय भू.प्र.शाखा मोरङ समेत विषय : उत्प्रेषण वा जुन उपयुक्त आदेश जारी गरिपाउँ (१) छुट्टा छुट्टै व्यक्तिको छुट्टाछुट्टै परेको उजूरी निवेदनको छुट्टा छुट्टै मिसिल गडा गरी छुट्टा छुट्टै निर्णय दिनुपर्ने । (प्र.नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी तथा विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लिखित मुद्दा : आदेश न्या. वासुदेव शर्मा : विपक्षी का.मु.भूमिप्रशासकको मिति ०३४।५।३१ को फैसला र सो को आधारमा गरिएको अन्य कारवाहीसमेत उत्प्रेषणको आदेश जारी गरी बदर गराई कानूनी हकको प्रचलन कायम गराई पाउँ भन्नेसमेत कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३४।८।१।४ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यसप्रकारको रहेछ : २. विपक्षी मध्ये जूरा धिमाल समेतको १० जनाले निवेदक खड्गबहादुर निजका परिवारका नाममा दर्ता रहेको मधुमल्ला गा.पं. वडा नं. १३ (घ) कि.नं. ८६ समेतको जग्गा कमाएको अघि नै खटाई कित्ता छुटयाई हाम्रो आ–आफ्नो मोही कायम गरिपाउँ भन्ने उजूरी निवेदन एक र मधुमल्ला गा.पं. वडा नं. ८ (क) कि.नं. ५८ को जग्गा कमाई आएकोमा बाली बुझाएको भरपाईमा कित्ता नं.फरक पारिदिएकोले मेरो साविक कित्ता नं. ५८ को मोही कायम गरिपाउँ भन्ने विपक्षी दिलबहादुर श्रेष्ठ र ऐ.गा.पं.८ (घ) कि.नं. ६९ समेतको जग्गाको मोही कायम गरिपाउँ भन्ने वर्मा दनुवारको टुर मुकाम मधुमल्लामा दिएको निवेदन रहेछ । मेरा नाममा कायम भएको कि.नं. ३३ र ३२ विसुधि मालले मेरी श्रीमती इन्द्रकुमारीको नाममा कायम भएको कि.नं. ७२,७४ को भुरवान दनुवारले र छोरा मानबहादुरका नामको कि.नं. ८६,८८ को जग्गामध्ये दोरै धिमाल र दिलबहादुरले जोतेका छन । छोरा दुर्गाप्रसादको नामको कि.नं. ४३,७० को गुमान सिंह कि.नं. २३२ को धनवीरले जोतेको छन र ०३० सालमा नै मोही कायम गरी दिएको छ । माथि लेखिए बाहेक जुरा र इजर लालले हली भई जोतेका हुन । मङ्गलबहादुर वर्मा दनुवारले जग्गा जोतेको छैन वर्मा दनुवार गुमान सिंहले जोतेको छ दिलबहादुर श्रेष्ठले जोत्न छाडी गएका हुन जग्गा छुटयाउन चाहेमा बाली उठेपछी मोही भएका मोहीहरूलाई राखी गा.पं.द्वारा छुटयाई दिएमा मञ्जुर छ भन्नेसमेतको खड्गबहादुरको प्रतिवाद भएको मा गा.पं.ले गरी दिएको कागज निवेदकले पेश गरेको कबुलियत भरपाई बमोजिम दोरै धिमालको कि.नं. ८६ को ससिम र कि.नं. ८८ को दक्षिणतर्फबाट ज.वि.२।५।० धनवीरको कि.नं. २३२ को सहित छेपा धिमालको कि.नं. ७२ को ससिम भुरवान दनुवारको कि.नं. ७४ दिलबहादुरको कि.नं. ८८ मध्ये उत्तरतर्फबाट ज.वि.२।५।० र विसु धिमालको कि.न.३३ र ३४ को जग्गा मध्ये उत्तरतर्फबाट ज.वि.०२।५।० र विषु धिमालको कि.नं. ३३ र ३४ को ससिम जग्गामा मोही कायम हुने ठहर्छ दिलबहादुर श्रेष्ठले प्रमाण पुर्याई कारवाही चलाएका बखत कार्यवाही हुने नै हुँदा हाल केही गर्न परेन भन्नेसमेत विपक्षी का