निर्णय नं. ६९४२ - दर्ता वदर समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९४२ - दर्ता वदर समेत भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५७/०२/१६ २४४५ निर्णय नं. ६९४२ ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत २०५३ सालको दे.पु.नं. ...३५७५ फैसला मितिः २०५७।२।१६।२ मुद्दाः दर्ता वदर समेत । पुनरावेदक/वादीः नारायणबहादुरको छोरा ल.पु.जि., ल.पु.उप.म.न.पा. वडा नं. ६ सुन्धारा बस्ने वर्ष ६५ को कृष्णबहादुर भन्‍ने लक्ष्मीबहादुर श्रेष्ठ समेत विरुद्ध प्रत्यर्थी/प्रतिवादीः रामलालको छोरा ल.पु.जि., ल.पु.उप.म.न.पा. वडा नं. ६ सुन्धारा बस्ने प्रकाश सिन्या श्रेष्ठ § न्याय प्रशासन ऐन, २०४८ को दफा १४ को देहाय (ग) मा मुद्दामा इन्साफ गर्नुपर्ने प्रश्‍नहरुसँग सम्बद्ध प्रमाणहरु तल्लो अदालत निकायम वा अधिकारीले बुझ्न छुटाएको रहेछ भने आफैले बुझ्ने वा मुद्दाको लगत कायमै राखी ति प्रमाणहरु बुझ्नको लागि मिसिल तल्लो अदालत निकाय वा अधिकारी कहाँ पठाउने भन्‍ने उल्लेख भएको पाइन्छ । उक्त ऐनको सो व्यवस्था बमोजिम प्रमाण बुझ्न छुटाएको भए आफैले बुझी निर्णय गर्न सक्ने वा मुद्दाको लगतै कायमै राखी ति प्रमाणहरु बुझ्नको लागि मिसिल तल्लो अदालतमा पठाउन सक्ने भन्‍ने २ वटा विकल्प रहेको देखिन्छ । उपरोक्त व्यवस्था बमोजिम प्रस्तुत मुद्दामा प्रमाण बुझी निर्णय गर्नुपर्ने देखिएको भए आवश्यक प्रमाण पुनरावेदन अदालत स्वयंले पनि बुझ्न सक्नेमा सो बमोजिम भए गरेको र यदि प्रमाण बुझ्न कै लागि जिल्ला अदालतमा पठाउनु परेको अवस्थामा पनि मुद्दाको लगत कायम राखी मिसिल पठाई दिनुपर्नेमा मुद्दाको लगत कट्टा गरी पुनः इन्साफको लागि शुरु जिल्ला अदालतमा पठाउने गरी फैसला भए गरेको देखिँदा उक्त फैसलाले ऐनको उपरोक्त व्यवस्थालाई अवलम्बन गरेको भन्‍न नमिल्ने । (प्र.नं.१५) पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री चण्डेश्‍वर श्रेष्ठ प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री पन्‍नामान तुलाधार अवलम्बित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत पाटनबाट भएको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः 2. ल.पु. थनमगल सा.नं. १००।८७ को लगतमा गुठीको थकाली ठाकुर दास पूर्णमान समेतका नाममा दर्ता भएको लानी बु. १–९–१ जग्गा भई सो जग्गाको आयस्ताबाट फागुन शुल्क द्वादशीको दिन यक्ष टोलको श्री गजेन्द्रनारायणको पुजा गर्नुपर्ने निजी गुठीको हो । निज दर्तावाला थकालीहरु १९९० सालअघि नै कालगतिले परलोक भइसकेका छन् । निजको शेषपछि हकवाला हामी भएका छौं । २०३८ सालमा सर्भे नापी हुँदा ल.पु.न.पा.वडा नं. ८ कि.नं. १३५ को क्षेत्रफल १–०–३–३, कि.नं. ११६ को क्षे.फ. ८-०-२ समेत जम्मा क्षेत्रफल १-९-० भएको क्षेत्रीय किताबमा कि.नं.११६ को जग्गाधनी महलमा प्रतिवादी प्रकाश शिन्याले आफ्नो नाममा लेखाएको र परम्परादेखि स्ववासी भोग गरी आएको छु । तिरो लागेको छैन भन्ने झुठ्ठा कुरा लेखाई कि.नं. ११६ को जग्गा प्रकाश सिन्याले २०२८।१२।३० मा दर्ता गराएको रहेछ । सो कुरा हामीले २०४४।१२।१८ मा नक्कलसारी थाहा पाएकोले ज.प.को २(क) नं. र १७ नं. तथा ज.मि.को १८ नं. गुठीको १६ नं. समेतको आधारमा फिराद गर्न आएका छौं । मोल रु. ५००। जग्गाको दर्ता समेत बदर गरी हाम्रो नाममा निजी गुठी जनाई दा.खा.गरी दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । 3. उल्लेखित जग्गा नापी टोलीबाट २०३८।८।९ मा नापी भई प्रकाशले आफ्नो नाम फिल्डबुकमा लेखाएक