निर्णय नं. ११६२ - प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११६२ - प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/२९ २२५४ निर्णय नं. ११६२ ने.का.प.२९३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल ०३४।०३५ को रिट नम्बर १०६८ आदेश भएको मिति : २०३५।४।२९।१ मा निवेदक : जि. रुपन्देही कटया गा.पं. वडा नं. ४ बस्ने योगेन्द्रनाथ दुवे समेत विरुद्ध विपक्षी : श्री अञ्चलाधीशज्यू, लुम्बिनी अञ्चलाधीश कार्यालय बुटवल समेत विषय : प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ (१) आफ्नो हक पुगेको जग्गा आफ्नो इच्छाअनुसार बिक्री व्यवहार गरेकोमा हकदैया पुग्ने कसैको उजूर भए ऐनबमोजिम अदालतबाट गराई माग्नु पर्ने विषयमा भ्र.नि.ऐन, २०१७ को दफा ७ (२) अन्तर्गत कारवाई चलाउन मिल्ने विषयको उजूरी नदेखिएको । (प्र.नं. ६) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली आदेश न्या. त्रैलोक्यनाथ अर्याल : नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रतिषेध लगायतको आज्ञा आदेश जारी गरिपाउँ भन्नेसमेत व्यहोराको रिट निवेदनपत्र ०३४।१०।२६ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य यसप्रकार छ : विपक्षीले ०२४।७।२२ मा रु.३६०१।–लिई ढोडहवाको जि. हिस्सा राजीनामा रु.४४०१।–थप लिई पास गरी दिने भनेको थप रुपैयाँ लिन आलटाल गरी जग्गा ०३२।१।१५ मा अव्दुललाई बिक्री गरे रुपैयाँ माग्दा नदिएकोले रु.३६०१।–दिलाई पाउँ भन्ने बजहुलको वादी दावी लिखत बयान भएकोले दावी गर्ने हदम्याद २ वर्ष भित्रको नहुँदा खारेज गरिपाउँ भन्ने रामकिशोर दुवेको प्रतिवादी भएकोमा लेनदेन व्यवहारको ४० नं. को म्याद २ वर्षभित्र नालेस परेको नदेखिएकोले खारेज हुने ठहर्छ भन्ने ०३३।९।३० मा र अर्को वादी वजहुल कवर मुसलमान प्र.पारशनाथ दुवे भएको लेनदेन मुद्दा सोही बमोजिम ठहर्छ भनी रुपन्देही जिल्ला अदालतबाट ०३३।९।१० मा फैसला भएको रहेछ । रीट निवेदन जिकिर यसप्रकार छ : विपक्षीहरूबाट हामी पारशनाथ, राम उजागर र राय किशोरले रु.३६०१।–का दरले वैनावापत रकम लिई बैना कागज गरी दिएको बोल कबोलको रुपैयाँ नदिएकोले बैना रकम फिर्ता गरी सो जग्गा अव्दुललाई राजीनामा गरी दिएपछि बैना रकम दावी नालेस गरेकोमा खारेज हुने ठहरी फैसला भएको अन्तिम भई बसेको छ, नमालुम के कुन कुन व्यहोराको निवेदन विपक्षीले दिई अञ्चलाधीशज्यूबाट प्रहरी चौकीमार्फत पक्राउ गरी ०३४।९।१० देखि पटक पटक तारेखमा राखे पर्चा दिएको छैन मिति ०३४।९।२५ गते अञ्चलाधीशज्यूले हामीलाई डरत्रास धम्की दिई विपक्षीका भनाई अनुसार रु.३४०००।–तुरुन्त फिर्ता गर भने हामीले लिएको छैन बैना लिएको फिर्ता दिइसकें यस सम्बन्धमा अदालतबाट फैसलासमेत भई सक्यो भन्दा विपक्षीले कागजै गराउन पर्छ भनी भन्दा नमालुमको कुन व्यहोरा लेखेको कागजमा सहि गर्न लगाउनु भयो । अनाधीकृतबाट गराएको कागज अ.बं.३५ नं. ले बदर भागी छ । सो कागज र सम्पूर्ण कारवाई बदर गरी भविष्यमा विपक्षको निवेदनमा कारवाई नगर्नु भनी अञ्चलाधीशज्यूका नाममा प्रतिषेध लगायत आदेश वा पूर्जि जारी गरिपाउँ भन्नेसमेत निवेदन जिकिर । ३. विपक्षीहरूसँग लिखितजवाफ लिई पेशगर्नु भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३४।१०।२७ को आदेशानुसार प्राप्त लिखितजवाफ निम्न अनुसार छ : ४. जि. हिस्सासमेत बिक्री गर्ने भई रु.४२२६०।–मा लिनेदिने भई रु.३६०१ दरले र