निर्णय नं. ४००३ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४००३ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/१०/१० २२७१ निर्णय नं. ४००३ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको रि.नं. १२०० आदेश भएको मिति : २०४६।१०।१०।१ मा निवेदक : जि. कपिलवस्तु धनकौली गा.पं.वा.नं. १ बस्ने जोखन कुर्मी विरुद्ध विपक्षी : ऐ.ऐ.वार्ड नं. ५ अवधनगर बस्ने केदारप्रसाद कुर्मी विषय : उत्प्रेषण मिश्रित परमादेश § निर्वाचनको परिणामको घोषणा भएको मितिबाट उजूर गर्नुपर्ने कारण उपस्थित भई सो मितिले ३५ दिनभित्रै निर्वाचन अतिकृत समक्ष यो रिट निवेदकको उजूरी परेको देखिँदा कुन मितिबाट हदम्याद शुरु भएको सो समेत उल्लेख नै नगरी हदम्याद नाघी उजूर परेको भनी खारेज गरेको विपक्षी निर्वाचन विशेष अदालतको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. २०४३ सालको स्थानीय पञ्चायत निर्वाचन हुँदा क.व. जिल्लाको धनकौली गा.पं. को प्रधानपञ्च पदका लागि म तथा विपक्षी केदारप्रसाद कुर्मी समेत उम्मेदवार भएका थियौं । उम्मेदवारीको दर्खास्त दाखिल भइसकेपछि दावी विरोधका लागि तोकिएको म्यादभित्र मैले विपक्षी केदारप्रसाद २०३४ सालमा ऐ.गा.पं. को मनोनीत सदस्य रहँदा मिति मितिमा लिएको पेश्की फर्छ्यौट नगरी बाँकी रहेको कुरा लेखा परीक्षण हुँदा बेरुजु देखिएको र सो सम्बन्धमा गा.पं. धनकौलीलाई जि. का.जि. पं.स. कपिलवस्तुबाट पत्र समेत दिइएको तथा सो को फछर्यौट नगरेको हुनाले निज केदारप्रसाद उम्मेदवार नै हुन पाउँदैन भनी दावी विरोध गरेकोमा विपक्षी मतदान अधिकृतले सो सम्बन्धमा निर्णय गरेको कुनै जानकारी नै नदिई उम्मेदवारी कायमै राखी निर्वाचन गराई विपक्षी केदारप्रसादलाई निर्वाचित घोषणा गर्नुभयो । सो उपर विपक्षी निर्वाचन विशेष अदालत समक्ष उजूरी दिएकोमा सो अदालतले पनि अ.बं. ७८ नं. को प्रक्रिया पूरा नगरेको हुँदा विपक्षीले दाखिल गरेका प्रतिउत्तरसाथका प्रमाणहरु माथि जालसाजी मुद्दा दिएकोमा निर्वाचन बदरतर्फको उजूरी हदम्याद भित्र नपरेको भनी निराधार तवरले खारेज गर्नुका साथै जालसाजी मुद्दालाई निर्वाचन बदर मुद्दाको खारेजीको आधार देखाई गरिएकोले जालसाजीतर्फ क.व.जि. अ.को फैसला उपर लु.अं.अ.मा पुनरावेदन लाग्ने कानुनी व्यवस्था र बाटो मौजूद छ । निर्वाचन बदरतर्फ अन्य बाटो नहुँदा रिट क्षेत्रमा आएको छु । ३. निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १८(१)(घ) र निर्देशिकाको नियम ८७ को म्याद भित्र उजूरी दायर नभएकोले उजूरी खारेज हुने भनी ठहर गरिएको छ । तर कुन मितिलाई दायर गर्नु पर्ने मिति मान्ने उल्लेख नै छैन । ऐनको दफा १८(१) को देहाय (घ) को व्यवस्था नै भई नसकेको अवस्थामा अस्तित्व नै नभएको ऐन लगाइएको छ । जुन ऐनको दफा १६(१८)(१) समेतको त्रुटी भएको छ । ऐन बमोजिम प्रकाशित निर्देशिकाले पनि निर्वाचन परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र उजूरी दिनुपर्ने कुरा उल्लेख छ । सो बमोजिम मेरो उजूरी परिणाम घोषणा भएको मिति २०४३।१२।८ ले ३५ दिनभित्रै परेको देखिँदा देखिँदै पनि हदम्याद नाघी दायर भएको भनी विपक्षी