निर्णय नं. ९१६३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१६३ - उत्प्रेषण भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/१०/१५ ६४५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री तर्कराज भट्ट आदेश मिति : २०७०।१०।१५।४ २०६९–WO–०४११ मुद्दा : उत्प्रेषण । रिट/निवेदक : अम्बरबहादुर पन्थको नाति, पृथबहादुर पन्थको छोरा गोरखा जिल्ला, देउराली गा.वि.स. वडा नं. ९ बस्ने सुरजबाबु पन्थसमेत विरूद्व विपक्षी/प्रत्यर्थी : पुनरावेदन अदालत, पोखरासमेत कुनै पनि मुद्दा चल्दाचल्दैको अवस्थामा तत्काल गरिने अन्तरकालिन प्रकृतिका आदेश फैसलासरहका नभई त्यस बेलाको औचित्यको आधारमा गरिने तत्कालका लागि दिइने अन्तरकालीन आदेश हुने । जसले सबूद प्रमाण संकलन र परीक्षणपछि तिनको मूल्याङ्कनका आधारमा हुने फैसलालाई प्रभाव पार्न नसक्ने । अन्तरकालीन आदेशद्वारा गरिने रोक्काको आदेश विवादमा आएको चल अचल सम्पत्ति आवश्यकता अनुसार प्रतिउत्तर नपरेसम्मका लागि वा मुद्दा किनारा नभएसम्मका लागि यथास्थितिमा राख्ने कानूनी संयन्त्र मात्र हो । यस्तो प्रकारको आदेशले अन्तिम फैसलाले बोलेसरह सवारी साधन लिलाम गर्न भनी बोल्न मिल्ने नदेखिने । जफत गरिएको भनिएको सवारी साधनको रूपमा रहेको ट्रयाक्टर मुद्दा चल्दाचल्दैको क्रममा रहेको जिन्सी सामान भएको र त्यस्तो सवारी साधनलाई मुद्दाको अन्तिम किनारा भए जस्तो मुद्दा विचाराधीन भएको अवस्थामा लिलाम गर्ने वा नगर्ने भन्ने कुराको निर्क्यौल अन्तरिम आदेशले गर्न कानुनत: मिल्ने हुँदैन । फैसला हुनुअगावै उक्त सवारी साधन लिलाम गरिएमा पछि मुद्दाको अन्तिम फैसला हुँदा जफत नहुने ठहर्याएमा सवारी धनीलाई अपूरणीय क्षति पुग्न सक्ने । (प्रकरण नं.६) रिट/निवेदकका तर्फबाट : विद्वान अधिवक्ता मोहनमूर्ति पन्त विपक्षी/प्रत्यर्थीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता शंकरप्रसाद राई अवलम्बित नजीर : सम्बद्ध कानून : वन ऐन, २०४९ को दफा ६६ मुलुकी ऐन, अ.बं. १७ नं. आदेश न्या.सुशीला कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :– म निवेदक सुरजबाबु पन्थले सेती इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. शाखा कार्यालय ट्रयाक्टर कृषि कार्यालय, पोखराबाट ग १ त २३२९ नं. को ट्रयाक्टर किस्ताबन्दीमा खरिद गरी लिई उक्त ट्रयाक्टर कृषि कार्यमा उपयोग गर्दै किस्ता रकम नियमितरूपमा भुक्तान गर्दै आएकोमा मिति २०६८।६।१ देखि सम्झौता गरी निवेदक श्यामकाजी के.सी.ले ट्रयाक्टर सञ्चालन गर्दै आएका थियौँ । यसैबीच मिति २०६८।८।६ गतेका दिन कृष्ण अधिकारीको धान पराल बोक्न चालक रामबहादुर रोक्कालाई पठाएकोमा निज चालकलाई गोरखा शेरा बजारदेखि करिब २ कि.मि. टाढा रहेको लामाटारी भन्ने स्थानबाट ५/६ जना अपरिचित मानिसहरूले साँझ कब्जामा लिई अवैध वन पैदावार (काठ) ट्रयाक्टरमा लोड गराई शेरा बजारतर्फ फर्कने क्रममा गस्तीका प्रहरीलाई देखी ट्रयाक्टर छोडी ड्राइभर तथा अपरिचित मानिसहरू भागेकाले उक्त ट्रयाक्टर काठ कब्जामा लिई वादी नेपाल सरकारबाट उक्त ट्रयाक्टर धनी हामी निवेदकसमेतका विरूद्वमा गोरखा जिल्ला अदालतमा वन ऐन, २०४९ को दफा ५० (१) तथा ट्रयाक्टरको हकमा दफा ६६ अनुसार जफत गरी पाउन माग दावी लिई वन पैदावार काठ चोरी निकासीको अभियोगपत्र दर्ता गरिएको अवस्था थियो । मुद्दा पुर्पक्षको लागि हामी निवेदकमध्येका श्यामकाजी के.सी.लाई साधारण तारिखमा राख्ने गरी निवेदक सुरजबाबु पन्थलाई १,४०,०००।– नगदै धरौट वा सो