निर्णय नं. ४००४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४००४ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/०९/०६ २२८५ निर्णय नं. ४००४ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.नं. ५६४ आदेश भएको मिति : २०४६।९।६।५ मा निवेदक : जि. का. कारागार शाखा काठमाडौंमा थुनामा बस्ने इन्द्रबहादुर खड्का विरुद्ध विपक्षी : ललितपुर जिल्ला अदालतसमेत विषय : उत्प्रेषण § डाँका गरेकोमा तेस्रो पटक देखिएकोलाई जतिसुकै पटकको भए पनि १२ वर्ष कैद गर्नु पर्ने। (प्रकरण नं. ८) § कैदको सबभन्दा ठूलो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्ने । (प्रकरण नं. ८) § तेस्रो पटकसम्म डाँका गरेको ठहर भएको देखिँदा निजलाई ठूलो हदको कैद वर्ष १२ हुने तथा जरिवाना नतिरे बापतको कैद ठेक्न पर्दा ४ वर्ष कैद ठेक्न पर्ने भएबाट जम्मा कैद वर्ष १६ साथै म.क्षे.अ.बाट पुनरावेदन गरे बापत थप भएको कैद १ वर्ष ८ महीना १६ दिन समेत गर्दा जम्मा कैद वर्ष १७ वर्ष ८ महीना १६ दिन कैद लगत ठेकिनु पर्नेमा १९ वर्ष ८ महीना १६ दिन कैद ठेक्ने गरेको मिलेको नदेखिँदा कानुन बमोजिम कैद लगत सच्याउनु भनी विपक्षीको नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नरहरी आचार्य विपक्षी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. चुडामणी घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार र प्रतिवादी म निवेदक समेत भएको डाँका मुद्दामा पहिला पटक डाँका गरेको ठहर्‍याई कैद वर्ष ६ र जरिवाना रु. १,२३,४४२।५० हुने ठहर गरी मिति २०४०।२।३ मा विपक्षी ललितपुर जिल्ला अदालतले गरेको फैसला कलम एक निज चुडामणीको सहोदर माइलो छोरा तुलाप्रसाद घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक समेत भएको डाँका मुद्दामा दोश्रो पटक पारी डाँका गरेको ठहर्‍याई कैद वर्ष ९ र जरिवाना रु. १२,४५०।– हुने भनी सोही मितिमा ठहर गरेको कलम एक, निज चुडामणीको सहोदर जेठो छोरा चेतनाथ घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार र प्रतिवादी म समेत भएको डाँका मुद्दामा तेस्रो पटक डाँका गरेको ठहर्‍याई कैद वर्ष १८ भन्दा बढी सजायँ गर्न नमिल्ने भई दुई कलमको कैद वर्ष १५ भइसकेको हुँदा कैद वर्ष ३ र जरिवाना रु. ६,१३३।– हुने भनी सोही मितिमा विपक्षी ललितपुर जिल्ला अदालतले म उपर गरेको फैसला कलम एक । सो उपर म.क्षे.अ.मा पुनरावेदन गरेकोमा शुरु सदर गरी अ.बं. २०३ नं. ले १०% थप गरेकोमा सर्वोच्च अदालतमा पुनरावेदनको अनुमतिको लागि गएकोमा अनुमति प्राप्त हुन सकेन । यसरी एकै मिति एकै रातमा एकै समयमा एकै ठाउँमा वारदात घटेको र जाहेरवालाहरु पनि एकै घरका बाबु छोराहरु रहेको छर्लङ्ग हुँदाहुँदै छुट्टा छुट्टै पटक काम गरेको कानुनले मिल्ने नै हैन । अतः चूडामणीको जाहेरीले वादी श्री ५ को सरकार भएको पहिला पटकको कैद वर्ष ६ र जरिवाना बापत ४ वर्ष र पुनरावेदन बापत थप ७ महीना ६ दिन समेत गरी जम्मा १० वर्ष ७ महीना ६ दिन मात्र म निवेदकलाई लाग्ने भई थुनामा बसेको मिति २०३७।१२।१० गते देखि २०४८।७।१४ गते सम्मको जरिवाना समेतको कैद भुक्तान भई ऐ.१५ गते छुटी जाने स्पष्ट छ । एउटा मानिसलाई अ.बं. ४१ नं. ले पनि ठूलो हदको सजायँ मात्र हुनुपर्छ । सबै खाप्न मिल्दैन । त्यसबाट पनि तुलाप्