निर्णय नं. ११६४ - उत्प्रेषण मिस्रित परमादेश समेत जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११६४ - उत्प्रेषण मिस्रित परमादेश समेत जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०५/०७ १९३६ निर्णय नं. ११६४ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको रिट नम्बर १०९६ आदेश भएको मिति : २०३५।५।७।४ मा निवेदक : नेपाल स्ट्रावोर्ड कं.प्रा.(लि.) विराटनगरतर्फबाट संचालक किसनलाल गुडर विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थमन्त्रालय ववरमहल काठमाडौं समेत विषय : उत्प्रेषण मिस्रित परमादेश समेत जारी गरिपाउँ (१) श्री ५ को सरकारको निर्णयले औद्योगिक व्यवसाय ऐन, २०३१ को दफा ९ (१) को उपदफा (८०) को सुविधा हनन भएकोले भन्सार संसोधन सहितको ऐन, २०१९ तथा अन्य प्रचलित कानूनबमोजिम पुनरावेदन लाग्नसक्ने अवस्था भएको भन्न नमिल्ने । (प्र.नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा आदेश न्या. हेरम्बराज : विपक्षी कार्यालयहरूको ०३२।१२।१० र ०३४।८।२१ को निर्णय आदेश बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य र निवेदन जिकिर यसप्रकार छ : नेपाल स्ट्रावोर्ड कम्पनी प्रा.लि.ले स्टेनलेस स्टीलको माल बनाई बिक्री गर्न रजिष्टर भएको कम्पनी हो, यसले औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९ को उपदफा (१) को खण्ड (ङ) को देहाय (२) अनुसार कच्चा पदार्थ स्टेनलेश स्टीलमा १५ प्रतिशतले मात्र पैठारी भन्सार महसुल लिईने छ भनी तोकिए बमोजिम पैठारी स्टीलमा १५ प्रतिशतका दरले मात्र भन्सार तिरी आएकोमा यस उद्योगको लागि विदेशबाट स्टेनलेस स्टील ०३४ साल आश्विनदेखि पैठारी हुन आएको, औद्योगिक व्यवसाय ऐन, ०३१ को दफा ९ (१) को उपदफा (ङ) को खण्ड (२) बमोजिम सुविधा पाई आएकोमा सो सुविधाबाट बञ्चित गरी विपक्षी भन्सार कार्यालय विराटनगरबाट १५ प्रतिशत भन्दा बढी असुल गरी मात्र पैठारी गर्न दिएको र ०३४।६।१२ को प्रज्ञापन पत्र नं. १४६ मा भन्सारले कायम गरेको मुल्य रु.१,७६,३७३।८० मा औद्योगिक व्यवसाय ऐनको दफा ९ (१) ङ (२) १५ प्रतिशतले पैठारी महसुल रु.२६।४५६।७ लिनु पर्नेमा रु.३५३७७।९ लिएको प्रज्ञापन नं. १४७ को मुल्य रु.२,४८०६३।४० मा १५ प्रतिशत रु.३७,२०९।५१ लाग्नु पर्नेमा रु.५२,४७१।७० लिनुपर्नेमा रु.१४१४३।६२ लिएको र प्र.द.नं. २५० मा माल मुल्य रु.४८८७८।४७ मा १५ प्रतिशत लाग्नुपर्ने रु.७३३१७।५२ को सट्टा बढी रु.९९११८।४३ लिएको प्र.द.नं. २५९ द्वारा पैठारी भएको मूल्य रु.२१९२६३।३२ मा १५ प्रतिशतले रु.३२८८।५० मात्र लाग्नुपर्नेमा रु.४४३१३।८९ लिएको रु.३२८८।५० मात्र लाग्नपर्नेमा रु.४४३१३।८९ लिएकोले सो बढी लाग्ने पर्ने होइन भनी विपक्षीमा निवेदन गर्दा उद्योगले झिकाउने स्टेनलेश स्टीलमा भन्सार सहुलियत नदिने भनी ०३३।१२।१० मा श्री ५ को सरकारबाट निर्णय भइसकेकोले सूचना गरिन्छ भनी भन्सार कार्यालय विराटनगरबाट ०३४।८।८ को पत्रद्वारा सूचना पाएको रहेछ। ३. औद्योगिक व्यवसाय ऐनले दिएको सुविधालाई श्री ५ को सरकारको निर्णयले नियन्त्रित गर्न वा त्यस्तो ऐनले पाइआएको सुविधालाई ऐनको अधिकार बेगर कुनै निर्णय आदेशले बञ्चित गर्न मिल्दैन । श्री ५ को सरकारले औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९ (२) ङ विपरित उद्योगलाई भन्सार सुविधा नदिने भनी निर्णय गर्नु अनाधिकार हुँदा अ.बं.३५ नं. ले बदर भागी छ । ऐनद्वारा उद्योगले पाएको सुविधाबाट बञ्चित गरी निवेदकलाई समयमा थाहा