निर्णय नं. ४००५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४००५ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/१०/११ २४२३ निर्णय नं. ४००५ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा २०४६ सालको रि.नं. १४१७ आदेश भएको मिति : २०४६।१०।११।४ मा निवेदक : जि. का. कारागार शाखा काठमाडौंमा थुनामा बस्ने दुर्गाबहादुर सिलाङ तामाङसमेत विरुद्ध विपक्षी : श्री काभ्रेपलाञ्चोक जिल्ला अदालतसमेत विषय : उत्प्रेषण § मुलुकी ऐन संशोधन हुनु पूर्व नै कैद ठेकी पुर्जी दिइएको देखिँदा संशोधन पूर्वकै ऐन लाग्ने। (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नरहरी आचार्य विपक्षी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. रुद्रप्रसाद तिमिल्सीनाको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी हामी निवेदक समेत भएको ज्यान डाँका मुद्दामा विपक्षी नं. २ ले प्रस्तुत मुद्दामा संलग्न रही कसूर गरेको ठहर गरी ज्यान तर्फ १० वर्ष र जरिवाना रु. ५०,२९८।७५ हुनेमा जरिवाना नतिरे बापत ४ वर्ष कैद समेत १४ वर्ष कैद हुने भनी २०३९।११।३० मा फैसला गरी सो बमोजिमको कैद लगत ठेकी थुनामा परेको मिति २०३७।८।१५ बाट कैद कट्टी हुने गरी २०५१।८।१ सम्म थुनामा राख्नु भनी २०४५।६।१६ मा कैद म्याद ठेकिएको सो फैसलामा चित्त नबुझेको हुँदा म.क्षे.अ.ले पुनरावेदनको तहबाट शुरुको फैसलामा केही बदर हुने र ज्यान तर्फ हामीहरुलाई सजायँ नलाग्ने केवल पहिला पटक पारी डाँका गरेको ठहरेकाले ६ वर्ष कैद र जरिवाना हुनेमा जरिवाना नतिरे बापत ४ वर्ष कैद हुने भनी २०४४।६।१७ मा म.क्षे.अ.बाट फैसला भएकोमा सो फैसलाले कम भएको ४ वर्ष समेतको लगत विपक्षी २ नं. ले पठाएको छैन । जीवनाथ घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी हामी निवेदक समेत भएको डाँका मुद्दामा दोश्रो पटक पारी डाँका गरेको ठहर गरी विपक्षी नं. १ ले ९ वर्ष कैद र जरिवाना रु. २२,०४५।५० हुनेमा जरिवाना नतिरे बापत ४ वर्ष कैद समेत जम्मा १३ वर्ष कैद हुने हुँदा २०५१।८।१ गते सम्म ल.पु.जि. अ.बाट कैद ठेकी सकेको हुँदा सो कैद भुक्तान भएपछि २०५१।८।२ बाट २०६४।८।२ सम्मको कैदको लगत ठेकी असूल उपर गर्नु भनी विपक्षी १ नं. ले कैद म्याद ठेकेको र सो फैसलामा चित्त नबुझेको हुँदा पुनरावेदन गरेकोमा पुनरावेदन गरे बापत अ.बं. २०३ नं. बमोजिम १० प्रतिशतका दरले थप कैद र जरिवाना भनी ०४४।७।४ मा फैसला भयो । एक मानिसलाई एक कलम भन्दा जतिसुकै कलममा सजायँ गर्नु पर्ने भएको भए तापनि सजायँको कलमहरु मध्ये जुन कलमको सजायँ ठूलो छ सो कलमको मात्र सजायँ गर्नु पर्दछ सब कलमको खत पटक खापी सजायँ गर्नु हुँदैन भनी द.सं.को ८ नं. मा उल्लेख भएको र कुनै व्यक्तिलाई जरिवाना वा कैद समेतको सजायँ भएकोमा जरिवाना नतिरे बापत सजायँ गर्नु परेमा ४ वर्ष भन्दा बढी अवधि सजायँ गर्नु हुँदैन भन्ने द.सं. को ३८ नं. मा व्यवस्था भएकोमा विपक्षी २ नं. ले गरेको फैसलालाई म.क्षे.अ.बाट केही बदर गरेको हुँदा म्याद कैद वर्ष ६ र जरिवाना बापत ४ वर्ष गरी १० वर्ष हुने र १ नं. ले ठहर गरेको कैद ९ वर्ष १० महीना २४ दिन र जरीवाना बापत थप जरिवाना समेत एकमुष्ट गरी ४ वर्ष कैद समेत जम्मा १३ बर्ष १० महीना र २४ दिन हुने भई हामी निवेदक २०५१।७।२३ गते जरिवाना समेतको कैद भुक्तान भई ऐ.२४ गतेबाट छुटकारा पाउनु पर्नेम