निर्णय नं. ११६५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११६५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०५/१४ २१०९ निर्णय नं. ११६५ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको रि.नं. ११२० आदेश भएको मिति : २०३५।५।१४ निवेदक : भक्तपुर जिल्ला ठिमी चपाचो गा.पं.नडा नं. ७ बस्ने छत्रबहादुर प्रजापती विरुद्ध विपक्षी : भूमिप्रशासक श्री हिरामान, भूमिप्रशासन शाखा भक्तपुर विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मोहीको मृत्युपछि जग्गाधनीलाई अ.बं.८२ नं. बमोजिम त्यस सम्बन्धमा भु.प्र.का. मा निवेदन दिन अधिकार भएको । (प्र.नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. ईश्वरीराज मिश्र : प्रत्यर्थी भूमिप्रशासकको मिति २०३४।९।७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ : द.नं. २ मिति ०३४।४।२ को निवेदनमा मेरो नाममा दर्ता भएको भिमसेन पञ्चायत वडा नं. २ को कि.नं. ७९३, ७९७, ७९९, ९०१, ८०३, ८०६, ८१५ र सिद्धिगणेश पञ्चायत वडा नं. ५ को कि.नं. १८० को जग्गाहरूमा जोताहा मोही हर्षबहादुर ब्रहृम प्रजापती भएकोमा निज २०२५ साल फागुन महिनामा र निजको श्रीमती २०३४ साल आषाढ १७ गते परलोक भएको र छोरा छोरीसमेत कोही नभएको हुँदा भू.सं.ऐन, २०२१ को दफा २६ बमोजिम जोताहाको नाममा रहेको जोताहा मेरो नाममा कायम गरिपाउँ भन्ने भएको श्री महेन्द्र चपाचो गाउँपञ्चायत कार्यालयको च.नं. १०१ मिति २०३४।३।३० को सिफारिसपत्र पेश भएको । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोही सम्बन्धी निजको हक निज पती, पत्नी वा छोराहरू मध्ये जग्गाधनीले पत्याएको व्यक्तिलाई प्राप्त हुने सोही दफाको खण्ड (ख) मा जग्गावालाले कुनै किसानलाई आफ्नो जग्गा जोत्न दिंदा र सोही दफा खण्ड (ग) मा मोही जग्गा छाडी भोगेमा वा वेपत्ता भएमा वा मोहियानी हक समाप्त भएमा सो सम्बन्धित कार्यवाही गर्ने व्यवस्था मात्र भएको तर मोही पछि निजको हक जग्गावालाले प्राप्त गर्ने त्यसमा व्यवस्था नहुँदा मुलुकी ऐन अदालती बन्दोबस्तको ८२ नं. अनुसार जसको जुन कुरामा जती हक लाग्छ उसले सो कुरामा नालिस दिए मात्र लाग्छ भन्ने र ३५ नं. मा आफुले हेर्न हुने बाहेक अरू मुद्दा हेर्न हुँदैन भन्ने हुँदा यो मुद्दा खारेज हुने ठहर्छ भन्नेसमेत मिति २०३४।९।७ को भूमिप्रशासकको निर्णय । ४. निवेदकको निवेदन जिकिर संक्षिप्तमा यसप्रसकार छ : मोहीले कमाएको जग्गाको मोही सम्बन्धी हक निजपछि निजको पति पत्नी वा छोराहरूमा सर्नसक्ने गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) द्वारा व्यवस्था भएको छ । ५. मोहीले जग्गा छाडेमा वा वेपत्ता भए त्यस कुराको जग्गावालाले लिखित सूचना दिएमा तोकिएको अधिकारीले जाँचबुझ गरी दर्ता किताबमा समेत सच्याई दिनुपर्ने गरी उक्त दफा २६ को उपदफा (१) को प्रतिबन्धात्मक खण्ड (ग) द्वारा प्रष्ट गरिएको छ । त्यसै उक्त ऐनको दफा ३१क. अनुसार पनि मोहियानी हकको प्राप्ति वा तेरो मेरो सम्बन्धी मुद्दासमेतको निर्णय गर्ने अधिकारीमा भूमिसुधार अधिकारीलाई तोकिएको पाइन्छ । ६. भूमिसम्बन्धी ऐनको उक्त दफा २६ र ३१क. को प्रयोजनको लागि अधिकारीमा विपक्षीलाई तोकेको छैन भनी विपक्षीले इन्कार गर्न सक्नुभएको छैन । मेरो मोही हर्षबहादुर र निजकी श्रीमती