निर्णय नं. ४००६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४००६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/१०/०१ २२६४ निर्णय नं. ४००६ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको रि.नं. १२०८ आदेश भएको मिति : २०४६।१०।१।१ मा निवेदक : जि. उदयपुर हडिया पञ्चायत वा.नं. ६ बस्ने रामप्रसाद गिरी विरुद्ध विपक्षी : प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषण § रिट निवेदकलाई प्रहरी हवल्दार पदबाट भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने गरी प्रहरी उपरीक्षकबाट भएको निर्णय उपर प्रहरी नायब महानिरीक्षकले पुनरावेदन सुनी निर्णय गर्नुपर्नेमा शुरु निर्णय सदर गर्ने गरी अनाधिकार रुपमा प्रहरी अतिरिक्त महानिरीक्षकबाट भएको निर्णय पर्चा त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री माधव वास्कोटा विपक्षी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मिति २०३५।१२।३१ मा प्रहरी सेवाको प्रहरी जवानमा प्रवेश गरी २०४० सालमा आएर एयरपोर्टको दरबन्दी कायम गरी मलाई केन्द्रीय अध्यागमन कार्यालय मैतिदेवीमा काजमा खटाई उक्त कार्यालय मै प्र.ह. पदमा रही ज्ञान विवेकले भ्याएसम्म आफ्नो दायित्व बहन गर्दै आएकोमा निवेदकलाई प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्शालबाट गैरकानुनी रुपले सरकारी छाप दस्तखत कीर्ते गरेकोमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चली धरौटी तारेखमा छुटेको हुँदा प्रहरी नियमावली संशोधन सहित, २०३३ को परिच्छेद ९ को नियम ९(५) को देहाय (ङ) र (छ) को कसूरमा ऐ.नियम ९(१) को देहाय ६ बमोजिम भविष्यमा सरकारी नोकरीको लागि सामान्यतया अयोग्य ठहरिने गरी प्रहरी सेवाबाट बर्खास्त गरिदिने भनी मिति २०४५।३।८ मा प्रहरी उपरिक्षकज्यूबाट पर्चा खडा भएको हुँदा नोकरीबाट बर्खास्त गरिएको छ भनी मिति २०४५।३।८ मा मलाई सेवाबाट बर्खास्त गरिएको पत्र गैरकानुनी रुपमा बुझाई प्र.ह.पदबाट हटाइयो । मलाई लगाइएको आरोपको सम्बन्धमा मैले दिएको स्पष्टीकरणमा कुनै विचार गरिएको छैन । उक्त आरोपमा अदालतबाट दोषी ठहराइएको छैन, अनुमानबाट निष्काशन गर्न मिल्दैन । फेरि मैतिदेवीको कार्यालयमा रहेको मैले एयरपोर्ट अध्यागमन का.मा गई सरकारी छाप कीर्ते गर्न सक्ने हुँदैन । अतः सो निर्णय बदर गरी पाउन प्रहरी नायब महानिरीक्षक समक्ष पुनरावेदन दिएकोमा सो उपर कुनै विचार नै नगरी प्रमाण नै नबुझी प्रहरी अतिरिक्त महानिरीक्षकबाट मिति २०४५।७।२९ मा निर्णय पर्चा खडा भएको व्यहोराको पत्र समेत मलाई मिति २०४५।८।१२ मा बुझाइयो । निर्णय पर्चा सार्न दिइएन । यसरी पासपोर्टमा नक्कली छाप लगाई प्रति पासपोर्ट रु. ५००।– लिएको भन्ने म उपर लगाइएको दावी पनि प्रमाणित हुन नसकेको केवल शंकाको भरमा नोकरीबाट हटाउन मिल्ने हैन । सावित पनि जबरजस्ती गराइएको हो । स्पष्टीकरणमा भएको व्यहोरा उल्लेख गरेकै छु । म बाट त्यस्तो कुनै काम भएको र छापहरु पनि बरामद भएको छैन । अदालतबाट कसुरदार सावित नहुँदै अनुमानबाटै हटाउन मिल्ने होइन । प्रहरी नियमावली, २०३३ को नियम ९.१० को उपनियम (२) को (ख) अनुसार सजायँ गर्ने अधिकारी उपर पुनरावेदन सुन्ने अधिकारी प्रहरी नायब महानिरीक्षक भ