निर्णय नं. ११६६ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११६६ - लिखत बदर भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०६/०३ २८५३ निर्णय नं. ११६६ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको दे.फु.नं. ४३ फैसला भएको मिति : २०३५।६।३।३ मा निवेदक : का.जि. रामशाहपथ डेरा गरी बस्ने शान्तिदेवी थापा विरुद्ध विपक्षी : का.जि. महाराजगञ्ज बस्ने जगतकुमारी शाह समेत मुद्दा : लिखत बदर (१) धर्मपुत्रको महल ४ नं. को प्रयोजनको लागि बाटा घाटामा फालेको बालकलाई पालेको रहेछ भने त्यो पक्का धर्मपुत्र ठहर्ने । धर्मपुत्रको ४ नं. ले बाटाघाटामा फालेको बाबु आमाको ठेगाना नभएको आश्रयहिन बालकको सम्बन्धमा मानवीय आधारमा धर्मपुत्रको हैसियतको श्रृजना गरेको देखिने । (प्र.नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कमलनारायण दास उल्लिखित मुद्दा : फैसला न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३२।७।६ को निर्णयउपर निवेदकले दिएको निवेदनमा श्री ५ महाराजाधिराज सरकारबाट यसमा व्यहोरा साँचो भए अघि सर्वोच्च अदालत डिभिजन बेञ्चबाट धर्मपुत्रीबारे निर्णय भएको रहेछ भने धर्मपुत्री सम्बन्धमा सर्वोच्च अदालत फुल बेञ्चबाट हेरी कानूनबमोजिम गरी छिनुदिनु भनी हुकूम बक्स भई आएबमोजिम निर्णयका लागि यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकार छ : चौं. सम्शेरजङ्गका २ रानीमा जेठीका छोरा केशरी जङ्ग कान्छीका छोरा दिपेन्द्रजङ्ग, केशरी जङ्गका ५ छोरा फत्यजङ्ग, पूर्णजङ्ग, खड्गजङ्ग, काछा दिपेन्द्रजङ्ग सन्तान नहुँदै स्वर्गे हुनुभएको । उहाँको विवाहित रानी दिपकुमारी हुनुहुन्थ्यो । केशरीजङ्गको र दिपेन्द्रजङ्गको १९४९ सालमा अंशवण्डा भएको दिपकुमारीलाई सोभितजङ्गले हेरविचार गरी आउनुभएको सोभितजङ्गका विवाहित र भित्रिनीपट्टिका धेरै स्वास्नी छोरा थिए । म पनि सोभितजङ्गको भित्रिनी सुवर्णकुमारीबाट १९८५ सालमा जन्मी दिपकुमारीले मलाई जन्मनासाथ सालनाल सहित छोरो बनाई पाली २०११ सालमा एस.एल.सी. परीक्षा दिंदा अभिभावकमा आमा दिपकुमारी भनी लेखेको छ । मलाई छोरो बनाइराखेकोले सबै कारोबार व्यवहार मैले नै गरी आएको छु । २०११ साल श्रावण देखि मुमालाई ज्यादै नै व्यथाले छोएको र अनन्तजङ्गले दुःख दिइरहने हुनाले चित्रराजेश्वरी हेरविचार गर्नबसेकी थिइन । २०११ साल आश्विन १३ गते मुमा दिपकुमारी परलोक हुनुभयो । लास उठाउन खर्च नदिएकोले मिरेजङ्ग, हरिजङ्गसँग रु.१००१।–कर्जा लिई काम चलाएँ । अनन्तजङ्गसमेतले मलाई र चित्रराजेश्वरीलाई थुनेकोमा पनि आदेशबाट छुट्यौं । ०११।६।६ को प्रेमराजको स्वास्नी चन्द्रकुमारीका नाममा रु.५५०००।–को महाराजगञ्जको घर जग्गा फार्छे र ०११।३।१४ को मनमैजू गुठीबाहेक सबै श्रीसम्पत्ति अनन्तजङ्गका नाममा बकसपत्र मजमैजू गुठी आश्विन ३ गते जगतकुमारीको नाममा बकसपत्र खडा गरेछन र पास गरिपाउँ भनी रा.का.दे.दो.मा नालेस गरे भन्ने थाहा पाएँ । लेखिएका मानिसहरू मिली मरेपछि हो वा बेहोस अवस्थामा म नभएको बखतमा बिरामी नै भएको बखतमा हो वा कीर्ते गरेको हो दिपकुमारी मरी परेको मेरो हकको अपुताली हुँदा उक्त लिखत बदर गरिपाउँ भन्ने शान्ति शाहको निवेदनमा रा.का.देवानी दोस्रो फाँटकै निवेदन देवानी पहिलाका हाकिमउपर बेहिसाब गरे भन्ने उजूरी हुनाले यसमा उल्लेख गरिएबाहेक अरू आदेश भएको छैन र व्यहोरा साँचो भए पचपन्न ह