निर्णय नं. ४००७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४००७ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/११/०४ २३९५ निर्णय नं. ४००७ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ को रि.नं. ७४७ आदेश भएको मिति : २०४६।११।४।५ मा निवेदक : का.न.पं. वार्ड नं. ३२ बस्ने दामोदर कार्की विरुद्ध विपक्षी : नेपाल बैंक लिमिटेड काठमाडौं अफिससमेत विषय : उत्प्रेषण § रिटनिवेदनबाट निवेदकले आफ्नो कर्तव्य पूरा गरेको देखिनु पर्दछ, अन्यथा निवेदन पर्नासाथ निवेदकलाई अन्याय नै परेको छ भनी कल्पना गरी रिट क्षेत्रको अधिकार प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. ८) § वाणिज्य बैङ्क ऐन, २०३१ को दफा ४७(क)(ख) मा कर्जाको सम्पूर्ण साँवा ब्याज असूल गर्न सक्ने अधिकार बैंकलाई भएको देखिने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री माधव बास्कोटा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे आदेश न्या. गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्न अनुसार छ । २. मैले ने.बै.लि. बाट २०४४ सालमा पटक पटक सुन चाँदी धितो राखी रु. १,४०,०००।– ऋण लिई साँवा ब्याज समेत चुक्ता गरी सुन चाँदी फिर्ता लिएको थिएँ । म बैङ्कमा गएको अवस्थामा विपक्षी बैङ्कले मलाई तपाईको कर्जा बाँकी छ बुझाउनु होस् भनेकोले यस ने.बै.लि. काठमाडौं शाखाबाट सुन चाँदी धितो राखी कर्जा लिएकोमा कर्जा चुक्ता गर्न यस बैङ्कका कर्मचारी नारायण प्रसाद रिमाललाई दिएकोमा निजले उक्त कर्जा हिसाबमा जम्मा नगरी आफ्नै काल्पनिक हिसाबमा मिलाई पैसा हिनामिना गरेको र मेरो कर्जामा बाँकी रहेको देखिएकोले उक्त कर्जा मेरो इज्जत र प्रतिष्ठाको लागि ६ महीना भित्र चुक्ता गर्ने छु भन्ने व्यहोराको कागज ०४६ ज्येष्ठ महीनामा बोलाई कागज गराइएकोमा ०४६ सालको बैशाख महीना उल्लेख गर्दा हिसाब मिल्छ हाललाई यो कागज गर्नुस् तब हामी नारायणप्रसादबाट ऋण असूल गर्नेतर्फ कारवाही गर्ने छौं तपाईलाई कुनै आपद पर्दैन भनी उक्त कागज गराई मेरो जग्गा धनी दर्ता प्रमाणपूर्जा समेत विपक्षी बैंङ्कले लिई विपक्षी बैङ्कले रा.बा. बैंक ऐन तथा ने.बै.लि. को नीति विरुद्ध मलाई कागज गराइयो । बैंकबाट मलाई सु. चा.नं. ५०।८।२१६, ५०।८।२३७, ५०।८।५३१ गरी जम्मा रु. ७०,०००।– बुझाउन आउनु होला भनी ०४६।५।२० मा पत्र पठाइयो । बैंकले मेरो नामको का.जि. का.न.पं. वार्ड नं. ३२ कि.नं. ११५० को ०–२–०–२ र ऐ.कि.नं. ११५२ को ०–२–०–२ जग्गाहरु रोक्का राखी दिनु भनी मिति ०४६।२।१५ मा मा.पो.का. काठमाडौंलाई लेखी ०४६।२।१७ मा मा.पो.का. बाट रोक्का रहेको रहेछ सो कुरा मलाई मिति ०४६।५।२२ मा नक्कल लिंदा थाहा भयो । सुन चाँदी राखी ऋण लिएकोमा साँवा ब्याज चुक्ता गरी धितो फिर्ता लिई सकेपछि २ वर्ष पछाडि बाँकी देखियो भनी तिर्न बुझाउन बाध्य गराउन मिल्ने होइन । तिरी सकेको ऋण पुनः असूल गराउने मेरो सम्पत्ति गैह्रकानुनी रुपमा रोक्का राखेबाट समेत मौलिक हकमा कुठाराघात र कुण्ठा गरेकोले अन्य उपचारको अभावमा यो निवेदन दिन आएको छु । उपरोक्त बमोजिम ०४६ ज्येष्ठ महीनामा बोलाई २०४६ साल बैशाख महीनाको मिति कायम गरी एकपटक तिरी सकेको ऋणलाई पुनः मेरो इज्जत र प्रतिष्ठाको लागि भनी पुनः असूल गर्ने र मैले कुनै प्रकारको लिखत नगरी मेरो नामको उक्त जग्गा रोक्का राखेकोले बैंकले मलाई गैरकानुनी रुपमा गराएको मिति ०४६ साल बैशाख महीना