निर्णय नं. ४००८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४००८ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/१०/०२ २४८४ निर्णय नं. ४००८ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४६ सालको रिट नं. १३५८ आदेश भएको मिति : २०४६।१०।२।२ मा निवेदक : ल.पु.जि. गोदावरी गा.पं. वडा नं. ५ खहरे घर भई कर्मचारी संचयकोष शिक्षण तथा संघ संस्थान शाखाका सहायक (चौथो तहको कर्मचारी) मधुसुदन पौडेल विरुद्ध विपक्षी : कर्मचारी संचयकोष कार्यालय, सुन्धारा काठमाडौंसमेत विषय : उत्प्रेषण § कर्मचारी सेवा शर्त नियमावली, २०४१ प्रकाशित भई रहेकोमा निवेदकलाई नोकरीबाट अवकाश दिंदा लोकसेवा आयोगको सामान्य सिद्धान्त मात्र लगाई बर्खास्त गरेको मिसिल संलग्न अवकाश पत्र प्रतिलिपिबाट देखिन आएको हुँदा आफ्नो नियमावली भई रहेकोमा सो उल्लेख नगरी निवेदकलाई बर्खास्त गर्ने गरिएको निर्णय र सो निर्णय उपर पुनरावेदन परी पुनरावेदन तहबाट भएको निर्णय समेत मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल अवलम्बित नजीर : देवेन्द्र ढकाल विरुद्ध नेपाल खाद्य संस्थान रिट नं. १२२८, मिति २०४६।६।९।२ मा प्रतिपादित सिद्धान्त । आदेश न्या. हरगोविन्द सिंह प्रधान : नेपालको संविधान, २०१९ को धारा १६।१७ अनुसार दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको छोटकरी व्यहोरा यस प्रकार छ । २. म निवेदक प्रत्यर्थी कर्मचारी संचयकोष कार्यालयले लो.से.आ.को सामान्य सिद्धान्त, ०३५ को परिच्छेद २ को दफा ३ र ४ बमोजिम सो कार्यालयको सहायक पदमा ६ महीनाको परीक्षणकालीन नियुक्तिपत्र २०४४।१।२१ मा प्रदान गरेकोले पदीय काम कर्तव्य गरी आएको थिएँ । ६ महीनाको उक्त परीक्षणकाल समाप्त भइसकेकोमा निवेदकको काम सन्तोषजनक नदेखिएको भनी २०४४।१२।२६ गतेकोपत्रबाट अर्को एक अवधि थप गरी पुनः परीक्षण कालमा नै मेरो नोकरीलाई निरन्तरता प्रदान गरिएको थियो । पुनः थप गरिएको परीक्षणकालीन अवधिमा समेत आफ्नो काम गरी आएकोमा एकाएक प्रत्यर्थी एक नं. ले काम सन्तोषजनक नदेखिएको कारण देखाई लो.से.आ. सामान्य सिद्धान्त, २०३५ को परिच्छेद २ को दफा ४(१) बमोजिम २०४५।१।२० गतेको निर्णय अनुसार निवेदकलाई कोषको सेवाबाट हटाइएको भनी प्रत्यर्थी कर्मचारी प्रशासन विभागको नायब मुख्य अधिकृतज्यूबाट प्रेषित पत्र २०४५।१।२० गतेको पत्र मार्फत निवेदकलाई सूचित गरियो । सो निर्णयमा चित्त नबुझेको हुँदा संचालक समितिमा ऐनका म्याद भित्र पुनरावेदन गरेकोमा २०४५।१।२० गतेको निर्णय अनुसारको आदेश कायमै राखिएको भनी संचालक समितिबाट २०४५।२।२० मा भएको ठहर २०४५।११।२० मा हुलाकबाट प्राप्त गरें । एउटै परीक्षणकाल पूरा गर्नु पर्ने सहायक स्तरको कर्मचारीले सो पूरा गरी सकी अर्को पाँच महीना १५ दिन समेत व्यतित भइसकेको अवस्थामा काम सन्तोषजनक नभएको भनी अवकाश दिन कानुनतः मिल्दैन । अवकाश दिने कार्य दुराग्रही एवं पूर्वाग्रही पूर्ण रहन गएको हुँदा प्रत्यर्थीहरुले मलाई पदबाट हटाउने गरी अवकाश दिएको सम्बन्धमा गरिएको सूचना लगायत भए गरेको सम्पूर्ण कारवाही तथा आदेशहरु बदर गरी पुनः सेवामा यथावत बहाल गर्नु भन्ने परमादेशको आदेश जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर । ३. यसमा के कसो भएको हो ? माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? विपक्षीबाट लिखितजवाफ मगाउनु भन्ने समेत २०४६।१।२६ मा एक न्यायाध