निर्णय नं. ११६७ - चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११६७ - चोरी भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३२/१२/२७ २५४८ निर्णय नं. ११६७ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३२ सालको फौ.पु.नं. ७९ फैसला भएको मिति : २०३२।१२।२७।६ मा पुनरावेदक : पाल्पा जिल्ला तानसेन नगरपञ्चायत वडा नं. ५ बस्ने रत्नप्रसाद शाक्य विरुद्ध वादी : श्री ५ को सरकार मुद्दा : चोरी (१) चोरीको २४ नं. को अवस्थाको विद्यमानताको अभावमा निवेदकलाई सजाय गर्न नमिल्ने । (प्र.नं. १६) पुनरावेदक तर्फबाट : विद्वान विरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : फैसला न्या. वासुदेव शर्मा : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३१।९।२८।१ का फैसलाउपर पुनरावेदन गर्न अनुमति पाउँ भन्नेसमेत निवेदन परी ०३२।४।१६।६ मा पुनरावेदन गर्न अनुमति दिईएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. मैले मौका विशेषमा भाग लगाउनको लागि बनाएको रु.७००।–पर्ने दोस्रा नं. सून तोला ३१ को कण्ठी १ र ऐ.दर पर्ने ऐ.सुन १ को ढुंग्री जोर १ समेत जम्मा रु.३१५०।–को गहना मेरो घरको तलामा माटोको हण्डा भित्र टिनको बट्टामा राखेको थिएँ । यहि ३१ साल वैशाख १२ गतेका दिन विहानको भात खाइसकेपछि तानसेन बजारतर्फ सामान किनमेल गर्न जान लाग्दा सो कण्ठी ढुंग्री लगाई जाने विचारले सो गहना लिन जाँदा उक्त गहना राखेको टिनको बट्टा हण्डा भित्र खाली पडिरहेको र सो गहना त्यहाँ नभएको देखिएकोले नमालुमको चोरले चोरी गरेको बुझिएको हुँदा अनुसन्धान तहकिकात खोज सुराकसमेत जो गर्नुपर्ने गरी चोरिएको गहना र चोरसमेत पत्तालगाई सजाय गर्न मुद्दासमेत चलाई दिनुहुन अनुरोध गर्दछु भन्नेसमेत जोतीसरा मास्की मगरनीको प्रहरी निरीक्षक कार्यालय पाल्पामा दिएको दरखास्त । ३. यही ०३१ साल वैशाख महिनाको गते बारको सम्झना भएन दिनमा निज जाहेरवालाको घरमा डुल्दै बस्न भनी गएको जाहेरवाला र निजको दुवै छोरासमेत बाहिर गए जाहेर बालीले लगाउने गरेको ढुग्रीको कण्ठी मालासमेत घरको तलाको माछाको हण्डी भित्र राख्ने गरेको मलाई थाहा जनक थियो । मलाई साहूले अन्यायले सो गहना लगी अडाना राखी पट्टिझिकी बुझाउँला भन्ने विचारबाट सो गहना सो हण्डीबाट झिकी ल्याई मेरो घरमा लगी राखें तीन दिन पछि सो चोरी गरेमध्येको कण्ठमाला तानसेन टक्सार बस्ने गोकुल भन्ने मैले नाउँ नजानेको बाँडाको घरमा चिन पहिचाहन भएकोले सो अं.३ तोलाको कण्ठीमाला १५ वरसुरई दुई समेत १७ गोटाको माला साहू तिर्न रुपैयाँ चाहिएको छ, मेरो यो सुनको कण्ठीमाला राखी रु.३००।–दिनोस भनी माग्दा सो कण्ठीमाला निज बाँडाले हेरी महिना १ को रु.१००।–को रु.३। व्याज लाग्छ हुन्छ भने लैजाउँ भनेकोले सो कण्ठीमाला रु.३००।–मा अडनी लगेको छु । त्यसको दुई दिन पछि आजले चार दिन भयो सो चोरी गरेको ढुंग्री पाल्पा जोग पानी गा.पं.खैरधुन बस्ने लिमिटेड बैैंक पाल्पामा सिपाहीमा नोकरी गरी बसेका साहिंला भन्ने मैले नाउँ नजानेको कार्की क्षेत्रीको घरमा गई मेरा सुनको ढुंग्री तोला १ को अडाना राखी रु.३००।–लिनुहोस भनी मागी किन चाहियो सोधे साहू तिर्नु परेको छ भनी र निजले हुन्छ भनी सो ढुंग्री अडाना राखी रु.३००।–लिएको हुँ । यो पहिलोपटक मात्र हो भन्नेसमेत व्यहोराको मनबहादुर आले मगरले जि. प्र.ई.का. मा गरेको कागज । ४. ०३१।१।११ गतेका दिन मनबहादुर मेरो घरमा आई मेरो बाबुले दिएको ऋण तिर्न पर्यो मलाई साहूले साह्रै