निर्णय नं. ११६८ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११६८ - ज्यान भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०६/१० २२९८ निर्णय नं. ११६८ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको फौ.पु.नं. १११ फैसला भएको मिति : २०३५।६।१०।३ मा प्रतिवादी : रामेछाप जिल्ला बाँके भेरी गा.पं. वडा नं. ५ गोठपानी घर भई हाल सर्लाही कारागारमा बन्दी रहेको दिपमाया उपाध्याय विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : ज्यान (१) मुसा मार्ने विष दिनु वा मुसा मार्न भनी अरूलाई त्यस्तो विष दिनु आपराधिक क्रिया नहुने । बिना प्रयोजन कसैको ज्यान लिन साधारणत कोही पनि सरिक हुँदैन । बिनाप्रमाण कसैलाई कसुरदार ठहर्याउन न्यायसंगत नहुने । (प्र.नं. १६) पुनरावेदिका तर्फबाट : विद्वान अधिवक्ता गंगाप्रसाद उप्रेती वादी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा उल्लिखित मुद्दा : फैसला न्या विश्वनाथ उपाध्याय : रामेछाप जिल्ला अदालतले प्रतिवादीलाई १० वर्ष कैद गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतले सदर गरेकोले पुनरावेदन परी यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. बाँके भेरी गा.पं. वडा नं. २ गोठपानी बस्ने चेतबहादुर क्षेत्रीलाई छोरी विष्णुकुमारी विवाह गरी गरिदिएको निज ज्वाइँ परलोक भई निजको बाबा अम्वरबहादुरसँग अंशवण्डा गरिपाउँ भनी प्र.जि. अ. मा आवेदन परिरहेको छ । यही २०२८ साल फाल्गुण १९ गतेका रात अन्दाजी ६ बजेको टायममा चक्रपाणीको घर दलानमा छोरी विष्णुकुमारी मरिरहेकी रहिछ । मुहार हेर्दा विषबाट मरेको जस्तो लागेकोले छोरी विष्णुकुमारीलाई ससुराले विष पारी मारेको शङ्का लाग्छ । कानूनबमोजिम गरिपाउँ भन्नेसमेत कृष्णकुमारी क्षेत्रीनीको जाहेरी दर्खास्त । ३. चक्रपाणीको घर दलानमा सुकुलमाथि च्यादरले छोपेको सो उतारी हेर्दा मुहडा उत्तानो परेको बाँया घुँडा केही खुम्चिएको दायाँबायाँ दुवै हात बगलमा फैलिएको, मुठी खुला देखिएको, चोलो लगाएको छातिको तुना खुला रहेको फरिया लगाएको, जिब्रो टोकेको, सम्पूर्ण शरीर फुलेको, आँखा बन्द भई किरा परेको, सबै शरीर सडेको देखिएको, मुख निलो–पहेँलो भएको, छादेको र विष खाई मरेको भन्ने लास प्रकृति मुचुल्का । ४. म बनबाट आउने वित्तिकै गहत खाएँ । गन्ध आएजस्तो लाग्यो । खाइसकेपछि पेट पोल्ने वाकवाकी आउने, रिंगटा लाग्ने भई वान्ता हुन थालेकोले औषधी उपचार गर्न आएको हुँ भनिन । रातभर छटपटाउने, पानी माग्ने र बराबर वान्ता गर्दै रात बिताइन । ऐ.१९ गतेको बिहान ५ बजे मेरै दलानमा परलोक भइन । निज विषक पदार्थबाट मरेको हो । विष खुवाउनेमा विष्णुकुमारीको भनाइबाट निजकै घर गोठमा बस्ने मानिस हुनुपर्छ भन्नेसमेत चक्रपाणी उपाध्यायको प्रहरीमा भएको कागज । बुहारी विष्णुकुमारीले अंशवण्डामा धेरै दुःख दिई रहेकोले मेरो र श्रीमती सन्तकुमारीको बुहारी मार्नामा इच्छा भइरहेको थियो । २०२८।११।१६ गते वंशिधर छाउन जाँन लागेको मौका श्रीमती शन्तकुमारीले दिपमाया उपाध्यायनीसँग रुपैयाँ कबोली ल्याएको विष दाल तरकारी जे मा मौका पर्छ, हालिदिनु भनी दिएकीले बुहारीले भात तिउन केही बाँकी राखी गाई–गोरु चराउन गएपछि कराइमा रहेको गहतको दालमा हालिदिएँ । सो दाल खाई केही बेरपछि पेट पोल्यो भनी वान्ता गरी चक्रपाणीको घरमा गएकी थिइन । १९ गते बिहान बुहारी मरिछन भन्ने मर्नेको ससुरा अम्मरबहादुर कार्कीको बयान । ५. विष्णुकुमारीसँग लोग्ने अम्बरबहादुरको र मेरो कलझगडा भइरहने हुनाले दिपमायासँग विष मागी ल्याई २०२८।११।१६ ग