निर्णय नं. ४००९ - नोक्सानी बिगो दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४००९ - नोक्सानी बिगो दिलाई पाउँ भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/१०/२४ ३८०८ निर्णय नं. ४००९ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.पु.नं. ६६७ फैसला भएको मिति : २०४६।१०।२४।३ मा पुनरावेदक/वादी : वीरगञ्ज न.पं. वडा नं. १६ स्थित केडिया हनुमान राईस एण्ड स–मिल्सका तर्फबाट प्रोप्राईटर सीताराम केडियाको मु.स. गर्ने ऐ.को प्रोप्राइटर श्री प्रदिपकुमार केडिया विरुद्ध प्रत्यर्थी/प्रतिवादी : श्री वन मन्त्रालय, काठमाडौंसमेत मुद्दा : नोक्सानी बिगो दिलाई पाउँ § करार बमोजिम सम्पूर्ण शर्त पूरा भएको नदेखिए तापनि आंशिक शर्त पूरा गरेको र शर्त अनुसार घाटगद्दी ढुवानी गरेको काठ मोल तिरी निकासी गर्ने म्याद भएकोले सो अवधिमा मोल तिरी घाटगद्दी ढुवानी भएको काठ निकासी गर्न पाउने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या. पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी न्या. प्र.सु. (चौथो संशोधन सहित) ऐन, २०३१ को दफा १३(५) को (ख)(ज) र १३(७) अन्तर्गत पुनरावेदन गर्ने अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी श्री ५ को सरकारसंग मिति २०३४।१२।१८ मा भएको करारनामाको अधिनमा रही रु. ८०,०००।– (असीहजार) धरौट समेत राखी राप्ती वन डिभिजन कार्यालय हेटौंडा रेन्ज ठोरी अन्तर्गतको जंगल विजय वस्ती प्लट नं. ३।४।५ र ६ मा छ्यान भएको जम्मा ८५२२ रुखहरु खरिद गरी लिई तदारुकताका साथ कटान मुछान र घाट गरी ढुवानी समेतको काम गरी राखेकोमा बैशाख देखि नै वर्षात शुरु भई बाटो घाटो र नदी नाला समेतमा पानी परेबाट करारनामामा उल्लेख भए अनुसार ०३५ साल आषाढ मसान्तसम्म कटान मुछान र घाटगद्दी ढुवानी तथा ०३६ ज्येष्ठ मसान्त सम्ममा घाटगद्दीमा भएका लकडीको मोल तिरी निकासी गर्ने काम सम्पन्न गर्न बाधा परेकोले उक्त प्लटहरु कटान मुछान र घाटगद्दी गर्ने समेत कामलाई ०३६ साल ज्येष्ठ मसान्तसम्मको म्याद थप पाउँ भनी बिक्री शर्तनामाको नियम ३१ बमोजिम मिति ०३५।३।१६ को पत्रबाट विपक्षी चिफ कन्जरभेटरज्यूमा निवेदन गरी मिति ०३४।४।१५ को पत्रबाट समेत अनुरोध गर्दै आएकोमा अकस्मात उक्त चारवटै प्लटको करारनामा तोडी घाटगद्दीमा आएको र प्लट भित्र रहेको सम्पूर्ण काठ तथा जर्ना तथा मैले राखेको धरौटी रु. ८०,०००।– समेत जफत गरिएको व्यहोरा जानकारी गरिएको छ भन्ने समेतको विपक्षी राप्तीदून वन डिभिजन कार्यालय हेटौंडाको मिति ०३५।६।१९ को पत्र मिति ०३५।६।२१ मा प्राप्त भएपछि माननीय वन मन्त्रीज्यूलाई समेत मिति ०३५।६।३ को पत्रद्वारा आफ्नो समस्या प्रति ध्यानाकर्षण गराउँदै मर्का तथा अन्याय भएको कुरा अनुरोध गरेकोमा केही नलागी बाध्य भई न्याय पाउन नालेश गर्न आएको छु । नागरिक अधिकार संशोधन सहित ऐन, २०१२ को दफा १८ अनुसार विपक्षी श्री ५ को सरकारलाई ऐ.ऐनको दफा १९(१) बमोजिम सूचना दिंदा उल्लेख गरेको नोक्सानी रकम रु. ५,००,०००।– तथा करारनामाको दफा (९)(१) बमोजिम सूचना दिंदा उल्लेख भए अनुसार राखेको धरौटी रकम रु. ८०,०००।– विपक्षी श्री ५ को सरकारसंग दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । ३. ६० प्रतिशत भन्दा कम घाटगद्दी गर्नेको करारनाम