निर्णय नं. ११६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०५/१४ २१०४ निर्णय नं. ११६९ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नं. ११२० आदेश भएको मिति : २०३५।५।१४ मा निवेदक : भक्तपुर जिल्ला ठिमी चपाचो गा.पं. वडा नं. ७ बस्ने छत्रबहादुर प्रजापती विरुद्ध विपक्षी : भूमिप्रशासक श्री हरिमान ठैव भूमिप्रशासन शाखा भक्तपुर विषयः उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मोहीको मृत्युपछि जग्गाधनीलाई अ.बं.८२ नं. बमोजिम त्यस सम्बन्धमा भु.प्र.का.मा निवेदन दिने अधिकार भएको । (प्र.नं. १४) निवेदन तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा :  आदेश न्या. बब्बरप्रसाद सिंह : प्रत्यर्थी भूमिप्रशासनको मिति २०३४।९।७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्र्तगत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ : निवेदक छत्रबहादुर कवा प्रजापतीले द.नं.२ मिति ०३४।४।२ को निवेदनमा मेरो नाममा दर्ता भएको भिमसेन पञ्चायत वडा नं. २ को कि.नं.७९३,७९७,७९९, ८०१,८०३,८०६,८१५ र सिद्धि गणेश पञ्चायत वडा नं. ५ को कि.नं.१८० को जग्गाहरुमा जोताहा मोही हर्षबहादुर ब्रह्म प्रजापती भएकोमा निज २०२५ साल फाल्गुन महिनामा र निजको श्रीमती २०३४ साल आषाढ १७ गते परलोक भएको र छोरा छोरी समेत कोहि नभएको हुँदा भू.सं.ऐन, २०२१ को दफा २६ बमोजिम जोताहाको नाममा रहेको जोतबाट मेरो नाममा कायम गरिपाउँ भन्ने भएको श्री महेन्द्र चापाचों गाउँपञ्चायत कार्यालयको च.नं. १०१ मिति २०३४।३।३० को फिरादपत्र पेश भएको । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोही सम्बन्धी निजको हक निजपछि पतिपत्नी वा छोराहरुमध्ये जग्गाधनीले पत्याएको व्यक्तिलाई प्राप्त हुने सोही दफाको खण्ड (ख) मा जग्गावालाले कुनै किसानलाई आफ्नो जग्गा जोत्न दिंदा र सोहि दफा खण्ड (ग) मा मोही जग्गा छाडी भागेमा वा बेपत्ता भएमा वा मोहियानी हक समाप्त भएमा सो सम्बन्धित गर्ने व्यवस्था मात्र भएको तर मोही पछि निजको हक जग्गावालाले प्राप्त गर्ने त्यसमा व्यवस्था नहुँदा मुलुकी ऐन अदालती बन्दोबस्तको ८२ नं. अनुसार जसको जुन कुरामा हक लाग्छ उसले सो कुरामा नालिस दिए मात्र लाग्छ भन्ने र ३५ नं. मा आफूले हेर्न हुने बाहेक अरू मुद्दा हेर्न हुँदैन भन्ने हुँदा यो मुद्दा खारेज हुने ठहर्छ भन्नेसमेत मिति २०३४।९।७ को भूमिप्रशासनको निर्णय । ४. निवेदकको निवेदन जिकिर संक्षिप्तमा यसप्रकार छ : मोहीले कमाएको जग्गाको मोहीसम्बन्धी हक निज पछि निजको पति पत्नी वा छोराहरुमा सर्नसक्ने गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) द्वारा व्यवस्था भएको छ । ५. मोहीले जग्गा छाडेमा वा वेपत्ता भएमा त्यस कुराको जग्गावालाले लिखित सूचना दिएमा तोकिएको अधिकारीले जाँचबुझ गरी दर्ता किताबमा समेत सच्याई दिनुपर्ने गरी उक्त दफा २६ को उपदफा (१) को प्रतिबन्धात्मक खण्ड (ग) द्वारा प्रष्ट गरिएको छ । त्यस्तै उक्त ऐनको दफा ३१ (क) अनुसार पनि मोहियानी हकको प्राप्ति वा तेरो मेरोसम्बन्धी मुद्दा समेतको निर्णय गर्ने अधिकारीमा भूमिसुधार अधिकारीलाई तोकिएको पाइन्छ । ६. भूमिसम्बन्धी ऐनको उक्त दफा २६ र ३१क. को प्रयोजनको लागि अधिकारीमा विपक्षीलाई तोकेको छैन भनी विपक्षीले इन्कार गर्न सक्