निर्णय नं. ४०११ - खानी लाइसेन्स बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०११ - खानी लाइसेन्स बदर भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/१०/२९ २४३६ निर्णय नं. ४०११ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ८३६ फैसला भएको मिति : २०४६।१०।२९।१ मा पुनरावेदक/वादी : धादिङ जिल्ला नौबिसे गा.पं. वडा नं. ५ बस्ने प्रेमबहादुर थापा विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. बस्ने नारायणबहादुर राना क्षेत्री मुद्दा : खानी लाइसेन्स बदर § ऐनले नै गैरकानुनी ठहर्‍याउनु बेगर सो कुरामा न्या. प्र.सु. ऐन, २०३१ को दफा ९ अन्तर्गत जिल्ला अदालतको अधिकारक्षेत्र भित्र पर्ने भन्न नमिल्ने । (प्रकरण नं. १७) पुनरावेदक, वादी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली प्रत्यर्थी, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का फैसला न्या. हिरण्येश्वरमान प्रधान : म.क्षे.अ.ले बागमती अं.अ.को फैसला उपर पुनरावेदनको अनुमति दिएको आदेश उपर न्या. प्र.सु. (संशोधन सहितको) ऐन, २०३१ को दफा १३(५)(ख)(ग) र (७) अन्तर्गत पुनरावेदन गर्ने अनुमतिको लागि परेको निवेदनमा यस अदालतबाट पुनरावेदन गर्ने अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. धा.जि. नौबिसे गा.पं. वडा नं. ५ अधेरीखोलाको मूललाई मूल चिन्ह मानी अधेरी खोलाको मूलबाट पूर्व पश्चिम २०० गज उत्तर दक्षिण ७०० गज पूर्व पश्चिम ४०० गज यति किल्ला भित्रको जग्गामा खानी खोल्न पाइने भनी नौबिसे गा.पं.का. बाट इजाजत पाई २०३४ साल देखि खानी खोली प्रमाणपत्र नवीकरण गर्दै आएको उक्त ठाउँमा गारो लगाउने र गिट्टी कुट्ने ढुङ्गाको काम गर्न पाउने गरी जि. पं.सचिवालयबाट २०४०।१२।२० मा मैले प्रमाणपत्र पाएकोले २०४३ चैत्र मसान्तसम्म नवीकरण गर्दै कामगरी आएकोछु । मेरो हकाधिकार भएको ठाउँमा विपक्षीले रोडा ढुङ्गाको खानी खोल्न पाउँ भनी जि. पं. सचिवालय धादिङमा माग गरी नौबिसे गा.पं. वडा नं. ५ कि.नं. ३३३ को त्रिभूवन राजपथको पुललाई मूल चिन्ह मानी पूर्व डोलबहादुर, पश्चिम भीर, उत्तर अटक बहादुर, दक्षिण धनबहादुर, यति ४ किल्ला भित्रको लम्बाई ६०५ चौडाई २५६ मिटरको क्षेत्रफलमा खानी खोल्न जि. पं. सचिवालयबाट प्रमाण पत्र लिनु दिनु गरी मेरो खानी क्षेत्रमा २०४२ साल फाल्गुण २७ गते आई खानी खोल्ने प्रमाणपत्र लिएको छु । तिमीले अब देखि खानी सञ्चालन गर्न पाउँदैनौ भनेकाले प्रमाणपत्रको नक्कल २०४२।१२।८ मा सारी हेर्दा मेरो खानीलाई आघात पर्ने गरी दोहोरो पारी प्रमाणपत्र लिए दिएकोले नेपाल खानी ऐन, २०२३ को दफा १०(२) मा यसै ऐन अन्तर्गत मुद्दा चलाउनु पर्ने कारण उपस्थित भएको मितिले तीन महीना भित्र सोही ऐनको दफा ११ अनुसार फिराद गर्न आएको छु । खानी ऐन, २०२३ को दफा १० अनुसार विपक्षीलाई सजायँ गरी विपक्षीले पाएको खानी खोल्ने प्रमाणपत्र बदर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. धा.जि. नौबिसे गा.पं. वडा नं. ५ कि.नं. ३३ को जग्गा मेरो बाबु डोलबहादुरको नाममा दर्ता हुँदा साविक मौजा थानकोट रै.नं. ७६१ को मोही डोलबहादुर रानाभाट जनिएको १९७८ सालको दर्ता हुँदा भोग चलन गरी आएको जग्गा हुँदा हाल सर्भेमा बाबु डोलबहादुरका नाउँमा दर्ता गरी ज.ध.प्र.पूर्जा लिन मा.पो.का. धादिङमा कार्यवाही चली रहेको छ । मेरो समेत हक लाग्ने हुँदा कि.नं. ३३३ मा त्रिभुवन राजपथको पुललाई मूल चिन्ह मानी पूर्व डोरबहादुर, पश्चिम भीर, उत्तर अटकबहादुर, दक्षिण धनबहादुर यति ४ क