निर्णय नं. ६९४४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९४४ - कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०७/२५ ३४२३ निर्णय नं. ६९४४ ने.का.प. २०५७ अङ्क १०/११ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत २०५४ सालको फौ.पु.इ.नं. .. ३३ फैसला मितिः २०५६।७।२५।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः जिल्ला कन्चनपुर, कृष्णपुर गा.वि.स. वडा नं. ३ घर भै हाल कन्चपुर कारागारमा रहेका बन्दी धनबहादुर खत्री विरुद्ध प्रत्यर्थी/वादीः रामसिंह रावलको जाहेरीले श्री ५ को सरकार § शुरु जाहेरी दरखास्तमा यसले कर्तव्य गरेको हो भन्ने कुरा खुल्दैन । लास प्रकृति मुचुल्का घटनास्थल प्रकृति मुचुल्का हुदा सम्म कसै उपर शंका सम्म गरेको देखिदैन । घटना मिति २०४८।२।११ मा घटेको देखिन्छ । १२ दिनपछि अर्थात २०४८।२।२३ गते पेश गरेको पक्राउ प्रतिवेदनमा प्रतिवादी धनबहादुरले आरोपित कसूर गरेको भन्ने कुरा विशेष सुत्रबाट थाहा हुन आएको भन्ने उल्लेख भएको तर के कस्तो विशेष सुत्र हो केही खुलाउन सकेको देखिदैँन । तसर्थ २०४८।२।११ को घटनासँग प्र.धनबहादुर संवद्ध रहेको भन्ने तथ्य प्रमाणबाट पुष्टि हुदैँन । प्रस्तुत कर्तव्य ज्यान मुद्दाको घटनाको मूल आधार मृतकलाई करणी गरेको भन्ने तथ्यसंगत छ । प्रतिवादी उपर जवरजस्ती करणीको अभियोग पनि लगाएको देखिन्छ । तर जवरजस्ती करणी भएको भन्ने कुनै पनि तथ्य प्रमाण प्रस्तुत मुद्दामा देखिदैन । घटनास्थल विवरण र लाश प्रकृति मुचुल्काबाट घटना भएको ठाउमा वा मृतकले लगाएको कपडामा वीर्यको कुनै चिन्ह देखिदैँन । मृतकले लगाएको धोती र चोला च्यातचुत भएको पनि देखिदैँन । मृतकले लगाएको चोलाको चारवटा टाँकहरु यथावत रहे भएबाट जवरजस्ती करणी भएको कुनै चिन्ह देखिन आउदैन । यसरी जुन जरीयाबाट ज्यान भने गएको भनिएको हो सो जरिया आधार पुष्टी हुन सकेको देखिदैँन । लाश प्रकृति घटनास्थल विवरण मुचुल्का लगायतका कार्यहरु भै सकेपछि अज्ञात सुत्रको आधारमा पक्राउ परेका प्रतिवादीको प्रहरीमा भएको ठाडो साविती कागज बाहेक प्रतिवादीले कसूर गरेको भन्ने प्रत्यक्षदर्शी वा ठोस प्रमाणबाट प्रतिवादीले कसूर गरेको हो भन्ने तथ्य स्थापित हुन आएको देखिदैन । प्रहरीमा भएको प्रतिवादीको साविती बयान हेर्दा प्रतिवादीले जवरजस्ती करणी गरी केही पर गईसकेपछि मृतकले जवरजस्ती करणी गरेको कुरा प्रकाश गरी दिन्छु भनेकाले अपराध छिपाउन फर्की आई बन्चरो खोसी हानी मारेको भन्ने उल्लेख छ । प्रतिवादीले मृतकलाई मार्ने वा करणी गर्ने योजना बनाई आएको भन्ने कहीँ कतैबाट देखिदैँन । मानिस मारेको कुरा झन छिपाउन नसक्ने प्रकृतिको हुने हुँदा प्रतिवादीको प्रहरी साविती स्वभाविका पनि देखिदैन । प्रहरी सावितीमा मर्नेले बन्चरोले हानी घाउँ पारी दिएको भन्ने उल्लेख छ तर प्रतिवादीका खुट्टामा त्यस्तो घाउ भएको भन्ने तथ्य खम्बिर हुन सकेको देखिदैन । मृतकको उमेर ३० वर्षको र प्रतिवादीको उमेर २५ वर्षको देखिन्छ । एक्लै वनमा गई दाउरा चीर्न सक्ने मृतकलाई जवरजस्ती करणी गरेको भए दुवै बीच संघर्ष हुनुपर्ने र सो को तथ्य स्थापित हुन पर्ने त्यो देखिदैँन । तसर्थ प्रहरी सावितीलाई विश्वास गर्न सकिने अवस्था छैन । मृतकले आफू मर्नुअघि आफ्नो मृत्युको सम्बन्धमा जवादेवी महर प्राथमिक उपचार गर्ने जगदिश पाण्डे समक्ष आफूलाई करणी गरेको भन्ने उल्लेख नगरी वनपाले जस्तो मानिसले बन्चरो खोसी हानेको भनेकी भन्ने भएबाट करणीको सिलसिला जरीयाबाट मृतक सेतुद