निर्णय नं. ४७२४ - नामसारी दाखिल खारेज गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७२४ - नामसारी दाखिल खारेज गरी पाउँ भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०३/१४ २६०० निर्णय नं. ४७२४ ने.का.प. २०५० (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ २०४६ सालको दे.पु.नं. ४९२ फैसला मिति: २०५०।३।१४।१ निवेदक : का.जि. कोटेश्वर गा.पं. वडानं. २ बस्ने गौरा पराजुली । विरुद्ध विपक्षी : ऐ ऐ बस्ने फुल प्रसाद पराजुली । मुद्दा : नामसारी दाखिल खारेज गरी पाउँ । (१) अन्तिम रुपबाट अदालतबाट ठहर भई सकेको विषयमा पुनः कसैले आफनु भनी हक वेहक सम्बन्धी विवाद उठाउँदैमा त्यसमा पुनः हक बेहक छुट्याउन पर्ने अवस्था नहुने । (प्र.नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यज्ञमुर्ति बन्जाडे फैसला न्या. गजेन्द्रकेशरी बास्तोला १. मेरो सहोदर कान्छी बुढी सासु उजेली पराजुलीको अंश भागको कोटेश्वर पञ्चायत वडा नं. ६(ख) कि.नं. ३७ को क्षेत्रफल ०–५–२–० ऐ कि.नं. ४९ को ०–९–१–० र ऐ वडा नं. २ (ख) कि.नं. ७५ को क्षेत्रफल ०–११–३–० समेत शेषपछि मैले पाउने गरी निजले मलाई मिति २०३४।११।१८ गते शेषपछिको वक्सपत्र गरी दिनु भएको सो बक्स पत्र बदर गरी पाउँ भनी मेरो भिन्न भएका कान्छा सुसरा फुल प्रसाद पराजुलीले दिएको फिरादमा का.जि.अ. र बा.अ.अ. बाट समेत बक्सपत्र बदर नहुने भनी निर्णय भएकोले सो जग्गा मेरो नाममा मोहियानी र जग्गा धनी समेत नामसारी दर्ता गरी पाउँ भनी गौरा पराजुली मालपोत कार्यालय, काठमाडौंमा दिएको निवेदन–पत्र । २. फुल प्रसादका नाममा मालपोत कार्यालयबाट दिन ७ को म्याद जारी गर्दा दाजु विष्णु प्रसाद पराजुली घरको मुख्य भएको हुँदा र आफ्नी सौतनी आमा उजेली पराजुलीका नाममा दर्ता गरी मलाई पैतृक सम्पत्तिबाट बञ्चीत गराउने कुनियत गरी यी विपक्षीले दर्ता माग गरेको जग्गा दर्ता हुने होइन मेरो समेत हक लाग्ने जग्गामा मेरो मन्जुरी नभई सौतेनी आमा उजेली पराजुलीले गौरा पराजुलीलाई बक्स दिन पाउने होइन मेरो कानुन बमोजिम हक लाग्ने जग्गा दिलाई पाउँ भनी श्री ५ महाराजधिराज सरकारमा विन्तिपत्र चढाई रहेको हुनाले उक्त जग्गा निजको नाममा दर्ता नहोस भन्ने समेत फुल प्रसाद पराजुलीले मालपोत कार्यालयमा मिति २०४२।५।२ मा दिएको निवेदन । ३. बागमती अञ्चल अदालतको मिति २०४०।५।३१ को फैसला र मिति २०३४।११।१२ गतेको भू.प्र. कार्यालय, भक्तपुरबाट र नं. ६९९ बाट उजेली पराजुली ले गौरा पराजुलीलाई दिएको शेषपछिको बक्सपत्र अनुसार उक्त जग्गाहरु गौरा पराजुलीको नाममा नामसारी दाखिल खारेज गरी दिने भन्ने समेत मालपोत कार्यालय बाट मिति २०४२।८।१० गतेमा भएको निर्णय । ४. मेरो समेत हक लाग्ने जग्गा मेरो मन्जुरी वेगर दर्ता गर्ने गरी मालपोत कार्यालय, काठमाडौंबाट मिति २०४२।८।१० गतेमा भएको निर्णय बदर गरी पाउँ भन्ने समेत फुल प्रसाद पराजुलीले जिल्ला कार्यालय, काठमाडौं मा गरेको पुनरावेदन पत्र । ५. वा अ.अं. बाट समेत बक्स पत्र बदर नहुने भनी निर्णय भई रहेकोले विना सबुद प्रमाण पुनरावेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने हुँदा शुरु मालपोत कार्यालयले गरेको २०४२।८।१० को निर्णय मनासिव ठहर्छ भन्ने समेत व्यहोराको जिल्ला कार्यालय, काठमाडौंको मिति २०४५।३।७ गतेको फैसला । ६. उपरोक्त फैसला त्रुटीपूर्ण हुँदा सो उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको निवेदन म.क्षे.अ. मा दर्ता भई पेश हुँदा यसै लगाउको मि.नं. ४०१ को ज.ध.प्र.पु. पाउँ भनी मुद्दामा आजै यसै इजलासबाट पुनरावेदनका लागि अनुमति भ