निर्णय नं. ४०१४ - लिखत दर्ता बदर गरी दर्ता गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०१४ - लिखत दर्ता बदर गरी दर्ता गरी पाउँ भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/१२/०७ २८३४ निर्णय नं. ४०१४ ने.का.प. २०४६ अङ्क १२ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको दे.पु.ई.नम्बर ६८।६९ फैसला भएको मिति : २०४६।१२।७।१ मा संयुक्त इजलासबाट फैसला मिति : २०४६।१।३१।३ पुनरावेदक/वादी : वीरगञ्ज न.पं. वा.नं. ८ बस्ने मानकीदेवी रौनियारसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने विष्णुप्रसाद रौनियारसमेत पुनरावेदक/प्रतिवादी : ऐ.ऐ.बस्ने हरिशंकर गिरी विरुद्ध विपक्षी/वादी : वीरगञ्ज न.पं. वा.नं. ८ बस्ने मानकीदेवी रौनियारसमेत मुद्दा : लिखत दर्ता बदर गरी दर्ता गरी पाउँ § आफ्नो पालाको आर्जन बिक्री गर्न अंशियारको मञ्जुरी लिनु नपर्ने आफूखुस गर्न पाउने । (प्रकरण नं. १८) § केवल वादीहरुको लेखाईको भरमा मात्रै प्रतिवादीको नाममा पैतृक सम्पत्तिबाट खरिद गरेको भनी मान्न नमिल्ने । (प्रकरण नं. १९) पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह: मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने दुवै पक्षको निवेदन परेकोमा अनुमति प्राप्त भई पुनरावेदन परी पेश भएकोमा सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरुको बीच मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. प्रतिवादी मध्येका विष्णुप्रसाद म वादी मानकीदेवीको पति र म राजेश्वर समेतको बाबु हुनुहुन्छ । मिति ०३७।१।१ गते देखि चुल्हो मानु अलग गरी बसेकोमा हाम्रो वास्ता नगरी हाम्रो समेत हक अंश लाग्ने श्रीसिया गा.पं. वडा नं. १ कि.नं. ४० को जग्गा बिगहा ०–१०–१० हाम्रो मञ्जुरी बेगर प्रतिवादी हरिशंकर गिरी समेत मिली बिक्री राजीनामा मिति ०३७।१।१६ गतेमा गरे गराएकोले हाम्रो अंश हकको ७(खण्ड) मध्ये ५ खण्ड दक्षिण भागबाट ज.वि. ०–७–१० लिखत र त्यसको नाताबाट गराएको दर्ता बदर गरी हाम्रो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने समेत जना ५ को वादी । ३. लेनदेन व्यवहारको १० नं. अनुसार विपक्षीको मञ्जुरी लिई रहनु पर्ने आवश्यक नभएको र उल्लेखित जग्गा प्र. मध्ये विष्णुप्रसादको आर्जनको जग्गा बिक्री गरेको हुँदा लिखत दर्ता बदर हुन पर्ने होइन भन्ने प्रतिवादी हरिशंकर गिरीको प्रतिउत्तर । ४. प्र. मध्येको विष्णुप्रसादले ०३८।१।१४ मा रीतपूर्वक तामेल भएको म्यादै गुजारी बसेको । ५. यसमा वादी प्रतिवादीका बीचमा रीतपूर्वक बण्डापत्र नभएको र सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिबाट खरिद भएको समेत देखिँदा वादी दावी बमोजिम ७ खण्डको ५ खण्ड जति लिखत र दर्ता समेत बदर हुने ठहर्छ भन्ने पर्सा जिल्ला अदालतको फैसला। ६. सो फैसलामा चित्त बुझेन भन्ने प्र.हरिशंकर गिरीको ना.अं.अदालतमा परेको पुनरावेदन । ७. विवादको लिखतमा घर खर्च बापत लिएको भन्ने देखिँदा अंश बण्डाको १९(१) अनुसार आधा अंश आफू खुश गर्न पाउने देखिएकोले आधी बदर हुनेमा ७ खण्डको ५ खण्ड बदर गर्ने गरेको शुरुको इन्साफ मिलेको देखिएन । विवादको लिखत दर्ता आधासम्म बदर हुने ठहर्छ भन्ने नारायणी अञ्चल अदालतको फैसला । ८. नारायणी अञ्चल अदालतको उक्त फैसलामा चित्त बुझेन वादी दावी बमोजिम गरिपाउँ भनी वादीले आफ्नो आर्जनको सम्पत्ति बिक्री गरेकोले सो सम्पूर्ण लिखत सदर कायम राखिनु पर्न