निर्णय नं. ४०१६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०१६ - ज्यान भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/१२/०६ २५०६ निर्णय नं. ४०१६ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको फौ.सा.नं. ६३ फैसला भएको मिति : २०४६।१२।६।२ मा वादी : हिमबहादुर बस्नेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : सि.पा.जि. ताला माराङ गा.पं. वडा नं. ६ बस्ने गौथली भन्ने हर्ककुमारी बस्नेत मुद्दा : ज्यान § जीवित बच्चा जन्माई कर्तव्य गरी मारेको भनी पोल गरेको स्थितिमा निर्दोष रहेछ भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १४) § आफ्नो लोग्ने छोरा छोरी जाहान परिवार समेतको सामाजिक अपगालबाट बच्न र लोकोपबादबाट मुक्ति हुनको लागि अपराध गरेको स्थितिमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने भनी अ.बं. १८८ नं. बमोजिम राय लगाएको शुरु र अञ्चल अदालतको सदर गरेको राय मिलेकै देखिँदा अपराध गरेको अवस्था समेतबाट निज प्रतिवादीलाई अ.बं. १८८ नं. ले कैद वर्ष ५ पाँच हुने । (प्रकरण नं. १५) फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह: प्रस्तुत मुद्दा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ अन्तर्गत मध्यमाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ:– २. हर्ककुमारीको लोग्ने घरमा नभएको अवस्थामा कस्को गर्भ धारण गरी मिति ०४१।९।२४ मा गाउँको जंगलमा बच्चा जन्माई कर्तव्य गरी मारी ठूलो ढुंगा मुनि गाडी राखेको रहेछ । कानुन बमोजिम कारवाही होस भन्ने समेत व्यहोराको हिमबहादुरको जाहेरी । ३. मेरो गाउँकै रामशरण भन्ने सित सम्बन्ध भई गर्भ रहन गएको थियो । गर्भ रहेको कसैलाई थाहा थिएन । मिति ०४१।९।२४ गते घाँस काट्न वनमा जाँदा बच्चा जन्म्यो । अनैतिक बच्चा भएकोले खाल्टो खनी ढुंगाले किची घर फर्केको हुँ । बच्चा मेरै कर्तव्यबाट मरेको हो भन्ने समेत व्यहोराको हर्ककुमारीको प्रहरीमा साविती बयान कागज । ४. खुट्टा खुम्चिएको दाहिने कान मिचिएको टाउकोमा छाला खुइलेको भन्ने समेतको लाश प्रकृति मुचुल्का । ५. हर्ककुमारीले जिउँदो बच्चा जन्माई निजैले मारी गाडेको हो भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका मानिसको भनाई । ६. आफ्नो लोग्ने घर नभएको अवस्थामा गाउँकै रामशरण भन्नेको गर्भ बोकी जिउँदो जातक पैदा गरी कर्तव्य गरी मारेको देखिँदा हर्ककुमारी बस्नेतलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ हुन माग दावी लिएको प्रहरी प्रतिवेदन । ७. रामशरण संग करणी भई बच्चा जन्मेको हो । मेरो निजै संग जाने विचार थियो । हाल घरमा नभएकोले कुरा गर्न पाइएन । बच्चा जिउँदो जन्मेको थिएन मरेकै जन्मेको थियो । मैले स्याउलाले छोपेको थिएँ क–कस्ले ढुंगाले छोपेको हो मलाई थाहा भएन भन्ने समेत व्यहोराको हर्ककुमारीको अदालतमा भएको बयान । ८. बच्चा जिउँदै जन्मेको थियो गर्भ बोकाउने र बोक्ने कसले मारे मलाई थाहा भएन भन्ने समेत व्यहोराको जाहेरवालाको बकपत्र । ९. प्रहरीमा भएको बयान स्वेच्छाले भएको होइन भन्न नसकिने, पोष्ट मार्टम रिपोर्टबाट मृत्युको कारण स्वास रोकिन गएबाट भएको भन्ने देखिने, रामशरणको गर्भ बोकी बच्चा जन्मने बेला सम्म लुकी बसेको भनी निज हर्ककुमारी सावितै भएको समेतबाट हर्ककुमारीलाई प्रहरी प्रतिवेदन अनुसार सजायँ हुने ठहर्छ । अनुचित सम्बन्धबाट पैदा भएको बच्चालाई मार्ने पूर्वयोजना नभएको र मनसाय पनि नभएको र सामाजिक भयले गर्दा बच्चा मारेको देखिँदा सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्न जाने हुनाले अ.बं